bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Judges 17
Judges 17
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 18 →
1
एफ्राइमको पहाडी मुलुकका मीका नामका एक जना मानिस थिए।
2
उनले आफ्नी आमालाई भने, “तपाईंबाट लगिएका ती एघार सय शेकेल चाँदी, जसको विषयमा तपाईंले श्राप दिनुभएको मैले सुनेँ—त्यो चाँदी मसित छ; त्यो मैले नै लिएको थिएँ।” तब उनकी आमाले भनिन्, “मेरो छोरा, याहवेहले तिमीलाई आशिष् देऊन्!”
3
उनले ती एघार सय शेकेल चाँदी आफ्नी आमालाई फर्काएपछि तिनले भनिन्, “मैले यो चाँदी मेरा छोराले खोपेको आकृति र ढालेको मूर्ति बनाओस् भनेर याहवेहकहाँ अर्पण गर्छु। म यो तिमीलाई फर्काइदिनेछु।”
4
यसरी उनले ती चाँदी आफ्नी आमालाई फर्काइदिए। अनि तिनले चाँदीका दुई सय सेकेल लिएर एउटा शिल्पकारलाई दिइन्, जसले तीबाट एउटा प्रतिमा र एउटा मूर्ति बनायो, र ती मीकाको घरमा राखियो।
5
मीकाको एउटा देवस्थान थियो। उनले एउटा एपोद र केही पारिवारिक मूर्तिहरू बनाएर आफ्ना छोराहरूमध्ये एक जनालाई त्यसको पुजारी बनाएर राखे।
6
ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्। अनि हरेक मानिसले आफ्नो दृष्टिमा जे ठिक लाग्थ्यो, त्यही गर्दथ्यो।
7
यहूदाको बेथलेहेमबाट आएका यहूदाका वंशको बीचमा बस्ने एक जवान लेवी थियो।
8
उसले त्यस सहरलाई छोडिदियो, र अर्को बस्ने ठाउँको खोजीमा हिँड्यो; अनि ऊ एफ्राइमको पहाडी मुलुकमा मीकाको घरमा आइपुग्यो।
9
मीकाले उसलाई सोधे, “तिमी कहाँबाट आएका हौ?” उसले भन्यो, “म यहूदाको बेथलेहेमबाट आएको एक लेवी हुँ, र म बस्ने ठाउँको खोजीमा छु।”
10
तब मीकाले उसलाई भने, “मसँगै बस, र मेरा बुबा र पुजारी होऊ। म तिमीलाई प्रतिवर्ष दश शेकेल चाँदी, तिमीलाई खान-लाउन पनि दिनेछु।”
11
यसकारण त्यो लेवी मीकासँग बस्न राजी भयो। उनको लागि त्यो जवान मानिस आफ्नै छोराझैँ भयो।
12
तब मीकाले त्यो लेवीलाई नियुक्त गरे, र त्यो जवान मानिस उनको पुजारी भएर उनको घरमा बस्न थाल्यो।
13
तब मीकाले भने, “अब म यो जान्दछु, याहवेह मप्रति असल हुनुहुनेछ; किनकि एक लेवी मेरा पुजारी भएका छन्।”
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21