bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Romans 2
Romans 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 3 →
1
यसकारण अर्कालाई दोष लाउने ए मानिस, तिमी जोसुकै भए तापनि, केही बहाना छैन, किनकि जेमा तिमी अर्कालाई दोष लगाउँछौ, त्यसैमा आफै पनि दोषी ठहरिनेछौ, किनभने तिमी दोष लाउनेले पनि त्यही काम गर्छौ।
2
यस्ता काम गर्नेहरूमाथि परमेश्वरको इन्साफ ठीकसँग पर्छ भनेर हामी जान्दछौं।
3
ए मानिस, तिमीले यस्ता काम गर्नेहरूलाई दोष लाउँछौ, र आफै पनि त्यही काम गर्छौ भने, के परमेश्वरको इन्साफबाट उम्कन्छु भन्ने तिमी ठान्छौ?
4
अथवा परमेश्वरको कृपाले तिमीलाई पश्चात्तापमा डोर्याउँछ भन्ने थाहा नपाएर, के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्ततालाई तुच्छ ठान्छौ?
5
तर परमेश्वरको धार्मिक इन्साफ प्रकट हुने त्यस क्रोधका दिनको लागि आफ्नो कठोर र अपश्चात्तापी हृदयले गर्दा तिमीले आफ्नो निम्ति क्रोध थुपारिरहेछौ।
6
किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ।
7
धैर्यसँग असल काम गरेर महिमा, इज्जत र अमरत्व खोज्नेहरूलाई चाहिँ उहाँले अनन्त जीवन दिनुहुनेछ।
8
तर झगड़ालु, सत्यको पालन नगर्ने, र दुष्टतामा हिँड्नेहरूमाथि चाहिँ क्रोध र रीस पर्नेछ।
9
खराब काम गर्ने हरेक मानिसमाथि सङ्कष्ट र आपद् आइपर्नेछ, पहिले यहूदीमाथि र अन्यजातिहरूमाथि पनि।
10
तर असल काम गर्ने हरेकलाई पहिले यहूदीलाई अनि अन्यजातिलाई पनि गौरव, इज्जत र शान्ति प्राप्त हुनेछ।
11
किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न।
12
सबै जसले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्ट पनि हुनेछन्, र व्यवस्थामुनि रहेर पनि पाप गर्नेहरूको इन्साफ व्यवस्थाद्वारा नै हुनेछ।
13
किनकि व्यवस्था सुन्नेहरू परमेश्वरको सामुन्ने धर्मी ठहरिँदैनन्, तर व्यवस्था पालन गर्नेहरू धर्मी ठहरिनेछन्।
14
किनकि व्यवस्था नहुने अन्यजातिहरू स्वाभावैले व्यवस्थाअनुसारका काम गर्दछन् भने, तिनीहरूको व्यवस्था नभए तापनि तिनीहरू आफ्ना निम्ति आफै व्यवस्था हुन्छन्।
15
व्यवस्थाले चाहेका कुराहरू आफ्ना हृदयमा लेखिएका तिनीहरू देखाउँछन्, र तिनीहरूको आफ्नै विवेकले पनि गवाही दिन्छ, र तिनीहरूका विचारहरूले कहिले तिनीहरूलाई दोष्याउँछन्, र कहिले समर्थन गर्छन्।
16
यो त्यस दिन हुनेछ जब परमेश्वरले मैले प्रचार गरेको सुसमाचारअनुसार येशू ख्रीष्टद्वारा मानिसहरूका गुप्त कुराको इन्साफ गर्नुहुनेछ।
17
तर यदि तिमी यहूदी हुँ भनी व्यवस्थामा भर परेर परमेश्वरसँगको सम्बन्धमा घमण्ड गर्दछौ,
18
र उहाँको इच्छा जान्दछौ, र व्यवस्थाबाट सिकाइएका उत्तम कुराहरू मन्जूर गर्दछौ,
19
र यदि तिमीलाई यो निश्चय छ कि तिमी अन्धाको अगुवा हौ, अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ,
20
मूर्खहरूलाई सुधार्छौ, अपरिपक्वहरूलाई शिक्षा दिन्छौ, किनभने व्यवस्थामा नै सम्पूर्ण बुद्धि र सत्यता प्राप्त गरेका छौ—
21
यसरी जब तिमी अरूहरूलाई सिकाउँछौ, त के आफूलाई चाहिँ सिकाउँदैनौ? जब तिमी चोरीको विरुद्धमा प्रचार गर्छौ, के तिमी आफैचाहिँ चोरी गर्छौ?
22
तिमी, जसले व्यभिचार नगर भनी भन्छौ, के तिमी आफै व्यभिचार गर्छौ? तिमी, जो मूर्तिहरू घिनाउँछौ, के तिमी आफै मन्दिरहरू लुट्छौ?
23
तिमी, जो व्यवस्थामा घमण्ड गर्दछौ, के व्यवस्था उल्लङ्घन गरेर परमेश्वरको अनादर गर्छौ?
24
किनभने, लेखिएको छ, “अन्यजातिहरूका बीचमा परमेश्वरको नाउँ तिमीहरूद्वारा नै निन्दित भएको छ।”
25
व्यवस्था पालन गर्दछौ भनेता खतनाबाट साँच्चै लाभ हुन्छ, तर व्यवस्था उल्लङ्घन गर्दछौ भनेता तिम्रो खतना बेखतना हुन्छ।
26
यदि शरीरमा बेखतना भएकोले व्यवस्थाका धार्मिक-विधान पालन गर्दछ भने, के त्यसको बेखतना खतना नै गनिनेछैन र?
27
तब शरीरमा खतना नभएर पनि व्यवस्थाचाहिँ पालन गर्नेहरूले, लिखित व्यवस्था भएका र खतना पनि भएका तिमीहरू व्यवस्था उल्लङ्घन गर्नेहरूलाई दोषी ठहराउँछन्।
28
बाहिरी रूपले मात्र यहूदी हुनेचाहिँ साँचो यहूदी होइन, त्यसरी नै साँचो खतना पनि बाहिरी र शारीरिक कुरा होइन।
29
यहूदी त्यो हो, जो भित्री रूपले यहूदी हो, र साँचो खतनाचाहिँ हृदयको कुरो हो, यो आत्मिक कुरा हो, लिखित व्यवस्थाको कुरा होइन। यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्वरबाट हुन्छ।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16