bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Judges 1
Judges 1
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 2 →
1
यहोशूको मृत्युपछि इस्राएलीहरूले याहवेहलाई सोधे, “हाम्रो पक्षमा कनानीहरूको विरुद्ध लडाइँ गर्न को पहिले जानेछ?”
2
अनि याहवेहले जवाफ दिनुभयो, “यहूदा जानेछ; यो देश मैले तिनीहरूको हातमा दिएको छु।”
3
यहूदाका मानिसहरूले आफ्ना दाजुभाइ शिमियोनीहरूलाई भने, “कनानीहरूको विरुद्ध लडाइँ गर्नलाई हाम्रो भागमा परेको प्रान्तमा आउनुहोस्। यसको सट्टा हामी पनि तपाईंहरूसित तपाईंको भागमा परेको प्रान्तमा जानेछौँ।” यसकारण शिमियोनीहरू तिनीहरूसित गए।
4
यहूदाले आक्रमण गर्दा याहवेहले कनानीहरू र परिज्जीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो, र तिनीहरूले दश हजार मानिसहरूलाई बेजेकमा मारे।
5
तिनीहरूले अदोनी-बेजेकलाई भेट्टाएर तिनीसित युद्ध गरेको, र कनानीहरू र परिज्जीहरूलाई परास्त गरेको ठाउँ त्यही थियो।
6
अदोनी-बेजेक भागे, तर तिनीहरूले तिनलाई खेदेर भेट्टाए, र तिनका हात र खुट्टाका बूढी-औँलाहरू काटिदिए।
7
तब अदोनी-बेजेकले भने, “हात र खुट्टाका बूढी-औँलाहरू काटिएका सत्तरी जना राजाहरूले मेरो टेबुलमुनि जुठोका टुक्राटाक्री टिप्थे। अब परमेश्वरले मलाई तिनीहरूलाई मैले गरेझैँ बदला लिनुभएको छ।” तिनीहरूले तिनलाई यरूशलेममा ल्याए, र तिनी त्यहीँ मरे।
8
यहूदाका मानिसहरूले यरूशलेममाथि पनि आक्रमण गरे, र त्यसलाई कब्जा गरे। तिनीहरूले त्यहाँका मानिसहरूलाई तरवारले मारे, र त्यस सहरमा आगो लगाइदिए।
9
त्यसपछि यहूदाका मानिसहरू पहाडी मुलुक, दक्षिणी र पश्चिमी फेदीमा बस्ने कनानीहरूको विरुद्धमा लडाइँ गर्न ओर्लिए।
10
तिनीहरू हेब्रोनमा (पहिले किर्यत-अर्बा भनिन्थ्यो) बस्ने कनानीहरूको विरुद्धमा अगि बढेर शेशै, अहीमन र तल्मैलाई परास्त गरे।
11
त्यहाँबाट तिनीहरू दबीरमा (पहिले किर्यत-सेपेर भनिन्थ्यो) बस्ने मानिसहरूको विरुद्धमा अगि बढे।
12
अनि कालेबले भने, “म मेरी छोरी अक्साको विवाह किर्यत-सेपेरमाथि आक्रमण गरेर जित्ने मानिससँग गरिदिनेछु।”
13
कालेबको भाइ कनजका छोरा ओत्निएलले त्यसलाई जित्यो। अनि कालेबले आफ्नी छोरी अक्सालाई ओत्निएलसँग विवाह गरिदिए।
14
एक दिन तिनी ओत्निएलकहाँ जाँदा तिनले आफ्नो पिताबाट एउटा जमिन माग्न भनी उनलाई सुर्याए। अक्सा आफ्नो गधाबाट ओर्लेपछि कालेबले तिनलाई सोधे, “म तिम्रा निम्ति के गर्न सक्छु?”
15
तिनले जवाफ दिइन्, “ममाथि एउटा विशेष कृपा गर्नुहोस्। तपाईंले मलाई दक्षिणमा एउटा जमिन दिनुभएको हुनाले मलाई पानीका मूलहरू पनि दिनुहोस्।” तब कालेबले तिनलाई माथिल्ला र तलका पानीका मूलहरू दिए।
16
मोशाका ससुराका सन्तान, केनीहरू यहूदाका मानिसहरूसँग खजूरका रूखहरूको सहरबाट आराद नजिकको दक्षिणमा भएको यहूदाको उजाडस्थानमा गए, र त्यहाँका मानिसहरूसँग बसोबास गर्न लागे।
17
तब यहूदाका मानिसहरू आफ्ना दाजुभाइ शिमियोनीहरूसित गएर सपतमा बस्ने कनानीहरूमाथि आक्रमण गरे, र तिनीहरूले सहरलाई सम्पूर्ण रूपले नष्ट पारे। यसकारण त्यसलाई होर्मा भनियो।
18
यहूदाका मानिसहरूले गाजा, अश्कलोन र एक्रोनलाई तिनीहरूका वरिपरिका प्रान्तहरूसहित लिए।
19
याहवेह यहूदाका मानिसहरूसित हुनुहुन्थ्यो। तिनीहरूले पहाडी मुलुकमाथि अधिकार गरे, तर तिनीहरू मैदानबाट मानिसहरूलाई धपाउन असमर्थ भए। किनकि तिनीहरूसित फलामका रथहरू थिए।
20
मोशाले प्रतिज्ञा गरेझैँ हेब्रोनचाहिँ कालेबलाई दिइयो, जसले अनाकका तीन छोराहरूलाई त्यहाँबाट धपाएका थिए।
21
तर बेन्यामीनीहरूले चाहिँ यरूशलेममा बस्ने यबूसीहरूलाई धपाएनन्। अनि आजको दिनसम्मै यबूसीहरू त्यहाँ बेन्यामीनीहरूसित बस्छन्।
22
अब योसेफका घरानाले बेथेलमाथि आक्रमण गरे, र याहवेह तिनीहरूसित हुनुहुन्थ्यो।
23
जब तिनीहरूले बेथेलमा (पहिले लूज भनिन्थ्यो) भेद लिने मानिसहरू पठाए,
24
तब ती जासुसहरूले एक जना मानिसलाई सहरबाट बाहिर निस्कँदैगरेको देखे, र तिनीहरूले त्यसलाई भने, “हामीलाई सहरभित्र कसरी पस्ने हो देखाइदेऊ, र हामी तिमीप्रति असल व्यवहार गर्नेछौँ।”
25
यसकारण त्यसले तिनीहरूलाई सहरभित्र पस्ने बाटो देखाइदियो। अनि उनीहरूले तिनीहरूका सहरलाई तरवारले नाश गरे, तर त्यो मानिस र त्यसको परिवारलाई चाहिँ छोडिदिए।
26
त्यसपछि त्यो हित्तीहरूको देशमा गयो, र त्यहाँ एउटा सहर बनायो; अनि त्यसको नाम लूज राख्यो। त्यस सहरको नाम आजको दिनसम्म त्यही नै छ।
27
तर मनश्शेले बेथ-शान, तानाक, डोर, यिबलाम, मगिद्दो र तिनीहरूका चारैतिर बसोबास गरेका मानिसहरूलाई धपाएनन्। किनकि कनानीहरूले त्यस देशमा बस्ने निश्चय गरेका थिए।
28
इस्राएल शक्तिशाली भएपछि तिनीहरूले कनानीहरूलाई बेगार काममा लगाए, तर तिनीहरूले उनीहरूलाई सम्पूर्ण रूपले चाहिँ निकालेनन्।
29
न त एफ्राइमले गेजेरमा बस्ने कनानीहरूलाई धपाए, तर कनानीहरू त्यहाँ तिनीहरूसित बसिरहे।
30
न त जबूलूनले नै कित्रोन अथवा नहललमा तिनीहरूसित बस्ने कनानीहरूलाई धपाए। यसैले यी कनानीहरू उनीहरूका बीच बसे, तर तिनीहरूले उनीहरूलाई बेगार काम गर्ने तुल्याए।
31
न त आशेरले अक्को, सीदोन, अहलाब, अक्जीब, हेलवा, अपेक वा रहोबमा बस्नेहरूलाई धपाए।
32
यसैकारण आशेरका मानिसहरू कनानी बासिन्दाहरूसित बसे; किनभने तिनीहरूले उनीहरूलाई धपाएनन्।
33
न त नप्तालीले बेथ-शेमेश अथवा बेथ-अनातमा बस्नेहरूलाई नै धपाए; तर नप्तालीहरू पनि त्यस देशका कनानी बासिन्दाहरूसित बसे। अनि बेथ-शेमेस र बेथ-अनातमा बस्नेहरू तिनीहरूका निम्ति ज्यालाविना काम गर्ने मजदुरहरू भए।
34
एमोरीहरूले दानवंशीहरूलाई पहाडी मुलुकभित्रै सीमित राखे, र तिनीहरूलाई मैदानमा आउनै दिएनन्।
35
अनि एमोरीहरूले हेरेस डाँडा, अय्यालोन र शाल्बीममै बस्ने निश्चय गरे। योसेफको घरानाको शक्ति बढेपछि तिनीहरू पनि ज्यालाविना खटिन बाध्य भए।
36
एमोरीहरूको सिमाना अक्रब्बीम घाटीदेखि सेला र अझ माथिसम्म थियो।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21