bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Judges 8
Judges 8
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 9 →
1
तब एफ्राएमीहरूले गिदोनलाई सोधे, “तपाईंले हामीसित किन यस्तो व्यवहार गर्नुभयो? तपाईंहरू मिद्यानसित लडाइँ गर्न जाँदा हामीलाई किन बोलाउनुभएन?” अनि तिनीहरूले उनीसँग अनेक विवाद गरे।
2
तर उनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूले जे गरेका छौ, त्यसको तुलनामा मैले के गरेको छु र? के एफ्राइमको अङ्गुरको शिला-बाला अबीएजेरको सम्पूर्ण दाख कटनीभन्दा असल छैन र?
3
परमेश्वरले मिद्यानी शासकहरू ओरेब र जीबलाई तिमीहरूको हातमा सुम्पिदिनुभयो। तिमीहरूको तुलनामा त्यस्तो मैले के गर्न सकेँ र?” गिदोनले यसो भनेपछि उनको विरुद्ध तिनीहरूको गुनासो शान्त भयो।
4
गिदोन र उनका तीन सय मानिसहरू यर्दनमा आइपुगे, र पारि तरे। तिनीहरू थाकेका थिए, तापनि आफ्ना शत्रुहरूलाई खेदिरहे।
5
उनले सुक्कोतका मानिसहरूलाई भने, “मेरा सैन्यदललाई केही रोटी दिनुहोस्। तिनीहरू थाकिसकेका छन्। अहिले म मिद्यानका राजाहरू जेबह र सल्मुन्नालाई खेद्दै आइरहेको छु।”
6
तर सुक्कोतका शासकहरूले भने, “के जेबह र सल्मुन्ना तिम्रो हातमा आइसकेका छन् र? तिम्रो सैन्यदललाई हामीले किन रोटी दिने?”
7
तब गिदोनले जवाफ दिए, “त्यसो भए जब याहवेहले जेबह र सल्मुन्नालाई मेरो हातमा सुम्पिदिनुहुनेछ, तब म तिमीहरूका शरीरलाई उजाडस्थानको काँडा र घोच्ने काँडाले च्यातिदिनेछु।”
8
त्यहाँबाट उनी पनीएलमा गए, र तिनीहरूसित त्यही बिन्ती राखे। तर तिनीहरूले सुक्कोतकै मानिसहरूले झैँ जवाफ दिए।
9
यसकारण उनले पनीएलका मानिसहरूलाई भने, “म विजयी भएर फर्कँदा यस किल्लालाई भत्काइदिनेछु।”
10
जेबह र सल्मुन्नाचाहिँ प्राय: पन्ध्र हजार सेनासित कार्कोरमा थिए। पूर्व देशको फौजबाट बाँचेकाहरू त्यति नै थिए। एक लाख बीस हजार तरवारधारी मानिसहरूचाहिँ मरिसकेका थिए।
11
नोबह र योगबहाको पूर्वपट्टिको घुमफिर गरिहिँड्ने जातिको बाटो भएर गिदोन अगि बढेर गए। अनि उनीहरू सावधानी नभई बसेको बेलामा तिनी फौजमाथि जाइलागे।
12
तब मिद्यानका दुई राजाहरू जेबह र सल्मुन्ना भागे। तर उनी तिनीहरूलाई खेद्दै गए; अनि तिनीहरूलाई पक्रे, र तिनीहरूका सम्पूर्ण फौजलाई पराजित गरे।
13
त्यसपछि योआशको छोरा गिदोन लडाइँबाट हेरेसको घाटी भएर फर्के।
14
उनले सुक्कोतका एक जना जवानलाई पक्रेर केरकार गरे। अनि त्यस जवानले सुक्कोतका सतहत्तर जना शासकहरू, सहरका प्रधानहरूका नाम लेखेर दियो।
15
त्यसपछि गिदोन आए, र सुक्कोतका मानिसहरूलाई भने, “जेबह र सल्मुन्ना यहाँ छन्, जसको विषयमा तिमीहरूले ‘के जेबह र सल्मुन्ना तिम्रा हातमा आइसकेका छन् र? हामीले तिम्रा गलिसकेका मानिसहरूलाई किन रोटी दिने?’ ” भनेर मेरो उपहास गरेका थियौ।
16
तब उनले सहरका प्रधानहरूलाई लिए, र तिनीहरूलाई उजाडस्थानका काँडा र घोच्ने काँडाहरूले दण्ड दिएर सुक्कोतका मानिसहरूलाई पाठ सिकाए।
17
उनले पनीएलको किल्ला पनि भत्काइदिए र त्यस सहरका मानिसहरूलाई मारे।
18
तब गिदोनले जेबह र सल्मुन्नालाई सोधे, “तिमीहरूले तबोरमा मारेका मानिसहरू कस्ता किसिमका थिए?” त्यसपछि तिनीहरूले जवाफ दिए, “तिनीहरू तपाईंजस्तै थिए। हरेकको अनुहार राजकुमारको जस्तै देखिन्थे।”
19
अनि गिदोनले जवाफ दिए, “तिनीहरू मेरा दाजुभाइहरू, मेरै आमाका छोराहरू थिए। जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, यदि तिमीले तिनीहरूका प्राण जोगाइदिएका भए म तिमीहरूलाई मार्ने थिइनँ।”
20
तब आफ्नो जेठा छोरा येतेरतिर फर्केर तिनले भने, “यिनीहरूलाई मारिदे!” तर येतेरले आफ्नो तरवार थुतेन; किनकि ऊ सानै केटा थियो, त्यसकारण ऊ डरायो।
21
तब जेबह र सल्मुन्नाले भने, “तपाईं आफैँ आएर यो गर्नुहोस्, ‘मानिसजस्तो छ, त्यसको बल पनि त्यस्तै हुन्छ।’ ” यसकारण गिदोनले अगि सरेर तिनीहरूलाई मारे, र तिनीहरूका ऊँटका घाँटीबाट गहनाहरू निकालेर लगे।
22
इस्राएलीहरूले गिदोनलाई भने, “तपाईंले हामीलाई मिद्यानीहरूबाट बचाउनुभयो। यसकारण अब तपाईं हाम्रा शासक हुनुहोस्—तपाईंको छोरा र तपाईंको नाति।”
23
तर गिदोनले तिनीहरूलाई भने, “म तिमीहरूमाथि शासन गर्नेछैनँ, न त मेरो छोराले तिमीहरूमाथि शासन गर्नेछ। याहवेहले नै तिमीहरूमाथि शासन गर्नुहुनेछ।”
24
अनि उनले भने, “मेरो एउटा बिन्ती छ, तिमीहरू प्रत्येकले आफ्ना लुटको मालको भागबाट एउटा कुण्डल मलाई देओ।” (इश्माएलीहरूमा सुनको कुण्डल लगाउने रीति थियो।)
25
तिनीहरूले जवाफ दिए, “हामी खुशीसाथ ती कुराहरू दिनेछौँ।” यसकारण तिनीहरूले एउटा लुगा ओछ्याए, र प्रत्येक मानिसले आफ्नो लुटका मालबाट त्यसमाथि एक-एक वटा गरी औँठी फ्याँकिदिए।
26
उनले मागेका सुनका औँठीहरूको ओजन सत्र सय शेकेल थियो; जसमा गहनाहरू, मिद्यानका राजाहरूले लगाउने कर्णफूल र बैजनी वस्त्रहरू अथवा ऊँटहरूका घाँटीमा भएका सिक्रीहरूको त हिसाब नै थिएन।
27
अनि गिदोनले ती सुनबाट एउटा एपोद बनाए, र त्यसलाई उनले आफ्नो सहर ओप्रामा राखे। सारा इस्राएलले त्यसलाई पुजेर त्यहाँ वेश्यासँग झैँ व्यभिचार गरे। अनि त्योचाहिँ गिदोन र तिनको परिवारका निम्ति एउटा पासो बन्यो।
28
यसरी मिद्यान इस्राएलीहरूको अधीनमा आयो, र तिनीहरूले फेरि आफ्नो शिर उठाएनन्। गिदोनको जीवनकालभरि चालीस वर्षभरि देशमा शान्ति छायो।
29
अनि योआशको छोरा यरूब-बाल आफ्नो घर फर्केर बस्न लागे।
30
उनका धेरै पत्नीहरू भएको कारण उनका आफ्नै सत्तरी जना छोराहरू थिए।
31
शेकेममा बस्ने उनकी उपपत्नीले पनि उनका निम्ति एउटा छोरा जन्माई, उनले उसको अबीमेलेक राखे।
32
अनि योआशका छोरा गिदोन पूरा बुढेसकालमा मरे, र आफ्ना पिताको चिहानमा अबीएजरीहरूको ओप्रामा गाडिए।
33
गिदोनको मृत्यु हुनसाथ इस्राएलीहरूले आफैँलाई बाल-बरीतहरूसित वेश्यासँग झैँ व्यभिचार गर्न थाले। तिनीहरूले आफ्नो देवतास्वरूप बाल-बरीतलाई खडा गरे।
34
अनि चारैतिरबाट आफ्ना शत्रुहरूका हातबाट तिनीहरूलाई छुटाउनुहुने याहवेह तिनीहरूका परमेश्वर, जसलाई तिनीहरूले सम्झेनन्।
35
तिनीहरूले यरूब-बाल (अर्थात् गिदोन) का परिवारलाई पनि तिनले इस्राएलका निम्ति गरेका असल कुराहरूको निम्ति पनि दया देखाएनन्।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21