bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Leviticus 16
Leviticus 16
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 17 →
1
हारूनका दुई छोराहरू याहवेहको नजिक जाँदा मृत्यु भएपछि याहवेह मोशासित बोल्नुभयो,
2
याहवेहले मोशालाई भन्नुभयो: “तेरो दाजु हारूनलाई भन्, त्यसलाई मन लागेको जुनसुकै बेला सन्दुकमाथि भएको पाप समाधान-स्थानको सामु पर्दाको पछाडिको महा-पवित्रस्थानमा नआओस्, नत्रता त्यो मर्नेछ। किनकि पाप समाधान-स्थानमाथि म बादलमा देखा पर्नेछु।
3
“हारूनले महा-पवित्रस्थानमा यसरी प्रवेश गर्नुपर्छ: त्यसले पाप शुद्धीकरण बलिका लागि एउटा बाछा र होमबलिका निम्ति एउटा भेडा लिएर आओस्।
4
त्यसले पवित्र सुती लबेदा र भित्री पोशाकहरू लगाओस्। त्यसले आफ्नो चारैतिर सुती पटुका बाँधोस्, र सुती फेटा लगाओस्। यी पोशाकहरू पवित्र हुन्। यसैकारण त्यसले आफूलाई पानीले नुहाएर मात्र ती लगाओस्।
5
त्यसले इस्राएली समुदायबाट पाप शुद्धीकरण बलिका निम्ति दुई वटा बोकाहरू र होमबलिका निम्ति एउटा भेडा ल्याओस्।
6
“त्यसपछि हारूनले आफ्नो पाप शुद्धीकरण बलिका निम्ति साँढे चढाओस्। अनि त्यसले आफ्नो र आफ्ना घरानाका निम्ति प्रायश्चित गरोस्।
7
त्यसपछि त्यसले ती दुई बोकाहरू लिएर याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा प्रस्तुत गरोस्।
8
अनि हारूनले ती दुई बोकाहरूका लागि चिट्ठा हालोस्—एउटा चिट्ठा याहवेहका निम्ति र अर्को छाडा छोडिने बोकाको निम्ति।
9
हारूनले याहवेहको निम्ति चिट्ठा परेको बोका ल्याएर त्यसलाई पाप शुद्धीकरण बलिको रूपमा चढाओस्।
10
तर छाडा छोडिने बोकाको निम्ति चिट्ठा परेको बोकालाई छाडा बनिनको निम्ति मरुभूमिमा पठाएर प्रायश्चित गर्नलाई जिउँदै याहवेहको सामु प्रस्तुत गरोस्।
11
“हारूनले आफ्नो पाप शुद्धीकरण बलिको साँढे ल्याओस्। अनि आफू र आफ्ना घरानाका निम्ति प्रायश्चित गरोस्। अनि त्यसले आफ्नो पाप शुद्धीकरण बलिका निम्ति त्यस साँढेलाई मारोस्।
12
त्यसले वेदीबाट बल्दैगरेको कोइलाले भरिएको धुपौरो र दुई मुठी मसिनो गरी पिँधेको सुगन्धित धूप याहवेहको सामु ल्याएर ती पर्दाको पछाडिपट्टि लैजाओस्।
13
त्यसले याहवेहको सामु आगोमा धूप हालोस्। अनि धूपको धुवाँले साक्षी पाटीमाथि भएको पाप समाधान-स्थानलाई ढाकिदिनेछ, र त्यो मर्नेछैन।
14
त्यसले त्यस साँढेको रगतबाट केही लिएर आफ्नो औँलाले पाप समाधान-स्थानको सामु छर्कोस्। अनि त्यसले त्यसको केही भाग औँलाले पाप समाधान-स्थानको अगिल्तिर सात चोटि छर्कोस्।
15
“त्यसपछि त्यसले मानिसहरूका निम्ति पाप शुद्धीकरण बलिको बोकालाई मारोस्। अनि त्यसको रगत पर्दाको पछिल्तिर लगेर त्यसलाई साँढेको रगतलाई गरेझैँ गरोस्, अर्थात् पाप समाधान-स्थानको सामु त्यसले बोकाको रगतलाई साँढेको रगतमाथि छर्कोस्।
16
यसरी त्यसले इस्राएलीहरूका जस्तोसुकै पाप भए तापनि तिनीहरूका अशुद्धता र विद्रोहको लागि महा-पवित्रस्थानका निम्ति प्रायश्चित गर्नेछ। त्यसले भेट हुने पालको निम्ति पनि त्यस्तै गर्नुपर्छ, जुन तिनीहरूको माझ छाउनीमा भएको अशुद्धताको बीचमा छ।
17
हारून महा-पवित्रस्थानभित्र प्रायश्चित गर्न गएको बेलादेखि त्यसले आफू, आफ्ना घराना र इस्राएलका सारा समुदायका निम्ति प्रायश्चित गरेर बाहिर नआएसम्म कोही पनि भेट हुने पालभित्र हुनुहुँदैन।
18
“त्यसपछि त्यो निस्केर याहवेहको सामु भएको वेदीमा आओस्। अनि त्यसको निम्ति प्रायश्चित गरोस्। त्यसले साँढेको रगत र बोकाको रगतबाट केही लिएर त्यसलाई वेदीका सिङहरूमाथि लगाओस्।
19
त्यसले केही रगत आफ्नो औँलाले त्यसमाथि सात चोटि छर्कोस्, र त्यसलाई शुद्ध पारोस्। अनि त्यसलाई इस्राएलीहरूको अशुद्धताबाट पवित्र गरोस्।
20
“हारूनले महा-पवित्रस्थान, भेट हुने पाल र वेदीका निम्ति प्रायश्चित गरिसकेपछि त्यसले जिउँदो बोका ल्याओस्।
21
त्यसले दुवै हात त्यस जिउँदो बोकाको शिरमाथि राखेर त्यसमाथि इस्राएलका सबै दुष्टता र विद्रोह—तिनीहरूका सबै पाप स्वीकार गरोस्। अनि ती त्यस बोकाको टाउकोमाथि राखिदेओस्। त्यसले त्यस बोकालाई त्यस कामको लागि खटाइएको मानिसको जिम्मामा टाढा मरुभूमिमा पठाइदेओस्।
22
त्यस बोकाले तिनीहरूका सारा पाप निर्जन ठाउँमा बोकेर लैजानेछ। अनि त्यस मानिसले त्यस बोकालाई उजाडस्थानमा छोडिदेओस्।
23
“त्यसपछि हारून भेट हुने पालभित्र जाओस्, र त्यसले महा-पवित्रस्थानभित्र जानुअगि लगाएका सुती पोशाकहरू फुकाएर तिनलाई त्यहीँ छोडिदेओस्।
24
त्यसले आफूलाई एउटा पवित्र ठाउँमा पानीले नुहाओस्। अनि आफ्नो नियमित पोशाक लगाओस्। त्यसपछि बाहिर निस्केर त्यसले आफू र मानिसहरूका निम्ति प्रायश्चित गर्नलाई, आफ्नै निम्ति होमबलि र मानिसहरूका निम्ति होमबलि चढाओस्।
25
त्यसले पाप शुद्धीकरण बलिको बोसो पनि वेदीमाथि जलाओस्।
26
“त्यस बोकालाई छाडा छोडिदिने मानिसले आफ्ना लुगाहरू धोएर आफूलाई पानीले नुहाओस्। त्यसपछि त्यो छाउनीभित्र आओस्।
27
प्रायश्चितको लागि महा-पवित्रस्थानभित्र जसको रगत ल्याइएको थियो; पाप शुद्धीकरण बलिको त्यो साँढे र बोकालाई छाउनीबाहिर लगेर तिनीहरूका छाला, मासु र गोबर जलाइयोस्।
28
तिनीहरूलाई जलाउने मानिसले आफ्ना लुगा धोएर पानीले नुहाओस्; र त्यसपछि त्यो छाउनीभित्र आओस्।
29
“तिमीहरूका लागि यो एउटा रहिरहने विधि ठहरियोस्ः सातौँ महिनाको दशौँ दिनमा तिमीहरूले आफैँलाई इन्कार गर्नू। अनि तिमीहरूले चाहे घरमा जन्मेको होस् अथवा तिमीहरूका बीचमा बस्ने परदेशी होस्, कसैले पनि कुनै किसिमको काम नगर्नू।
30
किनकि यही दिन तिमीहरूलाई शुद्ध पार्नलाई तिमीहरूका निम्ति प्रायश्चित गरिनेछ। त्यसपछि तिमीहरू याहवेहको सामु तिमीहरूका सबै पापहरूबाट शुद्ध हुनेछौ।
31
यो शब्बाथ विश्रामदिन हो; अनि तिमीहरूले आफूलाई इन्कार गर्नू, यो एउटा रहिरहने विधि हो।
32
प्रधान पुजारीको रूपमा आफ्नो बुबाको सट्टामा अभिषेक भई नियुक्त भएका पुजारीले प्रायश्चित गर्नुपर्छ। उसले पवित्र सुती कपडा लगाउनुपर्छ।
33
अनि महा-पवित्रस्थानको निम्ति, भेट हुने पाल र वेदीको निम्ति; अनि सबै पुजारीहरू र समुदायका सबै सदस्यहरूका निम्ति प्रायश्चित गरोस्।
34
“यो तिमीहरूका निम्ति रहिरहने विधि होस्: इस्राएलीहरूका सबै पापहरूका निम्ति वर्षमा एक पल्ट प्रायश्चित गरियोस्।” अनि याहवेहले आज्ञा गर्नुभएबमोजिम नै मोशाले गरे।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27