bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Romans 16
Romans 16
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
1
किंक्रियामा भएको मण्डलीकी धर्म-सेविका हाम्री बहिनी फिबीको प्रशंसा तिमीहरूको समक्ष गर्दछु।
2
म तिमीहरूलाई निवेदन गर्दछु कि सन्तहरूलाई सुहाउने किसिमले तिनलाई प्रभुमा ग्रहण गर, र तिनलाई चाहिएको कुनै पनि सहायता तिनलाई देओ, किनकि तिनी आफैले धेरैको र मेरो पनि सहायता गरेकी छिन्।
3
प्रिस्का र अकिलास, ख्रीष्ट येशूमा मेरा सहकर्मीहरूलाई अभिवादन।
4
तिनीहरूले मेरो निम्ति आफ्ना जीवन सङ्कष्टमा हाले। तिनीहरूलाई मैले मात्र होइन, तर अन्यजातिका मण्डलीहरू जम्मैले पनि धन्यवाद दिन्छन्।
5
तिनीहरूको घरमा भएको मण्डलीलाई अभिवादन देओ। मेरा प्रिय इपेनितसलाई, जो ख्रीष्टको निम्ति एशियाको पहिलो विश्वासी हुन्, अभिवादन देओ।
6
मरियमलाई, जसले तिमीहरूका बीचमा घोर परिश्रम गरिन्, तिनलाई अभिवादन देओ।
7
एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र मेरा सङ्गी-कैदीहरूलाई, अभिवादन भनिदेओ। तिनीहरू प्रेरितहरूमध्ये प्रख्यात छन्, र मभन्दा अगाडि ख्रीष्टमा भएका थिए।
8
एम्प्लीआतस, प्रभुमा मेरो प्रियलाई, अभिवादन भनिदेओ।
9
उर्बानस, ख्रीष्टमा हाम्रा सहकर्मी, र मेरा प्रिय मित्र स्ताखुसलाई अभिवादन भनिदेओ।
10
ख्रीष्टको योग्य ठहरिएका अपेल्लेसलाई अभिवादन भनिदेओ। अरिस्तोबुलसको घरकाहरूलाई अभिवादन भनिदेओ।
11
मेरा आफन्त हेरोदियनलाई अभिवादन भनिदेओ। प्रभुमा भएका नर्किससका घरानालाई अभिवादन भनिदेओ।
12
प्रभुमा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन भनिदेओ। प्रभुमा अत्यन्तै परिश्रम गर्ने प्रिय परसीसलाई अभिवादन भनिदेओ।
13
प्रभुमा चुनिएका रूफस र तिनकी आमा, जो मेरी पनि आमा भएकी थिइन्, तिनीहरूलाई अभिवादन भनिदेओ।
14
असिंक्रितस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास, र तिनीहरूसँग भएका भाइहरूलाई अभिवादन भनिदेओ।
15
फिलोलोगस, युलिया, नेरियस र तिनकी बहिनी, र ओलिम्पास, र तिनीहरूसँग भएका सबै सन्तहरूलाई अभिवादन भनिदेओ।
16
एउटाले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर। ख्रीष्टमा सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
17
भाइ हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि तिमीहरूलाई सिकाइएको धर्म-सिद्धान्तको विरुद्धमा फूट र बाधा-विघ्न सृष्टि गर्नेहरूलाई नजर राख, र तिनीहरूबाट अलग्गै बस।
18
किनभने यस्ताहरूले ख्रीष्ट हाम्रा प्रभुको निम्ति होइन, तर आफ्नै पेटको निम्ति सेवा गर्दछन्, र तिनीहरूको मीठो-मीठो बोली र कुराले सीधासाधाहरूका हृदयलाई धोका दिन्छन्।
19
तिमीहरूको आज्ञाकारिता सबै मानिसहरूमा जाहेरै छ, र तिमीहरूको कारण म आनन्द गर्दछु। तर म चाहन्छु, कि जे असल छ त्यसको निम्ति तिमीहरू बुद्धिमान् होओ, र जे खराब छ त्यसमा दोषरहित रहो।
20
शान्तिका परमेश्वरले चाँड़ै नै शैतानलाई तिमीहरूका खुट्टामुनि कुल्चनुहुनेछ। हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्।
21
तिमोथी मेरा सहकर्मी, र मेरा आफन्तहरू लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन्।
22
यो चिट्ठी लेख्ने, म तर्तियसले प्रभुमा तिमीहरूलाई अभिवादन पठाउँदैछु।
23
मेरा मेजमान र सारा मण्डलीलाई सत्कार गर्ने गायसले अभिवादन पठाएका छन्। तिमीहरूलाई अभिवादन छ। सहरका कोषाध्यक्ष इरास्तस र भाइ क्वार्टसले तिमीहरूलाई अभिवादन पठाएका छन्।
24
[हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्। आमेन।]
25
अब उहाँलाई, जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्टका विषयको प्रचारअनुसार सुदृढ़ गराउन सक्नुहुन्छ, त्यस रहस्यको प्रकाशबमोजिम, जो युग-युगदेखि गुप्त रहेको थियो,
26
तर अब अनन्तका परमेश्वरको आज्ञाअनुसार अगमवक्ताहरूका लेखाइद्वारा प्रकट गरिएको र जनाइएको छ, यस हेतुले कि सबै जातिहरूले विश्वास गरून् र आज्ञापालन गरून्—
27
अद्वितीय सर्वज्ञानी परमेश्वरलाई येशू ख्रीष्टद्वारा सदासर्वदा महिमा होस्। आमेन।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16