bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Judges 2
Judges 2
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 3 →
1
याहवेहका दूत गिलगालबाट माथि बोकीममा गएर भने, “मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ, र तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खाएको देशमा ल्याइपुर्याएँ। मैले भनेँ, ‘तिमीहरूसित म आफ्नो करार कहिल्यै भङ्ग गर्नेछैनँ।
2
अनि तिमीहरूले यस देशका मानिसहरूसित करार नबाँध्नू, तर तिमीहरूले तिनीहरूका वेदीहरू भत्काइदिनू।’ तापनि तिमीहरूले मेरो आज्ञा भङ्ग गर्यौ। तिमीहरूले किन यसो गर्यौ?
3
यसकारण, ‘अब म तिमीहरूलाई भन्दछु, म तिनीहरूलाई धपाउनेछैनँ; ती तिमीहरूका निम्ति जाल र तिनीहरूका देवताहरू तिमीहरूका निम्ति पासो बन्नेछन्।’ ”
4
याहवेहका दूतले सारा इस्राएलीहरूलाई यो भनिसकेपछि मानिसहरू ठूलो सोरले रोए।
5
अनि तिनीहरूले त्यस ठाउँलाई बोकीम भने। त्यहाँ तिनीहरूले याहवेहका निम्ति बलिदान चढाए।
6
यहोशूले इस्राएलीहरूलाई बिदा गरेपछि हरेक आफ्नो उत्तराधिकार प्राप्त गर्नको निम्ति तिनीहरू देशलाई अधिकार गर्न गए।
7
यहोशू र तिनीभन्दा धेरै बाँचेका प्रधानहरूका जीवनकालभरि नै सबै मानिसहरूले याहवेहको सेवा गर्दैरहे। तिनीहरूले याहवेहले इस्राएलका निम्ति गर्नुभएको महान् कामहरू देखेका थिए।
8
याहवेहका सेवक नूनका छोरा यहोशू एक सय दश वर्षको उमेरमा मरे।
9
तिनीहरूले यहोशूलाई तिनको उत्तराधिकारको देश गाश डाँडाको उत्तरमा एफ्राइमको पहाडी मुलुकमा भएको तिम्नथ-हेरेसमा गाडे।
10
त्यो सम्पूर्ण पुस्ता आफ्ना पितापुर्खाहरूसित मिल्न गए। अनि अर्को पुस्ता बढेर आयो, जसले न त याहवेहलाई चिन्दथ्यो, न त उहाँले इस्राएलका निम्ति गर्नुभएका कुराहरू नै जान्दथ्यो।
11
तब इस्राएलीहरूले याहवेहको दृष्टिमा दुष्ट काम गरे, र बालको सेवा गरे।
12
तिनीहरूले याहवेह आफ्ना पितापुर्खाहरूका परमेश्वरलाई त्यागे, जसले तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभएको थियो। तिनीहरू आफ्ना वरिपरिका मानिसहरूका देवी-देवताहरूको पछि लागेर तिनीहरूलाई पुज्न थाले। तिनीहरूले याहवेहलाई रिस उठाए;
13
किनकि तिनीहरूले याहवेहलाई त्यागे; अनि बाल र अश्तोरेत देवी-देवताहरूको सेवा गरे।
14
इस्राएलप्रति आफ्नो क्रोधमा याहवेहले तिनीहरूलाई आक्रमणकारीहरूका हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूलाई लुटे। उहाँले तिनीहरूलाई आफ्ना चारैतिरका शत्रुहरूकहाँ बेचिदिनुभयो, जसलाई तिनीहरूले रोक्न सकेनन्।
15
जहाँ-जहाँ इस्राएलीहरू लडाइँ गर्न निस्कन्थे, त्यहीँ नै याहवेहले तिनीहरूसित शपथ खानुभएझैँ उहाँका हात तिनीहरूलाई पराजित पार्न तिनीहरूको विरुद्धमा हुन्थ्यो। त्यसैले तिनीहरू ठूलो सङ्कष्टमा परे।
16
तब याहवेहले न्यायकर्ताहरू खडा गर्नुभयो, जसले तिनीहरूलाई ती आक्रमणकारीहरूका हातबाट बचाए।
17
तापनि तिनीहरूले आफ्ना न्यायकर्ताहरूका कुरा सुनेनन्, तर अरू देवी-देवताहरूसित व्यभिचार गरे र तिनीहरूलाई पुजिरहे। तिनीहरू आफ्ना पितापुर्खाहरूका मार्ग, जसले याहवेहका आज्ञापालन गर्दथे, तिनीहरूका मार्गलाई चाँडै छोडिदिए।
18
जब-जब याहवेहले कुनै न्यायकर्तालाई तिनीहरूका निम्ति खडा गर्नुभयो, तब उहाँ त्यस न्यायकर्ताको साथमा रहनुहुन्थ्यो, र त्यो न्यायकर्ता बाँचुन्जेल उहाँले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट बचाउनुहुन्थ्यो; किनकि तिनीहरूलाई थिचोमिचो गर्ने र सताउनेहरूको अधीनमा तिनीहरूले जहिले सुस्केरा हाले तापनि याहवेहले तिनीहरूलाई दया देखाउनुभयो।
19
तर त्यो न्यायकर्ता मरेपछि ती मानिसहरू अरू देवी-देवताहरूको पछि लागेर तिनीहरूलाई पुज्दै आफ्ना पितापुर्खाहरूभन्दा बढी भ्रष्ट चालतिर फर्कन्थे। तिनीहरूले आफ्ना दुष्ट कामहरू र हठी मार्गलाई त्याग्न अस्वीकार गरे।
20
यसकारण याहवेह इस्राएलसँग अति क्रोधित हुनुभयो र भन्नुभयो, “यस जातिले मैले तिनीहरूका पितापुर्खाहरूका निम्ति राखिदिएको करार भङ्ग गरेका हुनाले र मेरो कुरा नसुनेको कारणले,
21
यहोशूको मृत्युपछि उसले छोडिराखेका कुनै पनि जातिलाई म तिनीहरूको सामु अब धपाउनेछैनँ।
22
इस्राएललाई जाँच्न म तिनीहरूलाई प्रयोग गर्नेछु; र तिनीहरू याहवेहको मार्गलाई मानेर आफ्ना पितापुर्खाहरू त्यसमा हिँडेझैँ तिनीहरू हिँड्छन् कि हिँड्दैनन् भनी हेर्नेछु।”
23
याहवेहले ती जातिहरूलाई रहिरहन दिनुभयो; उहाँले तिनीहरूलाई यहोशूको हातमा पर्न दिएर एकैचोटि धपाउनुभएन।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21