bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Romans 10
Romans 10
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 11 →
1
भाइ हो, मेरो आफ्नो हृदयको इच्छा र तिनीहरूका निम्ति परमेश्वरमा मेरो प्रार्थना यही छ, कि तिनीहरूले उद्धार पाऊन्।
2
म यो गवाही दिन्छु कि परमेश्वरप्रति तिनीहरूको जोश त छ, तर यो जोश ज्ञानअनुसार छैन।
3
किनभने परमेश्वरबाट आउने धार्मिकताको विषयमा नजानेर तिनीहरूको आफ्नै धार्मिकता स्थापित गर्न खोज्दा तिनीहरू परमेश्वरका धार्मिकताको अधीनमा रहेनन्।
4
किनभने विश्वास गर्ने धर्मी ठहरिओस् भनेर ख्रीष्ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ।
5
मोशा लेख्छन्, “व्यवस्थामा आधारित भएको धार्मिकता पालन गर्ने मानिस त्यसैबाट जिउनेछ।”
6
तर विश्वासमाथि आधारित भएको धार्मिकताले यसो भन्छ, “मन-मनमा यसो नभन, ‘स्वर्गमा को उक्लने’?” (अर्थात् ख्रीष्टलाई तल ल्याउनलाई),
7
वा आफ्नो मनमा यसो पनि नभन, “पातालमा को ओर्लने?” (अर्थात् मरेकाहरूबाट ख्रीष्टलाई माथि ल्याउनलाई)।
8
तर यसले के भन्छ? “वचन तिम्रो नजिकै छ, तिम्रो मुखैमा र तिम्रो हृदयमा,” अर्थात् विश्वासको वचन, जो हामी प्रचार गर्दछौं।
9
किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ।
10
किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ।
11
धर्मशास्त्र भन्छ, “उहाँमाथि भरोसा राख्ने कोही लाजमा पर्नेछैन।”
12
किनकि यहूदी र अन्यजातिमा केही भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्नो प्रशस्त आशिष् दिनुहुन्छ।
13
किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”
14
तर जसलाई विश्वास गरेकै छैनन् उहाँलाई मानिसहरूले कसरी पुकार्ने? जसको विषयमा सुनेकै छैनन् उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्ने?
15
र कसैले नपठाईकन मानिसहरूले कसरी प्रचार गर्ने? जस्तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर!”
16
तर तिनीहरू सबैले सुसमाचार पालन गरेका छैनन्, किनकि यशैया भन्छन्, “हे प्रभु, हामीबाट सुनेको कुरा कसले विश्वास गरेको छ?”
17
जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ।
18
तर म सोध्दछु, “के तिनीहरूले सुनेका छैनन्?” निश्चय नै तिनीहरूले सुनेका छन्, किनकि “तिनीहरूको आवाज सारा पृथ्वीभरि पुगेको छ, र तिनीहरूका वचन संसारको पल्लो छेउसम्म पुगेका छन्।”
19
म फेरि सोध्छु, “के इस्राएलले बुझेन?” सर्वप्रथम मोशाले भन्छन्, “जो एक जाति नै होइन, म तिमीहरूलाई तिनीहरूप्रति डाही तुल्याउनेछु, एउटा मूर्ख जातिद्वारा म तिमीहरूलाई क्रुद्ध तुल्याउनेछु।”
20
तब यशैयाले साहसपूर्वक भन्दछन्, “मलाई नखोज्नेहरूले मलाई भेट्टाएका छन्, जसले मेरो खोजी गरेनन् तिनीहरूका माझमा मैले आफैलाई प्रकट गरेकोछु।”
21
तर इस्राएलको विषयमा तिनी भन्छन्, “दिनभरि नै अटेरी र विरोधी मानिसहरूप्रति मैले मेरो हात पसारेको छु।”
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16