bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Leviticus 8
Leviticus 8
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 9 →
1
याहवेहले मोशालाई भन्नुभयो,
2
“हारून र त्यसका छोराहरूलाई, तिनीहरूका पोशाकहरू, अभिषेक गर्ने तेल, पाप शुद्धीकरण बलिका निम्ति साँढे, दुई वटा भेडाहरू र खमिर नमिसाइएको रोटी भएका डालो लिएर आइज।
3
अनि सारा समुदायलाई समागम पालको प्रवेशद्वारमा भेला गर्।”
4
तब याहवेहले आज्ञा गर्नुभएझैँ मोशाले गरे। अनि समागम पालको प्रवेशद्वारमा समुदाय भेला भयो।
5
मोशाले समुदायलाई भने, “याहवेहले यसो गर्नू भन्ने आज्ञा दिनुभएको छ।”
6
तब मोशाले हारून र तिनका छोराहरूलाई अगाडि ल्याएर पानीले नुहाइदिए।
7
तिनले हारूनलाई अलखा लगाइदिए। पटुका बाँधिदिए, र तिनलाई लबेदा लगाएर एपोदको पोशाक पहिर्याइदिए। तिनले उनमा कुशल शिल्पकारद्वारा तयार गरिएको पटुकाले एपोद पनि बाँधिदिए। यसरी त्यो तिनमा कसियो।
8
तिनले उनीमाथि छाती-पाता लगाएर त्यसमा ऊरीम र तुम्मीम लगाइदिए।
9
त्यसपछि तिनले हारूनको शिरमा फेटा लगाइदिए। अनि याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले सुनको पाता र पवित्र मुकुट त्यसको सामु लगाइदिए।
10
त्यसपछि मोशाले अभिषेक गर्ने तेल लिएर समागम पाल र त्यसभित्र भएका प्रत्येक चीजलाई अर्पण गरे; र सबै कुराहरूलाई पवित्र गरे।
11
तिनले वेदी र त्यसका सबै भाँडाकुँडा, बाटा र त्यसको खम्बालाई अर्पण गर्नलाई अभिषेक गर्दै केही तेल वेदीमाथि सात चोटि छर्के।
12
तिनले अभिषेक गर्ने तेलबाट केही लिएर हारूनलाई पवित्र गरे, र अभिषेक गर्नका लागि तिनको शिरमाथि खन्याए।
13
त्यसपछि तिनले हारूनका छोराहरूलाई अगाडि ल्याएर लबेदा लगाइदिए। पटुका बाँधिदिए, र याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ तिनीहरूको शिरमा फेटा बाँधिदिए।
14
त्यसपछि तिनले पाप शुद्धीकरण बलिको बाछा अगाडि ल्याए। अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि हात राखे।
15
मोशाले त्यस बाछालाई मारे। अनि केही रगत लिएर वेदीलाई शुद्ध पार्नलाई आफ्ना औँलाले वेदीका सबै सिङहरूमाथि छर्के। तिनले उब्रेको रगत वेदीको फेदमा खन्याइदिए। यसरी तिनले प्रायश्चित गर्नलाई वेदीलाई अर्पण गरे।
16
मोशाले भित्री भागका चारैतिरका बोसो, कलेजोलाई छोप्ने आवरण, दुवै मिर्गौला र बोसोसमेत लिए। अनि ती सबैलाई वेदीमाथि जलाइदिए।
17
तर बाछालाई त्यसको छाला, मासु र गोबरसमेत जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो, त्यसरी नै तिनले छाउनीबाहिर जलाइदिए।
18
त्यसपछि तिनले होमबलिको निम्ति भेडा प्रस्तुत गरे। अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि आफ्ना हात राखे।
19
तब मोशाले त्यस भेडालाई मारे; अनि त्यो रगत वेदीको चारैतिर भित्तामा छर्के।
20
मोशाले भेडालाई टुक्रा-टुक्रा पारी काटे; अनि टाउको, टुक्राहरू र बोसो जलाए।
21
मोशाले भित्री भागहरू र खुट्टाहरू पानीले पखाले; अनि त्यो याहवेहका निम्ति आगोद्वारा चढाइएको मिठो बास्नाको होमबलिस्वरूप तिनले सिङ्गै भेडा वेदीमा जलाए; जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो।
22
त्यसपछि तिनले अर्को भेडा, अर्थात् अर्पणको भेडालाई प्रस्तुत गरे; अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि आफ्ना हात राखे।
23
मोशाले भेडालाई मारे; अनि त्यसको रगतबाट केही लिएर त्यसलाई हारूनको दाहिने कानको लोतीमा, तिनको दाहिने हातको बूढी औँलामा र तिनको दाहिने खुट्टाको बूढी औँलामा लगाइदिए।
24
मोशाले हारूनका छोराहरूलाई पनि अगाडि ल्याए। केही रगत लिएर तिनीहरूका दाहिने कानका लोतीहरूमा, तिनीहरूका दाहिने हातका बूढी औँलाहरूमा र तिनीहरूका दाहिने खुट्टाका बूढी औँलाहरूमा लगाइदिए। त्यसपछि तिनले वेदीका चारैतिर रगत छर्किदिए।
25
त्यसपछि बोसो, बोसे पुच्छर, भित्री भागका वरिपरि भएका बोसो, चारैतिरका बोसो, कलेजोको आवरण, बोसोसमेतका दुवै मिर्गौला र दाहिने फिला लिए।
26
त्यसपछि तिनले याहवेहको सामु राखिएको खमिर नमिसाइएको रोटीको टोकरीबाट एउटा बाक्लो रोटी र जैतुन तेल मिसाएर बनाएको एउटा बाक्लो रोटी र एउटा पातलो रोटी लिएर तिनले ती बोसोको भाग र दाहिने फिलामा हाले।
27
तिनले ती सबै हारून र तिनका छोराहरूका हातमा राखे; अनि उनीहरूले यसलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे।
28
त्यसपछि मोशाले ती कुराहरू तिनीहरूका हातबाट लिएर वेदीमाथि भएको होमबलिको टुप्पोमा अर्पणबलिको भेटीस्वरूप याहवेहका निम्ति आगोद्वारा चढाइएको मनपर्ने बास्नाझैँ उहाँलाई चढाए।
29
मोशाले ह्याकुला लिए, जुनचाहिँ अर्पण गरिएको भेडाबाट उनको भाग थियो। अनि यसलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे; जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो।
30
त्यसपछि मोशाले अभिषेक गर्ने तेलबाट केही तेल र वेदीबाट केही रगत लिए, र ती हारून र तिनका पोशाकहरूमाथि अनि तिनका छोराहरू र तिनीहरूका पोशाकहरूमाथि छर्के। यसरी तिनले हारूनलाई उनका पोशाकहरू, उनका छोराहरू र उनीहरूका पोशाकहरूसमेत पवित्र गरे।
31
त्यसपछि मोशाले हारून र उनका छोराहरूलाई भने, “समागम पालको प्रवेशद्वारमा मासु पकाएर तिमीहरूले यो खानू। मैले आज्ञा दिएझैँ तिमीहरूले त्यहाँ अर्पणबलिको डालोको रोटीसित खानू।
32
त्यसपछि उब्रेका मासु र रोटी त्यसलाई जलाइदिनू।
33
तिमीहरूको अर्पण सात दिनसम्म हुने हुनाले तिमीहरूको अर्पण समाप्त नहोउन्जेल समागम पालको प्रवेशद्वारलाई सात दिनसम्म नछोड्नू।
34
आज जे गरिएको छ, त्यो तिमीहरूको प्रायश्चित गर्नका लागि याहवेहले आज्ञा गर्नुभएको थियो।
35
तिमीहरू समागम पालको प्रवेशद्वारमा सात दिनसम्म दिउँसो र राति बस्नू। याहवेहले चाहेझैँ गर्नू; अनि तिमीहरू मर्नेछैनौ। किनकि मलाई यही आज्ञा भएको छ।”
36
यसकारण हारून र तिनका छोराहरूले याहवेहले मोशाद्वारा आज्ञा गर्नुभएझैँ सबै कार्य गरे।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27