bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Leviticus 19
Leviticus 19
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 20 →
1
याहवेहले मोशालाई भन्नुभयो,
2
“इस्राएलका सारा समुदायसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरू पवित्र होओ; किनकि म याहवेह तिमीहरूका परमेश्वर पवित्र छु।
3
“ ‘तिमीहरू प्रत्येकले आफ्ना आमाबुबालाई आदर गर्नू, र तिमीहरूले मेरा शब्बाथहरूलाई पालन गर्नू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
4
“ ‘मूर्तिहरूतिर नफर्कनू वा धातुका आफ्ना निम्ति देवताहरू नबनाउनू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
5
“ ‘तिमीहरूले याहवेहको निम्ति आफ्ना मेलबलि चढाउँदा यस किसिमले चढाओ, कि त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य होस्।
6
त्यसलाई तिमीहरूद्वारा चढाएकै दिन अथवा भोलिपल्ट खाइयोस्। तेस्रो दिनसम्म केही थोक बाँकी रह्यो भने त्यो जलाइयोस्।
7
यदि त्यसबाट केही तेस्रो दिनमा खाइयो भने त्यो अशुद्ध हो; त्यो ग्रहण हुनेछैन।
8
त्यसलाई जसले खान्छ, त्यो जिम्मेवार हुनेछ। किनकि त्यसले जुन कुरा याहवेहको निम्ति पवित्र छ, त्यसलाई अपवित्र तुल्याएको छ। त्यो मानिस आफ्नो समुदायबाट बहिष्कार गरियोस्।
9
“ ‘तिमीहरूले आफ्नो जमिनबाट कटनी गर्दा त्यसको किनारसम्मै नकाट्नू, अथवा तिमीहरूका कटनीको सिलाबाला नबटुल्नू।
10
तिमीहरू आफ्नो दाखबारीमा दोस्रो पल्ट नजानू, अथवा झरेका अङ्गुर नटिप्नू। ती गरिबहरू र परदेशीहरूका निम्ति छोडिदिनू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
11
“ ‘तिमीहरूले चोरी नगर्नू। “ ‘तिमीहरूले झूट नबोल्नू। “ ‘तिमीहरू एक-अर्कालाई धोका नदिनू।
12
“ ‘तिमीहरूले मेरो नाममा झूटो शपथ खाएर आफ्ना परमेश्वरको नाम अपवित्र नतुल्याउनू। म नै याहवेह हुँ।
13
“ ‘तिमीहरूले आफ्ना छिमेकीलाई शोषण नगर्नू, अथवा नलुट्नू। “ ‘तिमीहरूका ज्यालादारी मानिसको ज्याला रातभरि रोकेर नराख्नू।
14
“ ‘तिमीहरूले सुन्न नसक्नेलाई नसराप्नू, अथवा दृष्टिविहीनको सामु ठेस लाग्ने कुरा नराख्नू; तर आफ्ना परमेश्वरको डर मान्नू। म नै याहवेह हुँ।
15
“ ‘तिमीहरूले न्याय नबिगार्नू। गरिबलाई पक्षपात नगर्नू; अनि धनीलाई विशेष कृपा नदेखाउनू। तर आफ्ना छिमेकीको न्याय ठिकसित गर्नू।
16
“ ‘आफ्ना मानिसहरूका बीचमा निन्दा नफैलाउनू। “ ‘आफ्ना छिमेकीको जीवन खतरामा पर्ने किसिमका कुनै पनि काम नगर्नू। म नै याहवेह हुँ।
17
“ ‘तिमीहरूका दाजुभाइलाई आफ्नो हृदयमा घृणा नगर्नू। बरु आफ्नो छिमेकीलाई खुल्लमखुल्ला हप्काउनू, ताकि त्यसको दोषमा तिमीहरूको कुनै भाग नहोस्।
18
“ ‘आफ्ना मानिसहरूका विरुद्धमा बदला नलिनू, अथवा डाह नगर्नू; तर आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू; म नै याहवेह हुँ।
19
“ ‘मेरा उर्दीहरू पालन गर्नू। “ ‘बेग्ला-बेग्लै जातिका पशुहरूलाई मेल नगराउनू। “ ‘आफ्नो जमिनमा दुई किसिमका बिउहरू नलगाउनू। “ ‘दुई किसिमका सामग्रीहरूले बनिएको वस्त्र नलगाउनू।
20
“ ‘मगनी भएकी, तर छुटकारा नपाएकी तथा स्वतन्त्र नभएकी कमारीसित कसैले सहवास गर्यो भने तिनीहरूलाई सजाय दिइयोस्। तिनीहरूलाई मार्नुचाहिँ हुँदैन। किनभने त्यो फुक्का भएकी थिइन।
21
तर त्यस मानिसले याहवेहका निम्ति दोषबलिस्वरूप भेट हुने पालको प्रवेशद्वारमा एउटा भेडा ल्याओस्।
22
त्यो भेडालाई लिएर पुजारीले त्यसको निम्ति त्यसले गरेको पापका लागि याहवेहको सामु प्रायश्चित गरोस्; अनि त्यसको पाप क्षमा गरिनेछ।
23
“ ‘जब तिमीहरू त्यस देशमा प्रवेश गर्छौ, तब त्यहाँ कुनै किसिमका फलको रूख रोपेपछि त्यसको फललाई खान नहुने ठान्नू। तीन वर्षसम्म तिमीहरूले त्यसलाई खान नहुने ठान्नू; त्यो खानुहुँदैन।
24
चौथो वर्षमा त्यसका सबै फलहरू पवित्र र याहवेहका निम्ति प्रशंसाको भेटी हुनेछ।
25
तर पाँचौँ वर्षमा त्यसको फल खान सकिन्छ। यस प्रकार तिमीहरूका फसलको वृद्धि हुनेछ। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
26
“ ‘कुनै मासु रगत भएको अवस्थामा नखानू। “ ‘तिमीहरूले जोखना हेर्ने र साइत हेर्ने कामहरू नगर्नू।
27
“ ‘तिमीहरूले आफ्नो कन्चटको कपाल नकाट्नू, न त आफ्नो दाह्रीका किनारहरू छाँट्नू।
28
“ ‘तिमीहरूले मरेकाहरूका निम्ति आफ्ना शरीरलाई नकाट्नू, अथवा आफूमाथि खोपेर छापहरू नबनाउनू। म नै याहवेह हुँ।
29
“ ‘तिमीहरूले आफ्ना छोरीहरूलाई वेश्या बनाएर तिनीहरूको स्तर नघटाइदिनू; नत्रता देश नै वेश्यावृत्तिमा लागेर दुष्टताले भरिनेछ।
30
“ ‘मेरा शब्बाथहरू पालन गर्नू, र मेरो पवित्रस्थानलाई आदर गर्नू। म नै याहवेह हुँ।
31
“ ‘तन्त्रमन्त्र गर्नेहरूतिर ध्यान नदिनू, न त तिनीहरूलाई खोज्नू। किनकि तिनीहरूद्वारा तिमीहरू अपवित्र तुल्याइनेछौ। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
32
“ ‘बुढापाकाहरूका सम्मानमा उठ्नू र वृद्धहरूप्रति आदर देखाउनू। अनि तिमीहरूका परमेश्वरको भय मान्नू। म नै याहवेह हुँ।
33
“ ‘जब कुनै परदेशी तिमीहरूको देशमा तिमीहरूसित बसोबास गर्छ, तब त्यससित नराम्रो व्यवहार नगर्नू।
34
तिमीहरूसित बस्ने परदेशीलाई स्वदेशमा जन्मेकालाई झैँ व्यवहार गर्नुपर्छ। त्यसलाई आफूलाई झैँ प्रेम गर्नू। किनकि तिमीहरू पनि इजिप्टमा परदेशी थियौ। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
35
“ ‘तिमीहरूले नाप्दा, जोख्दा र भर्दा छल नगर्नू।
36
ठिक तराजु, ठिक ढक, ठिक एपा र ठिक हिन चलाउनू। तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउने म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
37
“ ‘तिमीहरूले मेरा सबै उर्दी र मेरा सबै व्यवस्थाहरू मान्नू; र ती पालन गर्नू। म नै याहवेह हुँ।’ ”
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27