bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Leviticus 3
Leviticus 3
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 4 →
1
“ ‘यदि कसैले मेलबलि चढाउँछ भने, र यसको निम्ति बलि बथानबाट भाले वा पोथी पशु चढाउँछ भने त्यसले याहवेहको सामु निष्खोट पशु चढाओस्।
2
त्यसले आफ्नो बलिको शिरमाथि आफ्नो हात राखेर त्यसलाई समागम पालको प्रवेशद्वारमा मारोस्। त्यसपछि हारूनका पुजारी छोराहरूले वेदीको चारैतिर रगत छर्कून्।
3
त्यसले मेलबलिबाट याहवेहका निम्ति अग्निबलि चढाओस्। आन्द्राभुँडी ढाक्ने बोसो र आन्द्रामाथिको बोसो सबै ल्याओस्,
4
कम्मरनिरका दुवै मिर्गौला र ती नजिकको बोसो, कलेजोलाई छोपेको बोसो, जसलाई मिर्गौलाहरूसितै निकाल्नु।
5
त्यसपछि हारूनका छोराहरूले त्यसलाई वेदीमा होमबलिमाथि बल्दैगरेको दाउरामाथि जलाओस्। यो याहवेहलाई मनपर्ने बास्नाको अग्निबलि हो।
6
“ ‘यदि त्यसले याहवेहका निम्ति बगालबाट मेलबलिको रूपमा एउटा पशु चढाउँछ भने त्यसले निष्खोट भाले वा पोथी चढाओस्।
7
त्यसले बलिको लागि थुमा चढाउँछ भने याहवेहको सामु यस प्रकारले चढाओस्ः
8
त्यसले बलिको शिरमाथि आफ्नो हात राखेर त्यसलाई समागम पालको सामु मारोस्; हारूनका छोराहरूले त्यसको रगत वेदीका चारैतिर छर्कून्।
9
मेलबलिबाट त्यसले याहवेहका निम्ति अग्निबलि ल्याओस्: त्यसको बोसो, ढाडको छेउदेखि काटेको बोसे पुच्छरको सम्पूर्ण भाग, भित्री भागहरूलाई छोप्ने सबै बोसो र त्यससित जोडिएका बोसो,
10
कम्मरनिरको दुवै मिर्गौलासमेत त्यसका बोसो, र कलेजो छोप्ने भाग, जसलाई त्यसले मिर्गौलाहरूबाट छुट्याओस्।
11
पुजारीले यी सबैलाई वेदीमा अग्निबलिको रूपमा याहवेहका निम्ति जलाओस्।
12
“ ‘यदि त्यसको बलिचाहिँ बाख्रा हो भने त्यसले यो याहवेहको सामु चढाओस्।
13
त्यसले आफ्नो हात त्यसको टाउकोमाथि राखेर त्यसलाई समागम पालको सामु मारोस्। त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको चारैतिर छर्कून्।
14
त्यसले जे थोक चढाउँछ, त्यो भेटी याहवेहलाई अग्निबलिको रूपमा चढाओस्: भित्री अङ्गहरू र त्यससित गाँसिएका भागहरूलाई छोप्ने सबै बोसो,
15
कम्मरनिरको दुवै मिर्गौलासमेत त्यसका बोसो, र कलेजो छोप्ने भाग, जसलाई त्यसले मिर्गौलाहरूबाट छुट्याओस्।
16
पुजारीले तिनलाई अग्निबलिको रूपमा मनपर्ने बास्नाको रूपमा वेदीमा जलाओस्। सबै बोसो याहवेहकै हुन्।
17
“ ‘तिमीहरू जहाँ बसे तापनि आउने पुस्ताका लागि यो एउटा सधैँभरि रहिरहने विधि हो: तिमीहरूले कुनै बोसो अथवा रगत नखानू।’ ”
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27