bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Judges 4
Judges 4
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 5 →
1
एहूद मरेपछि इस्राएलीहरूले फेरि याहवेहको दृष्टिमा दुष्टता गरे।
2
यसकारण याहवेहले तिनीहरूलाई हासोरमा राज गर्ने कनानका राजा याबीनका हातमा बेचिदिनुभयो। तिनको फौजको सेनापतिचाहिँ हेरोशेत-हग्गोयिममा बस्ने सीसरा थियो।
3
तिनीसित फलामका नौ सय वटा रथहरू थिए। अनि तिनले इस्राएलीहरूलाई निर्दयतासाथ बीस वर्षसम्म सताए; तब तिनीहरूले सहायताको निम्ति याहवेहलाई पुकारे।
4
त्यस बेला इस्राएलको नेतृत्व लप्पीदोतकी पत्नी अगमवादिनी दबोराले गरिरहेकी थिइन्।
5
दबोरा एफ्राइमको पहाडी मुलुक रामा र बेथेलको बीचमा खजूरको फेदमा बस्ने गर्दथिन्। इस्राएलीहरू आफ्ना झगडा मिलाउन तिनीकहाँ आउँथे।
6
तब तिनले नप्तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइपठाइन् र भनिन्, “याहवेह इस्राएलका परमेश्वर तिमीलाई यसो भनी आज्ञा दिनुहुन्छ: ‘तँसित नप्ताली र जबूलूनका दश हजार मानिसहरूलाई तबोर डाँडामा लैजा।
7
म याबीनका फौजको सेनापति सीसरालाई उसका रथहरू र फौजसहित कीशोन नदीमा ल्याउनेछु। अनि त्यसलाई तेरो हातमा सुम्पिदिनेछु।’ ”
8
बाराकले तिनलाई भने, “यदि तपाईं मसित जानुभयो भने म जानेछु; तर तपाईं मसित जानुभएन भने म जानेछैनँ।”
9
दबोराले भनिन्, “निश्चय नै म तिमीसँग जानेछु। तर तिम्रो यस्तो व्यवहारले गर्दा तिम्रो सम्मानचाहिँ हुनेछैन। किनकि याहवेहले सीसरालाई एउटी स्त्रीको हातमा दिनुहुनेछ।” यसरी दबोरा बाराकसित केदेशमा गइन्।
10
तब बाराकले जबूलून र नप्तालीलाई केदेशमा बोलाए। अनि दश हजार मानिसहरू तिनका पछि लागे, र दबोरा पनि तिनीसँगै माथि गइन्।
11
अब केनी हेबेरले अरू केनीहरू, अर्थात् मोशाका साला होबाबका सन्तानहरूलाई छाडेर केदेशको छेउमा सानन्नीममा भएको ठूलो रूखनिर आफ्नो पाल टाँगेका थिए।
12
जब तिनले सीसरालाई अबीनोअमका छोरा बाराक तबोर डाँडामा उक्लेर गएको कुरा भनिदिए,
13
तब सीसराले आफ्ना फलामका नौ सय रथहरू र सबै मानिसहरू एकसाथ भेला गराए। अनि तिनीहरू हेरोशेत-हग्गोयिमबाट कीशोन खोलामा गए।
14
तब दबोराले बाराकलाई भनिन्, “जाऊ! आजको दिन याहवेहले सीसरालाई तिम्रो हातमा सुम्पिदिनुभएको छ। के याहवेह तिम्रो अगि जानुभएको छैन र?” यसकारण बाराक तबोरबाट ओर्लिए; र दश हजार मानिसहरू तिनका पछि-पछि लागे।
15
बाराक अगि बढ्दै जाँदा याहवेहले सीसरा र त्यसका सबै रथहरू अनि सेनासमेत तरवारले परास्त गर्नुभयो। सीसरा आफ्नो रथबाट ओर्लेर पैदलै भागे।
16
तर बाराकले ती रथहरू र सेनालाई हेरोशेत-हग्गोयिमसम्म खेदेर गए। सीसराका सबै फौज तरवारद्वारा मारिए; र एउटै मानिस पनि जीवित रहेन।
17
तरै पनि सीसराचाहिँ पैदलै भागेर केनी हेबेरकी पत्नी याएलको पालमा गए, किनकि हासोरका राजा याबीन र केनी हेबेरका परिवारको बीचमा शान्ति थियो।
18
याएलले सीसरालाई भेट्न गएर तिनलाई भनिन्, “मेरा मालिक, भित्रै आउनुहोस्, नडराउनुहोस्!” यसकारण तिनी उनको पालभित्र पसे। अनि उनले तिनीमाथि एउटा ओढ्ने ओढाइदिइन्।
19
तिनले भने, “मलाई अलिकति पानी पिउन देऊ। म तिर्खाएको छु।” तिनले उनलाई दूधको भाँडो खोलेर दूध पिउन दिइन्, र ओढ्ने ओढाइदिइन्।
20
सीसराले तिनलाई भने, “पालको ढोकामा उभिरहनू। यदि कोही आएर तिमीलाई यहाँ कोही छ? भनी सोध्यो भने, तिमीले ‘छैन’ भनिदेऊ।”
21
तर हेबेरकी पत्नी याएलले पालको कीला र एउटा मुङ्ग्रो लिइन्। अनि सीसरा थाकेर भुसुक्क निदाएको बेला तिनीकहाँ बिस्तारै गइन्। तिनले सीसराको कन्चट छिचोलेर भुइँसम्मै पुग्ने गरी त्यो किला ठोकिदिइन् र तिनी मरे।
22
बाराकले सीसरालाई खेद्दै आउँदा याएल तिनलाई भेट्न बाहिर गइन्। अनि तिनले भनिन्, “आउनुहोस्, तपाईंले खोज्नुभएको मानिसलाई म देखाउनेछु।” यसकारण तिनी उनीसित भित्र पसे; तब सीसरालाई आफ्नो कन्चटमा किला गाडिएर मरिरहेका भेट्टाए।
23
त्यो दिन परमेश्वरले इस्राएलीहरूका सामु कनानी राजा याबीनलाई हराउनुभयो।
24
इस्राएलीहरूले याबीनलाई नष्ट नपारेसम्म तिनीहरूका हात उनीमाथि झन्-झन् बलियो हुँदैगए।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21