bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Romans 14
Romans 14
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 15 →
1
विश्वासमा कमजोर हुने मानिसलाई ग्रहण गर, तर उसको मतसम्बन्धी कुरामा वाद-विवाद गर्नलाई होइन।
2
कसैले सबै थोक खान हुन्छ भनी विश्वास गर्छ, तर विश्वासमा कमजोर हुनेले चाहिँ सागसब्जी मात्र खान्छ।
3
खानेले नखाने मानिसलाई तुच्छ नठानोस्, र नखानेले खानेलाई दोष नलगाओस्। किनभने परमेश्वरले त्यसलाई ग्रहण गर्नुभएको छ।
4
अर्काको चाकरलाई इन्साफ गर्ने तिमी को हौ? त्यो त आफ्नै मालिकको सामु खड़ा हुन्छ वा पतित हुन्छ। त्यो खड़ा गराइनेछ, किनभने, त्यसका मालिकले त्यसलाई खड़ा गराउन सक्छ।
5
कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा बढ़ी महत्त्वको मान्छ, अर्को मानिसले सबै दिनलाई समान ठान्छ। हरेक मानिस आफ्नै मनमा पूर्ण रूपले निश्चित हुनुपर्छ।
6
जुन व्यक्तिले कुनै दिनलाई विशेष रूपले पालन गर्छ, त्यसले प्रभुको आदरको निम्ति पालन गर्छ। जुन व्यक्तिले खान्छ, त्यसले प्रभुको निम्ति खान्छ, किनकि त्यसले परमेश्वरलाई धन्यवाद दिन्छ। जुन व्यक्तिले खाँदैन, त्यसले परमेश्वरको आदरको निम्ति खाँदैन र परमेश्वरलाई धन्यवाद दिन्छ।
7
हामी कोही पनि आफ्नै निम्ति बाँच्दैनौं र कोही पनि आफ्नै निम्ति मर्दैनौं।
8
यदि हामी बाँच्छौं भने प्रभुकै निम्ति बाँच्छौं, र मर्छौं भने प्रभुकै निम्ति मर्छौं।
9
चाहे हामी बाँचौं, चाहे मरौं, हामी प्रभुकै हौं। यसैको निम्ति ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो, कि उहाँ मरेकाहरू र जीवितहरू दुवैका प्रभु होऊन्।
10
तिमी किन आफ्नो भाइको इन्साफ गर्छौ? अथवा तिमी आफ्नो भाइलाई किन तुच्छ ठान्छौ? किनभने हामी सबै परमेश्वरका न्याय-आसनको सामने खड़ा हुनेछौं।
11
किनकि लेखिएको छ, “प्रभु भन्नुहुन्छ, ‘जस्तो म जीवित छु, प्रत्येक घुँड़ा मेरो सामने टेकिनेछ, र हरेक जिब्रोले परमेश्वरको प्रशंसा गर्नेछ’।”
12
यसैले हामी हरेकले परमेश्वरलाई आफ्नो लेखा दिनेछौं।
13
यसैकारण हामी एउटाले अर्कालाई अब उसो इन्साफ नगरौं। बरु आफ्नो भाइको बाटोमा ठेस लाग्ने कुरो अथवा बाधा पार्ने कुरो कहिल्यै नराख्ने अठोट गरौं।
14
म जान्दछु, र प्रभु येशूमा मलाई निश्चय छ, कि कुनै कुरा पनि आफैमा अशुद्ध हुँदैन, तर जसले त्यो अशुद्ध ठान्छ, त्यसको निम्ति त्यो अशुद्धै हुन्छ।
15
यदि तिमीले जे खान्छौ त्यस कुराले तिम्रो भाइलाई चोट पार्छ भने, तिमी प्रेममा चलेका हुँदैनौ। जुन भाइको निम्ति ख्रीष्ट मर्नुभयो, तिमीले खाएको कुराबाट उसको नाश नहोस्।
16
यसैकारण तिमीलाई जे असल लाग्छ त्यसलाई अरूले खराब भन्न नदेओ।
17
किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो।
18
जसले यस किसिमले ख्रीष्टको सेवा गर्दछ, त्यो परमेश्वरलाई मन पर्ने र मानिसहरूबाट असल ठहरिएको हुन्छ।
19
यसैले हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्ति ल्याउँछ, अनि एउटाले अर्काको आत्मिक उन्नति गराउँछ।
20
खानेकुराको खातिर परमेश्वरको कामलाई नष्ट नगर। वास्तवमा सबै कुरा शुद्ध छन्, तर आफूले खाएको कुराले अरूलाई बाधा पार्नु अनुचित हो।
21
उचित त यो हुन्छ, कि मासु नखानु, मद्यपान नगर्नु, तथा कुनै यस्तो काम नगर्नु जसद्वारा तिम्रो भाइलाई बाधा हुन्छ।
22
तिमीमा भएको विश्वास परमेश्वर र तिम्रो बीचमा राख। धन्यको हो त्यो मानिस, जसले आफूले उचित ठहराएका कुराको कारणले आफैलाई दोषी ठहराउनुपर्दैन।
23
तर कसैले शङ्का गरेर केही खायो भने त्यो दोषी ठहर्छ, किनकि उसले विश्वाससाथ खाएको छैन। विश्वासबाट उत्पन्न नभएको कुनै पनि कुरा पाप हो।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16