bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Leviticus 25
Leviticus 25
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 26 →
1
याहवेहले मोशालाई सीनै पर्वतमा भन्नुभयो,
2
“इस्राएलीहरूसित कुरा गर्, र तिनीहरूलाई भन्: ‘मैले तिमीहरूलाई दिन लागेको देशमा जब तिमीहरू प्रवेश गर्छौ, तब त्यस देशले पनि याहवेहका निम्ति शब्बाथ पालन गर्नुपर्छ।
3
छ वर्ष तिमीहरूका जमिन रोप्नू, र दाखबारी छिँवल्नु; अनि अन्नबाली बटुल्नू।
4
तर सातौँ वर्षमा त्यस जमिनले शब्बाथ विश्राम—याहवेहका निम्ति शब्बाथ पाओस्। जमिनमा बिउ छर्ने काम र दाखबारी छिँवल्ने काम नगर्नू।
5
त्यसमा आफैँ उब्जेका कुराहरूको कटनी नगर्नू, अथवा तिमीहरूले स्याहार नगरेका अङ्गुरको कटनी नगर्नू। त्यस जमिनले विश्राम वर्ष पाओस्।
6
शब्बाथ वर्षमा जमिनले जे उब्जाउँछ, त्यो तिमीहरूका आफ्नै लागि, तिमीहरूका सेवक-सेविका, र ज्यालादारी मजदुर र तिमीहरूसित केही समयका लागि बसोबास गर्ने प्रवासीहरू;
7
साथसाथै तिमीहरूका गाईबस्तु र तिमीहरूका जमिनमा भएका जङ्गली पशुहरूका निम्ति भोजन हुनेछ। जमिनले जे उब्जाउँछ, त्यो खाए हुन्छ।
8
“ ‘सात शब्बाथ वर्षहरू गन्नू—सात गुणा सात वर्षहरू; ताकि यी सात शब्बाथ वर्ष उनन्चास वर्ष होऊन्।
9
त्यसपछि सातौँ महिनाको दशौँ दिन चारैतिर तुरही फुक्न लगाउनू। प्रायश्चितको दिन तिमीहरूको सारा देशभरि तुरही फुक्न लगाउनू।
10
पचासौँ वर्षलाई पवित्र मानेर देशभरिका बासिन्दाहरूलाई स्वतन्त्रताको घोषणा गर्नू। यो तिमीहरूका निम्ति उत्सव वर्ष हुनेछ। प्रत्येक आफ्नो पैतृक सम्पत्तितिर र आफ्नो परिवारमा फर्किजान सक्नेछौ।
11
पचासौँ वर्ष तिमीहरूका निम्ति उत्सव वर्ष हुनेछ। त्यस वर्ष बिउ नछर्नू। अनि आफैँ उब्जेका फसलको कटनी नगर्नू वा हेरचाह नगरिएका अङ्गुरको कटनी नगर्नू।
12
किनकि यो उत्सव वर्ष हो; तिमीहरूका निम्ति यो पवित्र हुनुपर्छ; जमिनबाट सीधै ल्याइएको मात्र खानू।
13
“ ‘त्यस उत्सव वर्षमा हरेक मानिस आफ्नै पैतृक सम्पत्तितिर फर्केर जानुपर्छ।
14
“ ‘यदि तिमीहरूले आफ्नै देशवासीहरूमध्ये कसैलाई आफ्नो जमिन बेच्यौ, अथवा त्यसबाट किन्यौ भने आपसमा फाइदा नउठाऊनू।
15
पचासौँ वर्षको पछिका वर्षहरू हिसाब गरेर तिमीहरूले आफ्ना मानिससित किन्नू; र बाँकी वर्षको उब्जनीको हिसाब गरेर त्यसले तिमीहरूलाई बेचोस्।
16
यदि वर्षहरू धेरै छन् भने तिमीहरूले दाम बढाउनू। अनि वर्षहरू थोरै छन् भने तिमीहरूले दाम घटाउनू; किनकि त्यसले जे बेच्दैछ, त्यो बालीको उब्जनीका वर्षहरूको संख्याअनुसार बेचेको हो।
17
एक-आपसमा फाइदा नउठाऊनू; तर आफ्ना परमेश्वरको डर मान्नू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
18
“ ‘मेरा उर्दीहरू मान्नू र मेरा व्यवस्थाहरू होशियारीसाथ पालन गर्नू; तब तिमीहरू यस देशमा सुरक्षित रहनेछौ।
19
तब देशले प्रशस्त फल दिनेछ, र तिमीहरू पर्याप्त खानेछौ। अनि त्यसमा सुरक्षित भएर रहनेछौ।
20
तिमीहरूले सोध्न सक्छौ, “यदि हामीले रोपेनौँ र अन्नको कटनी गरेनौँ भने सातौँ वर्षमा हामीले के खाने त?”
21
छैटौँ वर्षमा म यस्तो आशिष् पठाउनेछु, कि जमिनले तीन वर्षसम्म पुग्ने प्रशस्त उब्जनी दिनेछ।
22
तिमीहरूले आठौँ वर्षमा रोप्दा पुरानै अन्न खानेछौ, र नवौँ वर्षको कटनी नभएसम्म त्यसबाट खाइरहनेछौ।
23
“ ‘जमिन सधैँको निम्ति बेच्नुहुँदैन। किनकि जमिन मेरो हो र तिमीहरू परदेशी र प्रवासीहरू मात्र हौ।
24
तिमीहरूले अधिकार गरेको देशभरि जमिनको छुटकाराको मोलको प्रबन्ध गर्नुपर्छ।
25
“ ‘यदि तिमीहरूका देशवासीहरूमध्ये कोही गरिब भएर जग्गाजमिन बेचेको छ भने, र त्यसको सबैभन्दा नजिकको नातेदारले आएर आफ्नो नातेदारले जे बेचेको छ, त्यसलाई छुटाउनुपर्छ।
26
तरै पनि कुनै मानिसको त्यसलाई आफ्ना निम्ति छुटाइदिने नातेदार छैन, र त्यसले आफूले उन्नति गरेर त्यसलाई छुटाउने पर्याप्त साधन जुटायो भने,
27
त्यसले आफूले बेचेको समयदेखिका वर्षहरूको मूल्य ठहराओस्। अनि जुन मानिसलाई त्यो बेचिएको छ, त्यसलाई बाँकी रकम फर्काइदेओस्; तब त्यो आफ्नो सम्पत्तितिर फर्केर जान सक्छ।
28
तर यदि त्यसले उसलाई तिर्ने साधन जुटाउन सकेन भने पचासौँ वर्षको उत्सवसम्म किन्ने मानिसकै हातमा त्यो जमिन रहनेछ। अनि पचासौँ वर्षको उत्सवमा त्यो फिर्ता गरियोस्। त्यसपछि त्यो मानिसचाहिँ आफ्नो सम्पत्तिमा फर्केर जान सक्छ।
29
“ ‘कसैले पर्खाल लगाएको सहरभित्र भएको आफ्नो घर बेच्यो भने बेचेको एक वर्षभित्र त्यो छुटाउन पाउनेछ। त्यसलाई यो अधिकार पूरा एक वर्षसम्म हुन्छ।
30
यदि पूरा एक वर्षभित्र त्यो छुटाउन सकिएन भने किन्ने र त्यसका भावी सन्तानका निम्ति त्यो पर्खाल सहरभित्र भएको घर स्थायी सम्पत्ति बनोस्। पचासौँ वर्षको उत्सवमा पनि त्यो फिर्ता हुनेछैन।
31
तर पर्खालले नघेरिएका गाउँका घरहरूचाहिँ खुला जमिनसरह ठान्नू। ती छुटाउन सकिन्छ, र पचासौँ वर्षको उत्सवमा फिर्ता गरिनुपर्छ।
32
“ ‘लेवीहरूका अधिकारका आफ्नै नगरहरूमा भएका घरहरूचाहिँ तिनीहरूले जुनसुकै बेला पनि छुटाउन सक्छन्।
33
यसरी लेवीहरूका सम्पत्ति तिनीहरूका अधीनमा भएको सहरमा भएको बेचिएको घर फिर्ता लिन सकिन्छ। अनि त्यो पचासौँ वर्षको उत्सवमा फर्काइनुपर्छ; किनकि लेवीका सहरहरूमा भएका घरहरू इस्राएलीहरू बीचमा तिनीहरूका सम्पत्ति हुन्।
34
तर तिनीहरूका सहरहरूमा भएका खर्क नबेचियोस्; त्यो तिनीहरूको स्थायी सम्पत्ति हो।
35
“ ‘यदि तिमीहरूका देशवासीहरूमध्ये कोही गरिब भएको छ, र त्यसले तिमीहरूबीच आफ्नो जीविका निर्वाह गर्न असमर्थ भयो भने तिमीहरूले परदेशी र अपरिचितलाई जसरी सहायता गर्नेथियौ, त्यसरी नै तिनीहरूलाई पनि सहायता गर्नू। अनि ती तिमीहरूसित बसिरहन पाऊन्।
36
तिनीहरूबाट कुनै किसिमको ब्याज वा लाभ नलिनू। तर आफ्ना परमेश्वरको डर मान्नू; र तिमीहरूका दाजुभाइ तिमीहरूसित बसोबास गर्न पाऊन्।
37
तिमीहरूले तिनीहरूलाई ब्याजमा ऋण नदिनू, अथवा नाफा गरेर तिनीहरूलाई भोजन नबेच्नू।
38
म याहवेह नै तिमीहरूका परमेश्वर हुँ; जसले तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ।
39
“ ‘यदि तिमीहरूका इस्राएली दाजुभाइ गरिब भएर आफूलाई तिमीहरूका हातमा बेचे भने तिनीहरूलाई दासझैँ काममा नलगाउनू।
40
तिनीहरू ज्यालामा काम गर्ने नोकर अथवा प्रवासीजस्तै भएर तिमीसँग बसून्। अनि पचासौँ वर्षको उत्सवसम्म तिमीहरूसँग बसी तिनीहरूले तिमीहरूका काम गरून्।
41
त्यसपछि तिनीहरू र तिनीहरूका छोराछोरीहरूलाई छाडिदिनुपर्छ। अनि तिनीहरू आफ्नै घराना र तिनीहरूका पितापुर्खाहरूका सम्पत्तितिर जाऊन्।
42
इस्राएलीहरू इजिप्टबाट ल्याएका मेरै सेवकहरू हुन्; तिनीहरू दासहरूझैँ बेचिनुहुँदैन।
43
तिनीहरूमाथि निर्ममतापूर्वक शासन नगर्नू, तर तिमीहरूका परमेश्वरको डर मान्नू।
44
“ ‘तिमीहरूका सेवक-सेविकाहरू तिमीहरूका चारैतिरका राष्ट्रहरूबाट किन्न सक्छौ।
45
तिमीहरूका बीचमा अस्थायी बास बसेका परदेशी र तिमीहरूका देशमा जन्मेका तिनीहरूका परिवारका सदस्यहरूलाई पनि किन्न सक्छौ। अनि तिनीहरू तिमीहरूका सम्पत्ति हुनेछन्।
46
तिमीहरूले तिनीहरूलाई आफ्ना छोराछोरीहरूका निम्ति पैतृक अधिकारस्वरूप इच्छापत्र गरेर दिन सक्छौ। अनि तिनीहरूलाई जीवन पर्यान्त कमारा-कमारी बनाउन सक्छौ। तर तिमीहरूले आफ्ना सङ्गी इस्राएलीहरूलाई निर्ममतापूर्वक व्यवहार नगर्नू।
47
“ ‘यदि तिमीहरूका बीचमा भएको परदेशी धनी भयो भने, र तिमीहरूका देशवासीमध्ये कोही गरिब भएर तिनीहरूले आफूलाई तिमीहरूका बीचमा भएको परदेशी अथवा त्यस परदेशीको आफन्तको हातमा बेच्यो भने,
48
तिनीहरूले आफूलाई बेचेपछि छुटकाराको अधिकार आफूसँग राखेका हुन्छन्। तिनीहरूका कुनै आफन्तले तिनीहरूलाई छुटाउन सक्छन्।
49
काका अथवा दाजुभाइ पर्ने अथवा त्यसका घरानाका कुनै रगतको साइनो पर्नेले त्यसलाई छुटाउन सक्छ। अथवा यदि त्यसले उन्नति गर्यो भने आफैँलाई छुटाउन सक्छ।
50
त्यसले र त्यसलाई किन्नेले तिनीहरूले आफूलाई बेचेको समयदेखि पचासौँ वर्षको उत्सवसम्म गनून्। त्यसको छुटकाराको मूल्य त्यतिका वर्षहरूसम्म एक ज्यालादार मानिसलाई दिइने दरको आधारमा हुनुपर्छ।
51
यदि अझ धेरै वर्ष रहेको छ भने तिनीहरूले आफ्नो छुटकाराका लागि आफ्नो मूल्यको ठूलो भाग तिर्नुपर्छ।
52
यदि पचासौँ वर्षको उत्सव आउन केही वर्ष मात्र रहेको छ भने त्यसले त्यो गनोस्। अनि आफ्नो छुटकाराको मोल त्यस किसिमले नै तिरोस्।
53
त्यसलाई हरेक वर्ष ज्यालामा लिएको मानिसझैँ ठानियोस्। त्यसका मालिकले त्यसलाई निर्दयतापूर्वक व्यवहार नगरोस् भनी तिमीहरूले याद राख्नू।
54
“ ‘यदि त्यसको छुटकारा यी कुनै पनि तरिकाले भएन भने त्यो र त्यसका छोराछोरीहरूको छुटकारा पचासौँ वर्षको उत्सवमा हुनुपर्छ;
55
किनकि इस्राएलीहरू मेरा सेवकहरू हुन्। तिनीहरू मेरा सेवकहरू हुन्, जसलाई मैले इजिप्टबाट निकालेर ल्याएँ। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 26 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27