bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Judges 13
Judges 13
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 14 →
1
फेरि इस्राएलीहरूले याहवेहको दृष्टिमा दुष्टता गरे। यसकारण याहवेहले तिनीहरूलाई चालीस वर्षसम्म पलिश्तीहरूको हातमा सुम्पिदिनुभयो।
2
सोरामा बस्ने दान वंशका मानोह नाम भएका मानिसकी एउटी बाँझी पत्नी थिइन्, जसले कुनै सन्तान जन्माइनन्।
3
याहवेहका दूत तिनीकहाँ देखा परेर भने, “तिमी बाँझी र निःसन्तान छौ, तर तिमी गर्भवती हुनेछौ, र एउटा छोरा जन्माउनेछौ।
4
अब तिमी होशियार होऊ, र कुनै दाखमद्य अथवा अरू मत्ताउने पेय नपिउनू, र तिमीले अशुद्ध कुरा नखानू;
5
किनकि तिमी गर्भवती हुनेछौ, र एउटा छोरा जन्माउनेछौ। त्यसको कपालमा छुरा नलगाइयोस्। किनकि त्यो बालक गर्भधारणको समयदेखि नै परमेश्वरका निम्ति अलग गरिएको एक नाजिरी हुनेछ। त्यसले इस्राएललाई पलिश्तीहरूको हातबाट छुटाउन अगुवाइ गर्नेछ।”
6
तब ती स्त्री आफ्नो पतिकहाँ गइन्, र तिनलाई यसो भनिन्, “परमेश्वरका एक जना मानिस मकहाँ आए। तिनी परमेश्वरका दूतझैँ अति भययोग्य देखिन्थे। मैले तिनलाई तिनी कहाँबाट आएका हुन् भनी सोधिनँ। अनि तिनले पनि मलाई आफ्नो नाम बताएनन्।
7
तर तिनले मलाई भने, ‘तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्माउनेछौ। अब तिमीले दाखमद्य अथवा अरू मत्ताउने पेय नपिउनू र कुनै अशुद्ध कुरो नखानू; किनकि त्यो केटो गर्भधारणदेखि उसको मृत्युसम्म नै परमेश्वरका निम्ति एक नाजिरी हुनेछ।’ ”
8
तब मानोहले याहवेहकहाँ प्रार्थना गरे, “हे प्रभु, जन्मन लागेको बालकलाई कसरी हुर्काउने भनी हामीलाई सिकाउनका निम्ति हामीकहाँ पठाइएका परमेश्वरका जन फेरि आऊन् भनी म तपाईंसित बिन्ती गर्छु।”
9
याहवेहले मानोहको प्रार्थना सुन्नुभयो, र ती स्त्री खेतमा हुँदा परमेश्वरका दूत फेरि आए। तर तिनको पति मानोह तिनीसित थिएनन्।
10
“त्यस दिन मकहाँ देखा पर्ने मानिस यहाँ छन्!” भन्नलाई तिनी दौडेर आफ्नो पतिकहाँ गइन्।
11
मानोह उठे, र आफ्नी पत्नीको पछि लागे। तिनी त्यस मानिसकहाँ आइपुगेपछि तिनले भने, “के मेरी पत्नीसित बोल्ने मानिस तपाईं नै हुनुहुन्छ?” तिनले भने, “हो, म नै हुँ।”
12
यसकारण मानोहले तिनलाई सोधे, “तपाईंका वचनहरू कहिले पूरा हुनेछन् र त्यस केटाको जीवन र कामको विषयमा कस्तो नियम छ?”
13
याहवेहका दूतले जवाफ दिए, “तिम्री पत्नीले मैले तिनलाई भनेका सबै कुरा गर्नुपर्छ।
14
तिनले अङ्गुरबाट उत्पादन भएको कुनै पनि कुरा खानुहुँदैन। तिनले कुनै मद्यपान अथवा मत्ताउने पेय नपिऊन्, न त कुनै अशुद्ध कुरा खाऊन्। तिनले मैले आज्ञा दिएको प्रत्येक कुरा पालन गरून्।”
15
मानोहले याहवेहका दूतलाई भने, “तपाईंका निम्ति एउटा कलिलो पाठा हामीले तयार नपारेसम्म कृपया यहीँ पर्खनुहोस्।”
16
याहवेहका दूतले जवाफ दिए, “तिमीहरूले मलाई रोके तापनि म तिमीहरूको भोजनबाट केही खानेछैनँ। तर तिमीहरूले होमबलि तयार गर्छौ भने त्योचाहिँ याहवेहलाई चढाओ।” (तिनी याहवेहका दूत हुन् भनी मानोहलाई थाहा थिएन।)
17
तब मानोहले याहवेहका दूतलाई सोधे, “तपाईंको नाम के हो? ताकि तपाईंको वचन पूरा भएपछि हामी तपाईंलाई सम्मान दिन सकौँ?”
18
तिनले जवाफ दिए, “तिमीहरू किन मेरो नाम सोध्छौ? यो अचम्मको छ।”
19
तब मानोहले एउटा कलिलो पाठा र अन्नबलि लिए; अनि याहवेहका निम्ति एउटा चट्टानमा चढाए। मानोह र तिनकी पत्नीले हेर्दाहेर्दै याहवेहले एउटा अचम्मको काम गर्नुभयो।
20
त्यो ज्वाला वेदीबाट आकाशतिर जलेर जाँदै गर्दा याहवेहका दूत त्यस ज्वालामा उक्लेर गए। त्यो देखेर मानोह र तिनकी पत्नी भुइँमा घोप्टो परे।
21
त्यसपछि याहवेहका दूत मानोह र तिनकी पत्नीकहाँ फेरि देखा परेनन्, तब तिनी याहवेहको दूत पो रहेछन् भनी मानोहले थाहा पाए।
22
तब तिनले आफ्नी पत्नीलाई भने, “अब हामी मर्नेछौँ! हामीले परमेश्वरलाई देख्यौँ!”
23
तर तिनकी पत्नीले भनिन्, “यदि याहवेहले हामीलाई मार्ने विचार गर्नुभएको भए उहाँले हाम्रा हातबाट होमबलि र अन्नबलि ग्रहण गर्नुहुनेथिएन, न त यो कुरा हामीलाई देखाउनुहुनेथियो, अथवा बताउनुहुनेथियो।”
24
ती स्त्रीले एउटा छोरा जन्माइन्, र त्यसको नाम शिमशोन राखिन्। त्यो बालक बढ्यो, र याहवेहले त्यसलाई आशिष् दिनुभयो।
25
अनि त्यो सोरा र एश्तोल बीचको महनेह-दानमा हुँदा याहवेहको आत्माले त्यसलाई प्रेरणा दिन थाल्नुभयो।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21