bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Leviticus 22
Leviticus 22
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 23 →
1
याहवेहले मोशालाई भन्नुभयो,
2
“हारून र त्यसका छोराहरूलाई इस्राएलीहरूले मलाई अर्पण गरेका पवित्र बलिहरूप्रति आदरपूर्वक व्यवहार गर्न भन्नू। अनि तिनीहरूले मेरो नाम अपवित्र नतुल्याऊन्। म नै याहवेह हुँ।
3
“तिनीहरूलाई भन्: ‘पुस्तौँ-पुस्तासम्मका लागि यदि तिमीहरूका सन्तानमा कोही अशुद्ध छ, र पनि त्यो इस्राएलीहरूले याहवेहकहाँ चढाएका पवित्र भेटीहरूको नजिक आउँछ भने त्यस मानिसलाई मेरो उपस्थितिबाट अलग गर्नुपर्छ। म नै याहवेह हुँ।
4
“ ‘यदि हारूनको कुनै सन्तानको सरुवा छालारोग अथवा वीर्यपतन भएको छ भने शुद्ध नभएसम्म त्यसले पवित्र भेटीबाट नखाओस्। त्यसले लासद्वारा अथवा वीर्यपतन भएको कसैद्वारा अशुद्ध पारिएको केही छोयो भने पनि त्यो अशुद्ध हुनेछ,
5
अथवा त्यसले आफूलाई अशुद्ध पार्ने कुनै घस्रने जीवजन्तु छोयो भने अथवा त्यसलाई अशुद्ध पार्ने जस्तोसुकै अशुद्धता भएको कुनै मानिसलाई छोयो भने तापनि त्यो अशुद्ध हुनेछ।
6
जसले यी कुरामध्ये कुनै कुरा छोएको छ, साँझसम्म त्यो अशुद्ध रहनेछ। त्यसले आफूलाई पानीले ननुहाएसम्म कुनै पनि पवित्र भेटीहरू नखाओस्।
7
घाम डुबेपछि त्यो शुद्ध हुनेछ। अनि त्यसले पवित्र भेटीहरू खान सक्छ; किनकि ती त्यसकै भोजन हो।
8
त्यसले मरेर भेट्टाइएको कुनै कुरा अथवा पशुले फहराएको केही खाएर त्यसबाट अशुद्ध नहोस्। म नै याहवेह हुँ।
9
“ ‘पुजारीहरूले मेरो सेवा यस प्रकारले गरून् कि तिनीहरूले यसलाई घृणा गरेको कारण तिनीहरू दोषी भएर नमरून्। तिनीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।
10
“ ‘पुजारीको परिवार बाहिरको मानिस कसैले पनि पवित्र भेटीहरू नखाओस्; न त पुजारीको पाहुना अथवा ज्यालादारी मजदुरले त्यो खाओस्।
11
तर यदि कुनै पुजारीले आफ्नै पैसाले कुनै दास किन्यो, अथवा दासहरू त्यसको घरानामै जन्मेका हुन् भने ती दासहरूले त्यसको भोजन खान सक्छन्।
12
यदि कुनै पुजारीकी छोरीले पुजारीसँग नगरी अरूसँगै विवाह गरेकी छे भने त्यसले पवित्र भेटीको भाग नखाओस्।
13
तर यदि कुनै पुजारीकी छोरी विधवा भएकी अथवा त्यागिएकी छ, र त्यो सन्तानविहीन छे, र त्यो आफ्नो बुबाको घरमा बसेकी छे भने त्यसले आफ्ना बुबाको भोजन खान सक्छे। तरै पनि अधिकार नपाएको कुनै व्यक्तिले भने त्यसबाट केही खान सक्दैन।
14
“ ‘यदि कसैले भूलले पवित्र भेटी खाएमा त्यसले पुजारीलाई ती भेटीहरूका हर्जाना देओस्, र त्यसमाथि त्यसको मूल्यको पाँचौँ भाग थपेर देओस्।
15
इस्राएलीहरूले याहवेहलाई चढाएका पवित्र भेटीहरू पुजारीहरूले अपवित्र नपारून्।
16
तिनीहरूलाई खान दिएर अनि अपवित्र पारेर दण्ड भोग्नुपर्ने दोष तिनीहरूमाथि नल्याओस्। तिनीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।’ ”
17
याहवेहले मोशालाई भन्नुभयो,
18
“हारून, त्यसका छोराहरू र सारा इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरूमध्ये कोही, अर्थात् कुनै इस्राएली अथवा इस्राएलमा बस्ने परदेशीले भाकल पूरा गर्नलाई अथवा स्वेच्छापूर्वक भेटीस्वरूप याहवेहका निम्ति होमबलिका लागि कुनै भेटी चढाउँछ भने,
19
तिमीहरूले गाईबस्तुबाट, भेडा अथवा बाख्राबाट निष्खोट पाठा तिमीहरूको पक्षमा त्यो ग्रहणयोग्य होस् भनेर चढाउनू।
20
खोट भएका कुनै पनि पशु नल्याउनू। किनकि त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य हुनेछैन।
21
यदि कसैले आफ्नो विशेष भाकल पूरा गर्नलाई अथवा स्वेच्छापूर्वक मेलबलिस्वरूप याहवेहकहाँ बथान अथवा बगालबाट ल्याउँछ भने ग्रहणयोग्य हुनलाई त्यो पूर्ण र खोटरहित होस्।
22
याहवेहकहाँ आँखा नेदेख्ने, चोट लागेको अथवा अङ्ग-भङ्ग भएको, छालारोगी, कुहिएको, घाउ भएको अथवा आलो घाउ भएकाहरू नचढाउनू। यस्ता कुनैलाई पनि याहवेहकहाँ आगोद्वारा चढाइने बलिदानस्वरूप वेदीमाथि नराख्नू।
23
तरै पनि तिमीहरूले स्वेच्छापूर्वक भेटीस्वरूप अङ्ग-भङ्ग भएको र चोट लागेको गोरु अथवा भेडा चढाउन सक्छौ। तर भाकल पूरा गर्ने विषयमा त्यो ग्रहण हुनेछैन।
24
तिमीहरूले याहवेहकहाँ अण्डकोषमा चोट लागेको, थेप्चिएको, च्यात्तिएको अथवा काटिएको पशु चढाउनुहुँदैन। तिमीहरूले आफ्नै देशमा यस्तो गर्नुहुँदैन।
25
अनि तिमीहरूले यस्ता पशुहरू परदेशीको हातबाट ग्रहण गरेर तिनीहरूलाई आफ्ना परमेश्वरको भोजनस्वरूप नचढाउनू। ती तिमीहरूका पक्षमा ग्रहण गरिनेछैनन्; किनकि ती कुरूप र दोषसहित छन्।’ ”
26
याहवेहले मोशालाई भन्नुभयो,
27
“एउटा बाछा, थुमा अथवा बाख्रा जन्मँदा, त्यो त्यसकी आमासित सात दिनसम्म रहनुपर्छ। आठौँ दिनदेखि उसो त्यो याहवेहका निम्ति आगोद्वारा चढाइएको भेटीस्वरूप ग्रहण हुनेछ।
28
गाई अथवा भेडा र तिनीहरूका बच्चाहरू, दुवैलाई एकै दिन नमार्नू!
29
“तिमीहरूले आफ्ना धन्यवादको भेटी याहवेहका निम्ति बलिदान गर्दा त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य हुने गरी बलि चढाओ।
30
त्यो त्यही दिन खाइहाल्नू; त्यसको कुनै पनि कुरा बिहानसम्म नराख्नू। म नै याहवेह हुँ।
31
“मेरा आज्ञाहरू पालन गर्नू, र त्यसअनुसार चल्नू। म नै याहवेह हुँ।
32
मेरो पवित्र नामलाई अपवित्र नतुल्याउनू। म पवित्र छु भनी इस्राएलीहरूले स्वीकार गर्नैपर्छ। तिमीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।
33
अनि तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउने म नै हुँ; म नै याहवेह हुँ।”
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27