bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Judges 19
Judges 19
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 20 →
1
ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्। अब एफ्राइमको पहाडी मुलुकमा दुर्गम ठाउँमा बस्ने एक जना लेवीले यहूदाको बेथलेहेमबाट एउटी उपपत्नी ल्याए।
2
तर तिनी आफ्ना पतिप्रति अविश्वासी थिइन्। ती स्त्रीले उनलाई छोडेर आफ्ना बुबाको घर यहूदाको बेथलेहेममा गइन्। तिनी त्यहाँ चार महिनासम्म बसिन्।
3
तिनका पतिले तिनलाई फर्काइल्याउनका निम्ति आफ्ना सेवक र दुई वटा गधाहरू लिएर तिनीकहाँ गए।
4
तब ती स्त्रीले उनलाई आफ्नो बुबाकहाँ लगिन्, र तिनका बुबाले उनलाई देखेपछि उनलाई बस्न आग्रह गरे। यसकारण उनी तिनीसित तीन दिनसम्म खानपिन गर्दै त्यहाँ बसे।
5
चौथो दिन तिनीहरू बिहानै उठे। तब उनी बिदा हुनको लागि तयार भए, तर ती स्त्रीका बुबाले आफ्ना जुवाइँलाई भने, “केही खानुहोस्, र ताजा भएर जानुहोस्।”
6
यसैले तिनीहरू दुवै बसेर एकैसाथ खानपिन गरे। तब ती स्त्रीका बुबाले भने, “कृपया एक रात अझै बसेर रमाइलो गर्नुहोस्!”
7
जब उनी जानलाई उठे, तब उनका ससुराले उनलाई अझै बस्न आग्रह गरे। यसकारण उनी फेरि पनि एक रात बसे।
8
पाँचौँ दिन उनी बिदा हुनलाई बिहानै उठे। तर त्यस स्त्रीका बुबाले भने, “आफूलाई ताजा बनाउनुहोस्। साँझसम्म पर्खनुहोस्!” यसैले तिनीहरू दिउँसो अबेरसम्म नै एकसाथ खानपानमा अल्मलिरहे।
9
त्यसपछि ती मानिस आफ्नी उपपत्नी र आफ्ना सेवकसित जानलाई फेरि उठे। तब उनका ससुरा अर्थात् त्यस स्त्रीका बुबाले भने, “हेर्नुहोस् त, अब साँझ पर्नै लाग्यो। आजको रात यहीँ बसिदिनुहोस्; किनकि साँझ पर्न लागिसक्यो। बस्नुहोस् र आनन्द मनाउनुहोस्! बरु भोलि बिहानै उठेर तपाईं आफ्ना घरतिर लाग्नुहोस्।”
10
तर ती मानिसले त्यो रात बस्ने इच्छा गरेनन्; तब उठेर हिँडिहाले। अनि आफ्ना भारी लादेका दुई गधाहरू र उपपत्नीसित यबूस, अर्थात् यरूशलेमतिर लागे।
11
जब तिनीहरू यबूसको छेउमा पुगे, तब दिन ढल्किसकेको थियो। उनको सेवकले आफ्ना मालिकलाई भन्यो, “आउनुहोस्, हामी यबूसीहरूको यस सहरतिर लागौँ र रात यहीँ बिताऔँ।”
12
तब त्यसका मालिकले जवाफ दिए, “होइन! हामी कुनै परदेशी सहरभित्र जानेछैनौँ, जसका मानिसहरू इस्राएली होइनन्। बरु हामी गेबासम्म जाऔँ।”
13
उनले फेरि भने, “आओ, हामी गेबा अथवा रामामा पुग्ने प्रयास गरौँ। अनि त्यहाँ कुनै ठाउँमा बास बसौँ।”
14
यसकारण तिनीहरू अगाडि बढे, र बेन्यामीनको गेबाको छेउमा पुग्दा घाम डुबिहाल्यो।
15
तिनीहरू त्यहीँ रात बिताउनलाई बसे। तिनीहरू गएर सहरको चोकमा बसे; तर बास दिनका निम्ति कसैले तिनीहरूलाई आफ्नो घरभित्र लगेन।
16
त्यस साँझ गेबामा बस्ने एक बूढो मानिस एफ्राइमको पहाडी मुलुकबाट खेतको कामबाट फर्किरहेका थिए, जहाँका मानिसहरू बेन्यामीनी थिए।
17
ती बूढो मानिसले ती यात्रीहरूलाई सहरको चोकमा देखेर सोधे, “तपाईंहरू कहाँ जाने हो? कहाँबाट आउनुभएको हो?”
18
लेवीले भने, “हामी यहूदाको बेथलेहेमबाट आइरहेका छौँ; र आफ्नै घर एफ्राइमको पहाडी मुलुकको दुर्गम ठाउँमा जाँदैछौँ। म यहूदाको बेथलेहेममा गएको थिएँ, र अब याहवेहको घरमा जाँदैछु। तर कसैले पनि मलाई आफ्नो घरमा लगेन।
19
म आफैँ, तपाईंकी सेविका र हामीसँग भएको यो जवान मानिसको निम्ति हामीसित रोटी र दाखमद्य, र हाम्रा गधाहरूको लागि पराल र दाना छन्। हामीलाई केही चाहिँदैन।”
20
तब ती बूढो मानिसले भने, “तपाईंलाई मेरो घरमा स्वागत छ। तपाईंहरूलाई जे चाहिन्छ, म दिनेछु। तर चोकमा रात नबिताउनुहोस्!”
21
यसकारण तिनले उनीहरूलाई आफ्नो घरमा लगे, र उनका गधाहरूलाई दानापानी दिए। तिनीहरूले आ-आफ्ना खुट्टा धोइसकेपछि खानपिन गरे।
22
तिनीहरूले आनन्द लिइरहेको बेला त्यस सहरका केही दुष्ट मानिसहरूले त्यस घरलाई घेरे। तिनीहरूले ढोकामा प्रहार गर्दै त्यस घरका मालिक, त्यस बूढो मानिसलाई कराउँदै यसो भने, “तिम्रो घरमा आएको त्यस मानिसलाई बाहिर निकाल्, हामी त्यससित सहवास गर्न चाहन्छौँ।”
23
तब त्यस घरका मालिक बाहिर आए, र तिनीहरूलाई भने, “होइन, मेरा मित्रहरू हो, यस्तो दुष्ट काम नगर्नुहोस्! यी मानिस मेरा पाहुना भएकाले यस्तो शर्मलाग्दो काम नगर्नुहोस्।
24
हेर्नुहोस्, यहाँ मेरी कन्या छोरी र यी मानिसकी उपपत्नी छन्। बरु म तिनीहरूलाई अहिले तपाईहरूकहाँ बाहिर ल्याउनेछु। अनि तपाईंहरूले तिनीहरूलाई प्रयोग गरेर जे गर्न इच्छा छ, त्यही तिनीहरूसित गर्नुहोस्। तर यी मानिसमाथि यस्तो शर्मलाग्दो काम नगर्नुहोस्!”
25
तर ती मानिसहरूले तिनको कुरा सुन्नै चाहेनन्। यसकारण ती मानिसले उनकी उपपत्नीलाई लिएर तिनीहरूकहाँ बाहिर पठाइदिए। अनि तिनीहरूले तिनलाई रातभरि बलात्कार गरे, र दुर्व्यवहार गरे। अनि बिहानै तिनलाई जान दिए।
26
बिहान सबेरै हुँदा त्यो स्त्री आफ्ना पतिको घरमा आई र ढोकामा लडी, र उज्यालो नहोउन्जेल त्यहीँ लडिरही।
27
बिहान तिनको पति उठेर घरको ढोका खोले। अनि आफ्नो यात्रा अगि बढाउन जब उनी बाहिर निस्के, तब आफ्नी उपपत्नीलाई सँघारमा आफ्ना हात पसारेर लडिरहेकी देखे।
28
उनले तिनलाई यसो भने, “उठ, अब हामी जाऔँ।” तर कुनै जवाफ आएन। तब उनले तिनलाई आफ्नो गधामा चढाएर घरतिर लागे।
29
घर पुगेपछि उनले एउटा छुरी लिएर आफ्नी उपपत्नीको शरीरलाई बाह्र टुक्रा पारे। अनि ती टुक्राहरूलाई इस्राएलका सारा इलाकाहरूमा पठाइदिए।
30
त्यो देख्ने प्रत्येकले भने, “इस्राएल इजिप्टबाट आएको दिनदेखि आजसम्म यस्तो कुरो कहिल्यै भएको थिएन, न त देखियो, न सुनियो नै। यसबारे सोच्नुहोस्, र विचार गर्नुहोस्! अनि के गर्नुपर्छ हामीलाई भन्नुहोस्!”
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21