bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Romans 9
Romans 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 10 →
1
म ख्रीष्टमा साँचो बोलिरहेछु, मैले ढाँटेको छैनँ। मेरो विवेकले पवित्र आत्मामा मलाई गवाही दिन्छ।
2
मेरो हृदयमा असाध्य शोक र मनमा अटूट वेदना छ।
3
म त यहाँसम्म पनि चाहन सक्थें कि मेरा भाइहरू र मेरा जातिको नाताले मेरा कुटुम्बहरूका खातिर म नै श्रापित होऊँ, र ख्रीष्टबाट परित्यक्त होऊँ!
4
तिनीहरू इस्राएलीहरू हुन्, अनि पुत्र हुने अधिकार, महिमाको दर्शन, करार, व्यवस्थाको प्रदान, मन्दिरको आराधना र प्रतिज्ञाहरू तिनीहरूका आफ्नै हुन्।
5
पूर्वजहरू तिनीहरूका नै हुन्, र ख्रीष्ट पनि शरीरअनुसार तिनीहरूकै वंशका हुनुहुन्छ, सर्वोच्च परमेश्वर, जसको युगानयुग स्तुति होस्। आमेन।
6
तर परमेश्वरको वचन विफल भएको होइन। किनकि इस्राएलबाट जन्मेका सबै इस्राएल होइनन्,
7
न त अब्राहामका सन्तान हुँदैमा सबै तिनका छोरा-छोरी हुन्। तर धर्मशास्त्रमा भनेअनुसार, “इसहाकबाट नै तिनीहरूको सन्तान गनिनेछ।”
8
यसको अर्थ, शरीरबाट जन्मेकाहरू परमेश्वरका सन्तान होइनन्, तर करारबाट उत्पन्न भएकाहरू नै अब्राहामका सन्तान हुन्।
9
त्यस प्रतिज्ञाले यसो भन्दछ, “तोकिएको समयमा म फर्केर आउनेछु, र साराको एउटा छोरो हुनेछ।”
10
त्यसो मात्र होइन, जब रिबेकाले एउटै पुरुष हाम्रा पुर्खा इसहाकबाट गर्भधारण गरिन्,
11
र जुम्ल्याहा बालकहरू जन्मनु अघिबाटै, तिनीहरूले कुनै असल वा खराब गर्न अघि नै, कर्मले होइन तर उहाँको बोलावटअनुसार परमेश्वरका चुनाउको उद्देश्य ठहरिओस् भनेर
12
रिबेकालाई यसै भनिएको थियो, “जेठोले कान्छाको सेवा गर्नेछ।”
13
जसो लेखिएको छ, “याकूबलाई मैले प्रेम गरें, तर एसावलाई तुच्छ ठानें।”
14
अब हामी के भनौं? के परमेश्वरमा अन्याय छ त? कदापि होइन!
15
उहाँ मोशालाई भन्नुहुन्छ, “जसमाथि म कृपा गर्न चाहन्छु, त्यसलाई म कृपा गर्नेछु, र जसलाई म टिठ्याउन चाहन्छु, त्यसलाई म टिठाउनेछु।”
16
यसकारण मानिसको इच्छा वा प्रयासमाथि यो निर्भर गर्दैन, तर परमेश्वरको कृपामाथि निर्भर गर्दछ।
17
कि धर्मशास्त्रले फारोलाई भन्छ, “म मेरो शक्ति तँमा देखाऊँ, र सारा पृथ्वीमा मेरो नाउँको घोषणा गरिओस् भन्ने अभिप्रायले मैले तँलाई खड़ा गरें।”
18
यसकारण उहाँले इच्छा गर्नुभएकाहरूलाई उहाँले कृपा गर्नुहुन्छ, र उहाँले इच्छा गर्नुभएकाहरूको हृदयलाई उहाँले कठोर पार्नुहुन्छ।
19
तब तिमी मलाई भन्नेछौ, “परमेश्वरले अझै किन दोष लगाउनुहुन्छ? किनकि उहाँको इच्छालाई कसले विरोध गर्न सक्छ?”
20
तर मानिस भएर परमेश्वरलाई जवाफ लाग्ने तिमी को हौ? के ढालेर बनाएको वस्तुले आफूलाई बनाउनेलाई “मलाई किन यस्तो बनाएको?” भन्छ र?
21
के एउटै माटोको ढिकाबाट एउटा आदरको भाँड़ो, र अर्कोचाहिँ तुच्छ कामको लागि बनाउने माटोमाथि कुमालेको अधिकार छैन र?
22
यदि परमेश्वरले आफ्नो क्रोध प्रकट गर्न र आफ्नो शक्ति प्रदर्शन गर्नलाई विनाशको लागि तयार पारिएको क्रोधका पात्रहरूलाई अत्यन्त धैर्यसाथ सहनुभएको छ भने, के भयो त?
23
यदि महिमाको निम्ति अघिबाटै तयार पार्नुभएको उहाँका कृपा-पात्रहरूलाई आफ्नो महिमाको सम्पत्ति प्रकट गर्नलाई उहाँले यसो गर्नुभयो—
24
अर्थात् हामी, जसलाई यहूदीहरूबाट मात्र होइन, तर अन्यजातिहरूबाट पनि उहाँले बोलाउनुभएको छ भने, के भयो त?
25
जस्तो होशेको पुस्तकमा पनि उहाँ भन्नुहुन्छ, “जुनहरू मेरा मानिसहरू थिएनन्, तिनीहरूलाई म ‘मेरा प्रजा’ तुल्याउनेछु। र जसलाई मैले प्रेम गरेको थिइनँ, त्यसलाई म ‘मेरो प्रिय’ भन्नेछु।”
26
“अनि जहाँ ‘तिमीहरू मेरा प्रजा होइनौ।’ भनी तिनीहरूलाई भनिएको थियो, त्यहीँ तिनीहरू ‘जीवित परमेश्वरका सन्तान’ कहलाइनेछन्।”
27
इस्राएलको बारेमा यशैया घोषणा गर्छन्, “इस्राएलका सन्तानको संख्या समुद्रको बालुवा जत्तिकै भए पनि, बाँकी रहेकाहरूको मात्र उद्धार हुनेछ।
28
किनकि प्रभुले पृथ्वीमा उहाँका दण्डको आज्ञा दृढ़ता र शीघ्रतासाथ पूर्ण गर्नुहुनेछ।”
29
यशैयाले यो भविष्यवाणी गरेका छन्, “सेनाहरूका परमप्रभुले हाम्रा निम्ति सन्तान नछोड्नुभएको भए हामी सदोमजस्तै हुनेथियौं, र गमोरासमान बन्नेथियौं।”
30
अब हामी के भनौं? धार्मिकताको पछि नलाग्ने अन्यजातिहरूले धार्मिकता प्राप्त गरेका छन्, अर्थात् विश्वासद्वारा पाइने धार्मिकता।
31
तर व्यवस्थामाथि आधारित भएको धार्मिकताको पछि लाग्ने त्यस इस्राएलले त्यो व्यवस्था पूरा गर्न सकेन।
32
किन सकेन? किनकि धार्मिकता कर्महरूमाथि आधारित छ भन्ठानेर तिनीहरूले विश्वासद्वारा धार्मिकता खोजेनन्। तिनीहरू ठेस लाग्ने ढुङ्गामा ठक्कर खाएर लड़ेका छन्।
33
जस्तो लेखिएको छ, “हेर, म सियोनमा एउटा ढुङ्गा राख्तछु, जसमा मानिसहरूलाई ठेस लाग्छ, एउटा चट्टान, जसले तिनीहरूलाई लड़ाउँछ, तर उहाँमा भरोसा राख्ने कोही शर्ममा पारिनेछैन।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16