bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Leviticus 17
Leviticus 17
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 18 →
1
याहवेहले मोशालाई भन्नुभयो,
2
“हारून, त्यसका छोराहरू र सारा इस्राएलीहरूसित कुरा गर्, र तिनीहरूलाई भन्: ‘याहवेहले यस्तो आज्ञा दिनुभएको छ:
3
कुनै इस्राएलीले गोरु, थुमा अथवा बाख्रालाई छाउनीभित्र वा बाहिर बलिदान गर्छ र याहवेहको समागम पाल सामु उहाँलाई दानस्वरूप प्रस्तुत गर्नलाई भेट हुने पालको प्रवेशद्वारमा तिनीहरूलाई ल्याउँदैन,
4
अनि याहवेहको भेट हुने पाल सामु उहाँलाई बलिस्वरूप चढाउनलाई समागम पालको प्रवेशद्वारमा ल्याउँदैन भने त्यो मानिस रक्तपातको दोषी ठहरिनेछ। त्यसले रगत बगाएकोले त्यो आफ्ना मानिसहरूदेखि अलग गरिनुपर्छ।
5
यो आज्ञा यस हेतुले दिइएको हो कि इस्राएलीहरूले आफ्ना बलिदान खुल्ला मैदानमा चढाउँछन्, जुन अबदेखि याहवेहका सामु चढाऊन्। तिनीहरूले पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याएर याहवेहकहाँ मेलबलिको रूपमा चढाउनुपर्छ।
6
पुजारीले त्यो रगत भेट हुने पालको प्रवेशद्वारमा याहवेहको वेदीमाथि छर्कोस्। अनि बोसोलाई याहवेहलाई मनपर्ने बास्नास्वरूप जलाओस्।
7
तिनीहरूले अब उसो बाख्रारूपी मूर्तिहरूलाई बलिदान नचढाऊन्, जससँग तिनीहरू व्यभिचार गर्छन्; तिनीहरू र तिनीहरूका पुस्तौँ-पुस्ताका निम्ति यो रहिरहने विधि होस्।’
8
“तिनीहरूलाई भन्: ‘कुनै इस्राएली अथवा तिनीहरूसित बस्ने कुनै परदेशी, जसले होमबलि अथवा बलिदान चढाउँछ,
9
अनि त्यसलाई याहवेहका निम्ति बलिदान गर्नलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउँदैन भने त्यो मानिसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्।’
10
“ ‘इस्राएलीहरू वा तिनीहरूसित बस्ने कुनै पनि परदेशी, जसले रगत खान्छ, म त्यो रगत खानेको विरोध गर्छु। अनि म त्यसलाई त्यसका मानिसहरूदेखि बहिष्कार गर्नेछु।
11
किनकि शरीरको प्राण त्यसको रगतमा हुन्छ। अनि मैले त्यो वेदीमा तिमीहरू आफ्नै प्रायश्चित गर्नु भनेर तिमीहरूलाई दिएको छु। रगतद्वारा नै कसैको प्राणको निम्ति प्रायश्चित गरिन्छ।
12
यसकारण म इस्राएलीहरूलाई भन्छु, “तिमीहरू कसैले पनि रगत नखानू, न त तिमीहरूबीच बसोबास गर्ने कुनै परदेशीले नै रगत खाओस्।”
13
“ ‘कुनै इस्राएली अथवा तिमीहरूबीच बसोबास गर्ने कुनै परदेशीले खान हुने कुनै पशु वा पक्षीको शिकार गर्यो भने त्यसले रगत निथारेर माटोले पुरोस्।
14
किनकि हरेक शरीरको प्राण त्यसको रगत हो। यसकारण मैले इस्राएलीहरूलाई भनेको छु, “तिमीहरूले कुनै प्राणीको पनि रगत नखानू; किनकि शरीरको प्राण त्यसको रगत हो। त्यो खाने सबैलाई बहिष्कार गरिनेछ।”
15
“ ‘स्वदेशमा जन्मेको अथवा परदेशमा, जसले आफैँ मरेर भेट्टाएको अथवा जङ्गली पशुहरूद्वारा फहराइएको जेसुकै पनि खान्छ भने त्यसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस्। अनि त्यो साँझसम्म विधिपूर्वक अशुद्ध हुनेछ। त्यसपछि त्यो शुद्ध हुनेछ।
16
तर यदि त्यसले आफ्ना लुगाहरू धोएन र नुहाएन भने त्यसलाई यसको परिणामको जिम्मेवार ठहराइनेछ।’ ”
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27