bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Leviticus 26
Leviticus 26
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 27 →
1
“ ‘तिमीहरूले मूर्तिहरू नबनाउनू, अथवा कुनै आकृति अथवा चोखो ढुङ्गा आफ्नो निम्ति खडा नगर्नू। अनि तिमीहरूका देशमा ढुङ्गा खोपेर त्यसलाई राखेर दण्डवत् नगर्नू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
2
“ ‘मेरा शब्बाथहरू पालन गर्नू, र मेरो पवित्रस्थानलाई आदर गर्नू। म नै याहवेह हुँ।
3
“ ‘यदि तिमीहरू मेरा उर्दीअनुसार चल्यौ र मेरा आज्ञाहरू होशियारीसाथ पालन गर्यौ भने,
4
म तिमीहरूलाई ठिक समय वर्षा पठाउनेछु, र जमिनले उब्जनी दिनेछ। अनि खेतका रूखहरूले फल फलाउनेछन्।
5
अङ्गुरको कटनीसम्म तिमीहरू दाइँ गरिरहेका हुनेछौ; र बिउ छर्ने समयसम्म तिमीहरूले अङ्गुर टिपिरहेका हुनेछौ। अनि तिमीहरूले आफूले पेटभरि भोजन खानेछौ; र आफ्नो देशमा सुरक्षित रहनेछौ।
6
“ ‘म देशमा शान्ति दिनेछु; र तिमीहरू डरविना सुत्नेछौ। म देशबाट हिँस्रक पशुहरू हटाइदिनेछु र तिमीहरूको देशमा तरवार चल्नेछैन।
7
तिमीहरूले आफ्ना शत्रुहरूलाई खेद्नेछौ; र तिनीहरू तिमीहरूका सामु तरवारद्वारा ढालिनेछन्।
8
तिमीहरूका पाँच जनाले एक सय जनालाई लखेट्नेछन्; र तिमीहरूका एक सयले दश हजारलाई लखेट्नेछ। अनि तिमीहरूका शत्रुहरू तिमीहरूका सामु तरवारद्वारा ढालिनेछन्।
9
“ ‘म तिमीहरूलाई निगाहको दृष्टिले हेर्नेछु, र तिमीहरूलाई फलदायक बनाउनेछु। अनि तिमीहरूको संख्या वृद्धि गर्नेछु। मैले तिमीहरूसित गरेको करार पूरा गर्नेछु।
10
तिमीहरूले बितेको वर्षको उब्जनी खाइरहेका हुँदा नै त्यसलाई पर सारेर नयाँ उब्जनीको निम्ति ठाउँ बनाउनुपर्नेछ।
11
म आफ्नो वासस्थान तिमीहरूबीच राख्नेछु; र म तिमीहरूलाई घृणा गर्नेछैनँ।
12
म तिमीहरूको बीचमा हिँड्डुल गर्नेछु, र तिमीहरूका परमेश्वर हुनेछु। अनि तिमीहरू मेरा प्रजा हुनेछौ।
13
म याहवेह नै तिमीहरूका परमेश्वर हुँ। तिमीहरू इजिप्टियनहरूका दास हुन नपरोस् भनेर मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाडो पारेर हिँड्न योग्यको तुल्याएको छु।
14
“ ‘तर यदि तिमीहरूले मेरा कुरा सुनेनौ र यी सबै आज्ञापालन गरेनौ,
15
अनि यदि तिमीहरूले मेरा उर्दीहरू इन्कार गर्यौ र मेरा आज्ञाहरूलाई घृणा गर्यौ, र मेरा आज्ञाअनुसार चल्न असफल भयौ र यसरी मेरा करार भङ्ग गर्यौ भने,
16
म तिमीहरूमा अचानक आतङ्क, निको नहुने रोगहरू र ज्वरो फैलाउनेछु; जसले तिमीहरूका दृष्टिलाई नष्ट गरिदिनेछन्। अनि तिमीहरूका प्राणलाई शिथिल पार्नेछन्। तिमीहरू व्यर्थैमा रोप्नेछौ; किनकि ती तिमीहरूका शत्रुहरूले खानेछन्।
17
म आफ्नो अनुहार तिमीहरूका विरुद्धमा पार्नेछु। अनि तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ। तिमीहरूलाई घृणा गर्नेहरूले तिमीहरूमाथि शासन गर्नेछन्। कसैले नखेदे तापनि तिमीहरू भाग्नेछौ।
18
“ ‘यी सबै कुराहरू भइसकेपछि पनि यदि तिमीहरूले मेरा कुरा सुनेनौ भने म तिमीहरूलाई आफ्ना पापको लागि सात गुणा बढी दण्ड दिनेछु।
19
म तिमीहरूका हठीपूर्ण अभिमान चुर पार्नेछु। अनि तिमीहरूमाथि भएको आकाशलाई फलामझैँ र तिमीहरूमुनि भएको जमिनलाई काँसोझैँ बनाउनेछु।
20
तिमीहरूले व्यर्थमा परिश्रम गर्नेछौ; किनकि तिमीहरूका माटोले त्यसको उब्जनी दिनेछैन, न त तिमीहरूका जमिनका रूखहरूले आफ्नो फल दिनेछन्।
21
“ ‘यदि तिमीहरू मेरो विरोधी भइरह्यौ र मेरो कुरा सुन्न इन्कार गर्यौ भने म तिमीहरूका पापको योग्य तिमीहरूका कष्टहरू सात गुणा बढी बढाइदिनेछु।
22
म तिमीहरूका विरुद्धमा जङ्गली जनावरहरू पठाइदिनेछु; जसले तिमीहरूका सन्तानलाई खानेछन्। अनि तिमीहरूका गाईबस्तुहरूलाई सखाप पार्नेछन्। तिमीहरूको संख्या यति थोरै पार्नेछन् कि तिमीहरूका बाटा सुनसान हुनेछन्।
23
“ ‘यी सबै भइसकेपछि पनि यदि तिमीहरूले मेरो सुधारलाई ग्रहण गरेनौ र मेरो विरोधी भइरह्यौ भने,
24
म आफैँ तिमीहरूका विरुद्धमा हुनेछु। अनि तिमीहरूलाई आफ्ना पापको निम्ति सात गुणा बढी कष्ट दिनेछु।
25
म तिमीहरूमाथि तरवार ल्याउनेछु, र मेरो करार भङ्ग गरेको बदला लिनेछु। जब तिमीहरू आ-आफ्ना सहरमा जम्मा हुनेछौ, म त्यहाँ तिमीहरूका बीचमा महामारी पठाउनेछु। अनि तिमीहरू आफ्ना शत्रुहरूका हातमा पर्नेछौ।
26
जब म तिमीहरूका भोजन आपूर्तिलाई बन्द गरिदिनेछु, तब एउटै घरको चुलोमा दश घरका स्त्रीहरूले रोटी पकाउनेछन्, र नापी-नापी थोरै मात्रामा भाग लगाउनेछन्। तिमीहरूले खान त खानेछौ, तर तृप्त हुनेछैनौ।
27
“ ‘यदि यी सबै भएर पनि तिमीहरूले मेरा कुरा सुनेनौ, तर मेरो विरोधी भइरह्यौ भने,
28
म आफ्नो क्रोधमा तिमीहरूको विरोधमा हुनेछु। अनि म आफैँ तिमीहरूका पापहरूका लागि सात गुणा बढी दण्ड दिनेछु।
29
तिमीहरूले आफ्नै छोराहरूका मासु खानेछौ र आफ्नै छोरीहरूका मासु खानेछौ।
30
म तिमीहरूका अग्ला देवस्थानहरू भत्काउनेछु। तिमीहरूका धूपका वेदीहरू ढालिदिनेछु; अनि तिमीहरूका मृत शरीरलाई तिमीहरूका निर्जीव मूर्तिहरूमाथि थुप्रो लगाइदिनेछु। अनि म तिमीहरूलाई अति घृणा गर्नेछु।
31
म तिमीहरूका सहरहरूलाई उजाड पार्नेछु, र तिमीहरूका पवित्रस्थानहरूलाई शून्य पारिदिनेछु। अनि तिमीहरूले चढाएका बलिदानहरूका बास्नाले मलाई प्रसन्न पार्नेछैन।
32
म देशलाई उजाड पारिदिनेछु; र त्यहाँ बस्ने तिमीहरूका शत्रुहरू पनि छक्क पर्नेछन्।
33
मचाहिँ तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पारिदिनेछु। अनि नाङ्गो तरवार लिएर तिमीहरूलाई खेद्नेछु। तिमीहरूको देश सुनसान र तिमीहरूका सहरहरू उजाड हुनेछन्।
34
तब देशले त्यसका शब्बाथ वर्षहरू त्यस उजाड रहेको समयभरि र तिमीहरू आफ्ना शत्रुका देशमा हुँदाखेरि उपभोग गर्नेछ; तब देशले बिसाएर आफ्नो शब्बाथहरूका आनन्द लिनेछ।
35
आफू उजाड रहेको समयभरि देशले तिमीहरू त्यसमा बस्दा नपाएको शब्बाथ पाउनेछ।
36
“ ‘तिमीहरूमध्ये शत्रुको देशमा छोडिएका मानिसको हृदय म यति कमजोर पारिदिनेछु कि पात खसेको आवाज सुन्दा समेत तिनीहरू शत्रुबाट खेदिएझैँ भाग्नेछन्। शत्रुहरूका तरवारबाट भागेझैँ तिनीहरू भाग्नेछन्। कसैले नखेदे तापनि तिनीहरू लोट्नेछन्।
37
कसैले नखेदे तापनि तिनीहरू तरवारदेखि भागेझैँ एक-अर्कामाथि ठक्कर खाएर लोट्नेछन्। यसरी तिमीहरू आफ्ना शत्रुहरूका सामु खडा हुन सक्नेछैनौ।
38
तिमीहरू जातिहरूका बीचमा पतन हुनेछौ। तिमीहरूका शत्रुहरूका देशले तिमीहरूलाई निल्नेछ।
39
बाँकी रहेकाहरूचाहिँ शत्रुहरूका देशमा आफ्नै र आफ्ना पुर्खाहरूका अधर्मले गर्दा नष्ट भएर जानेछन्।
40
“ ‘तर यदि तिनीहरूले आफ्नै र आफ्ना पितापुर्खाका पाप, अर्थात् मेरो विरुद्धमा तिनीहरूले गरेका विश्वासघात र मप्रति देखाएका शत्रुताको व्यवहार स्वीकार गरे भने,
41
जसले गर्दा म तिनीहरूप्रति शत्रु भएँ; अनि मैले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका देशमा पठाएँ। यदि आफ्ना खतना नभएको हृदय नम्र तुल्याई आफ्ना पापका लागि सजाय भोगे भने,
42
याकोबसँग गरेको मेरो करार, इसहाकसँग गरेको मेरो करार र अब्राहामसँग गरेको मेरो करार, र म त्यस देशलाई पनि सम्झनेछु।
43
किनकि देश तिनीहरूद्वारा त्यागिनेछ। तिनीहरू नभएकाले देश उजाड भएको बेला त्यसले आफ्ना शब्बाथहरू उपभोग गर्नेछ। तिनीहरूले आफ्ना पापहरूका मूल्य चुकाउनुपर्नेछ; किनकि तिनीहरूले मेरा व्यवस्थाहरूलाई तिरस्कार गरे, र मेरा उर्दीहरूलाई घृणा गरे।
44
तर यी सबै भएर पनि तिनीहरू आफ्ना शत्रुहरूका देशमा हुँदा तिनीहरूसित मैले गरेको करार भङ्ग गरेर तिनीहरूलाई सम्पूर्ण तवरले नष्ट गर्ने हिसाबले म तिनीहरूलाई तिरस्कार गर्नेछैनँ; अनि घृणा गर्नेछैनँ। म याहवेह नै तिनीहरूका परमेश्वर हुँ।
45
तर म तिनीहरूका खातिर तिनीहरूका पुर्खाहरूसित बाँधेको करारलाई सम्झनेछु; जसलाई मैले जातिहरूका दृष्टिमा तिनीहरूका परमेश्वर हुनलाई इजिप्टबाट निकालेर ल्याएँ। म नै याहवेह हुँ।’ ”
46
याहवेहले सीनै पर्वतमा मोशाद्वारा आफ्नै र इस्राएलीहरूको बीचमा स्थापित गर्नुभएका उर्दीहरू, व्यवस्थाहरू र नियमहरू यिनै हुन्।
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 27 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27