bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Judges 21
Judges 21
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
1
इस्राएलका मानिसहरूले मिस्पामा यसो भनेर शपथ खाएका थिए, “हामीमध्ये कसैले पनि बेन्यामीनीलाई विवाह गर्न आफ्नी छोरी दिनेछैनौँ।”
2
अनि मानिसहरू बेथेलमा गए, र तिनीहरू बेलुकासम्मै आफ्ना सोर उचालेर अनियन्त्रित रूपमा परमेश्वरको सामु रुँदै बसिरहे।
3
तिनीहरू यसो भनेर कराए, “हे याहवेह, इस्राएलका परमेश्वर, इस्राएलमा यो किन हुन दिनुभयो? किन इस्राएलबाट आज एउटा कुल हराएर गयो?”
4
भोलिपल्ट बिहानै मानिसहरूले एउटा वेदी बनाएर होमबलि र मेलबलि चढाए।
5
तब इस्राएलीहरूले सोधे, “इस्राएलका सारा कुलहरूबाट कुनचाहिँ कुल याहवेहको सामु भेला भएन?” किनकि तिनीहरूले मिस्पामा याहवेहको सामु भेला नहुने जोसुकै पनि मारिनेछ भनी गम्भीर शपथ खाएका थिए।
6
आफ्ना बेन्यामीनी दाजुभाइहरूका लागि इस्राएलीहरूले शोक मनाए। तिनीहरूले भने, “आजको दिन इस्राएलबाट एउटा कुल नै मासिएर गएको छ।
7
ती बाँकी रहेकाहरूका निम्ति हामीले कसरी पत्नीहरू प्रबन्ध गरौँ? हामीले तिनीहरूलाई आफ्ना कुनै पनि छोरी विवाहको लागि दिनेछैनौँ भनी याहवेहको सामु शपथ खाएका थियौँ।”
8
तब तिनीहरूले सोधे, “इस्राएलको कुनचाहिँ कुल मिस्पामा याहवेहको सामु भेला भएन?” तिनीहरूले याबेश-गिलादबाट कोही पनि सभाको निम्ति छाउनी हाल्न आएको रहेनछ भनी थाहा पाए।
9
किनकि तिनीहरूले मानिसहरूको संख्या लिँदा याबेश-गिलादबाट एक जना पनि त्यहाँ उपस्थित भएको भेट्टाएनन्।
10
यसकारण त्यस सभाले बाह्र हजार योद्धाहरूलाई याबेश-गिलादमा गएर त्यहाँ भएका स्त्री र बालबालिकाहरूलाई समेत तरवारले मार्न भनी हुकुम दिएर पठाए।
11
तिनीहरूले भने, “तिमीहरूले हरेक पुरुष र पुरुषसँग सहवास भएकी स्त्रीलाई मार्नू, तर कन्याहरूलाई चाहिँ छोडिदिनू।”
12
तिनीहरूले याबेश-गिलादमा बस्ने मानिसहरूमा कुनै पनि पुरुषसँग सहवास नगरेका चार सय जना कन्याहरू भेट्टाए। उनीहरूलाई तिनीहरूले कनानमा शीलोको छाउनीमा ल्याए।
13
तब सारा समुदायले रिम्मोनको पहरामा भएका बेन्यामीनीहरूकहाँ शान्तिको प्रस्ताव पठाए।
14
त्यस बेला बेन्यामीनीहरू फर्केर आए। अनि तिनीहरूलाई याबेश-गिलादमा बचाइएका ती स्त्रीहरू दिइए। तर तिनीहरू सबैका लागि ती स्त्रीहरूको संख्या पर्याप्त थिएन।
15
मानिसहरूले बेन्यामीनको निम्ति शोक गरे; किनकि याहवेहले इस्राएलका कुलहरू बीचमा एउटा फाटो गरिदिनुभएको थियो।
16
तब समुदायका प्रधानहरूले भने, “बेन्यामीनका स्त्रीहरू नष्ट भएकाले हामीले बाँकी रहेका मानिसहरूका निम्ति कसरी पत्नीहरू खोजी ल्याइदिनु?”
17
तब तिनीहरूले भने, “बाँचेका बेन्यामीनीहरूका उत्तराधिकारीहरू हुनुपर्छ। इस्राएलको एउटा कुल मेटिएर नजाओस्।
18
हामी तिनीहरूलाई आफ्ना छोरीहरू पत्नीको रूपमा दिन सक्दैनौँ; किनकि हामी इस्राएलीहरूले ‘बेन्यामीनीलाई पत्नी दिने जोसुकै श्रापित होस्’ भनेर शपथ खाएका छौँ।
19
तर हेर्नुहोस्, बेथेलको उत्तरतिर र बेथेलबाट शेकेममा जाने बाटोको पूर्वपट्टि अनि लबोनाको दक्षिणतिर शीलोमा याहवेहको वार्षिक चाड छ।”
20
यसकारण तिनीहरूले बेन्यामीनीहरूलाई यसो भनेर आज्ञा दिए, “गएर दाखबारीहरूमा लुकी बस;
21
अनि ध्यानपूर्वक हेरिबस, जब शीलोका केटीहरू नाचमा सामेल हुन निस्कन्छन्, तब तिमीहरू दाखबारीहरूबाट झट्टै निस्केर प्रत्येकले शीलोबाट आएका केटीहरूबाट एउटीलाई पत्नी हुन पक्र, र बेन्यामीनको देशमा जाओ।
22
तिनीहरूका बुबाहरू अथवा दाजुभाइहरूले हामीसित उजुरी गरे भने हामी तिनीहरूलाई यसो भनिदिनेछौँ, ‘तिनीहरूलाई सहायता दिएर हामीमाथि दया गर्नुहोस्; किनकि लडाइँको समयमा हामीले तिनीहरू प्रत्येकका निम्ति पत्नीहरू पाएनौँ। तपाईंहरूले तिनीहरूलाई आफ्ना छोरीहरू वास्तवमा विवाहको निम्ति नदिनुभएको कारण तपाईंहरूले शपथ तोड्नुभएको हुनेछैन, र निर्दोष हुनुहुन्छ।’ ”
23
यसकारण बेन्यामीनीहरूले त्यसै गरे। ती जवान केटीहरू नाचिरहेका बेला उनीहरू हरेकले एउटी-एउटीलाई पक्रे, र उनीहरूलाई आ-आफ्नी पत्नी बनाउन लगे। तब उनीहरूको आफ्ना उत्तराधिकार सम्पत्ति भएको ठाउँमा फर्के, र सहरहरूलाई पुनर्निर्माण गरे, र तिनमा बसोबास गरे।
24
त्यस बेला इस्राएलीहरूले त्यो ठाउँ छोडेर घरमा आफ्ना कुलहरू र वंशहरूकहाँ गए। प्रत्येक आफ्नै उत्तराधिकारमा गए।
25
ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्। अनि हरेक मानिसले आफ्नो दृष्टिमा जे ठिक लाग्थ्यो, त्यही गर्दथ्यो।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21