bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Judges 12
Judges 12
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 13 →
1
एफ्राइमका मानिसहरूले आफ्नो सैन्यदललाई बोलाए र सापोन पार गरे। तिनीहरूले यिप्तालाई भने, “अम्मोनीहरूसित लडाइँ गर्न जाँदा हामीलाई नबोलाई तपाईं किन जानुभयो? हामी तपाईंलाई तपाईंको घरसहित जलाइदिनेछौँ।”
2
यिप्ताले जवाफ दिए, “म र मेरा मानिसहरू अम्मोनीहरूसितको ठूलो सङ्घर्षमा व्यस्त थियौँ, र मैले तिमीहरूलाई बोलाए तापनि तिमीहरूले मलाई तिनीहरूका हातबाट बचाएनौ।
3
जब मैले तिमीहरूबाट केही सहायता नपाउने रहेछु भनी देखेँ, तब आफ्नो प्राण हत्केलामा लिएर म तिनीहरूसित लडाइँ गर्न पारि गएँ। अनि याहवेहले मलाई तिनीहरूमाथि विजय दिनुभयो। अब किन तिमीहरू आज मसित लडाइँ गर्न आइरहेका छौ?”
4
त्यसपछि यिप्ताले गिलादका मानिसहरूलाई भेला गरे। अनि एफ्राइमको विरुद्धमा लडाइँ गरे। गिलादीहरूले तिनीहरूलाई पराजित गरिदिए; किनकि एफ्राइमीहरूले भनेका थिए, “तिमी गिलादीहरू त एफ्राइम र मनश्शेका शरणार्थी हौ।”
5
गिलादीहरूले एफ्राइमतिर जाने यर्दनको किल्ला कब्जा गरे। अनि जहिले पनि एफ्राइमका बाँचेका कसैले “मलाई पारि जान देओ” भन्दा गिलादका मानिसहरूले त्यसलाई सोध्थे, “के तिमी एफ्राइमी हौ?” यदि त्यसले “होइन” भन्यो भने,
6
तिनीहरूले भन्थे, “ठिक छ, ‘शिब्बोलेत’ भन।” यदि त्यसले त्यो शब्द ठिकसित उच्चारण गर्न नसकेर “सिब्बोलेत” भन्यो भने तिनीहरूले त्यसलाई पक्रेर यर्दनको किल्लामा मारिदिन्थे। त्यस बेला एफ्राइमका बयालीस हजार मानिसहरू मारिए।
7
यिप्ताले इस्राएलमाथि छ वर्षसम्म नेतृत्व गरे। त्यसपछि गिलादी यिप्ता मरे, र तिनी गिलादको एउटा सहरमा गाडिए।
8
तिनीपछि बेथलेहेमका इब्सानले इस्राएलीहरूलाई नेतृत्व गरे।
9
तिनका तीस जना छोरा र तीस जना छोरी थिए। तिनले आफ्नी छोरीहरूका विवाह आफ्नो वंशभन्दा बाहिर गरिदिए। अनि आफ्ना छोराहरूका पत्नीहरू आफ्नो वंशभन्दा बाहिरका तीस जना जवान स्त्रीहरू ल्याए। इब्सानले इस्राएललाई सात वर्षसम्म नेतृत्व गरे।
10
त्यसपछि इब्सान मरे, र तिनी बेथलेहेममा गाडिए।
11
तिनीपछि जबूलूनी एलोनले इस्राएलमाथि दश वर्षसम्म नेतृत्व गरे।
12
त्यसपछि एलोन मरे, र जबूलून देशमा भएको अय्यालोनमा गाडिए।
13
तिनीपछि पिरातोनी हिल्लेलका छोरा अब्दोन इस्राएलको नेतृत्व गरे।
14
तिनका चालीस जना छोरा र तीस जना नाति थिए, जो सत्तरी वटा गधाहरूमाथि सवार हुन्थे। तिनले इस्राएललाई आठ वर्षसम्म नेतृत्व गरे।
15
त्यसपछि हिल्लेलका छोरा अब्दोन मरे, र अमालेकीहरूको पहाडी देशमा एफ्राइमको पिरातोनमा गाडिए।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21