bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Leviticus 20
Leviticus 20
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 21 →
1
याहवेहले मोशालाई भन्नुभयो,
2
“इस्राएलीहरूलाई भन्: ‘आफ्ना छोराछोरीहरू मोलेखलाई चढाउने कुनै इस्राएली अथवा इस्राएलमा बस्ने कुनै पनि परदेशी मारिनुपर्छ। समुदायका मानिसहरूले त्यसलाई ढुङ्गाले हानून्।
3
म आफ्नो अनुहार त्यस मानिसको विरुद्धमा पार्नेछु। अनि म त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गर्नेछु; किनकि त्यसले आफ्ना छोराछोरीहरू मोलेखलाई दिएर मेरो पवित्रस्थान बिटुलो पारेको छ। अनि मेरो पवित्र नामलाई अपवित्र तुल्याएको छ।
4
यदि समुदायका मानिसहरूले कुनै मानिसले आफ्ना छोराछोरीहरू मोलेख देवतालाई बलि चढाउँदा नदेखेझैँ गरे, र त्यसलाई मारेनन् भने,
5
म आफ्नो अनुहार त्यस मानिस र त्यसको परिवारको विरुद्धमा पार्नेछु। अनि म त्यसलाई र आफैँलाई मोलेखसित व्यभिचार गर्न त्यसको पछि-पछि लाग्ने सबैलाई तिनीहरूका मानिसदेखि बहिष्कार गर्नेछु।
6
“ ‘जो व्यक्ति जोखना हेर्नेहरू र तन्त्रमन्त्र गर्नेहरूका पछि लागेर आफैँलाई वेश्यावृत्तिमा लगाउँछ, त्यसदेखि म आफ्नो अनुहार लुकाउनेछु। अनि म त्यसलाई त्यसका मानिसहरूको बीचबाट बहिष्कार गर्नेछु।
7
“ ‘यसकारण आफैँलाई अर्पण गरेर पवित्र होओ। किनकि म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
8
मेरा उर्दीहरू पालन गर्नू; अनि तिनैलाई अनुसरण गर्नू। तिमीहरूलाई पवित्र पार्ने याहवेह म नै हुँ।
9
“ ‘यदि कसैले आफ्ना बुबालाई अथवा आमालाई सराप्छ भने त्यो मारियोस्। किनकि त्यसले आफ्नो बुबा वा आमालाई सरापेको छ; अनि त्यसको रगत त्यसकै शिरमाथि परोस्।
10
“ ‘यदि कुनै मानिसले आफ्नो छिमेकीको पत्नीसित व्यभिचार गर्छ भने त्यो व्यभिचारी र व्यभिचारिणी दुवै मारियोस्।
11
“ ‘यदि कुनै मानिसले आफ्नो बुबाको पत्नीसित सहवास गर्यो भने त्यसले आफ्नो बुबाको अपमान गरेको छ। त्यो मानिस र स्त्री दुवै मारियोस्। तिनीहरूका रगत तिनीहरूकै आफ्नै शिरमाथि परोस्।
12
“ ‘यदि कुनै मानिसले आफ्नी बुहारीसित सहवास गर्यो भने ती दुवै मारिऊन्। तिनीहरूले जे गरेका छन्, त्यो अभद्र व्यवहार हो। तिनीहरूका रगत तिनीहरूकै शिरमाथि परोस्।
13
“ ‘यदि कुनै मानिसले स्त्रीसँग सहवास गरेझैँ कुनै पुरुषसित सहवास गर्यो भने त्यो घृणित काम हो; तिनीहरू मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्।
14
“ ‘यदि कुनै मानिसले आमा र छोरी दुवैलाई विवाह गर्छ भने त्यो दुष्टता हो। त्यसलाई ती दुवैसँग आगोमा जलाइनुपर्छ, ताकि तिमीहरूका बीचमा कुनै दुष्टता नरहोस्।
15
“ ‘यदि कुनै मानिसले पशुसित सहवास गरेको छ भने त्यो मारियोस्। अनि तिमीहरूले त्यस पशुलाई पनि मार्नैपर्छ।
16
“ ‘यदि कुनै स्त्री सहवासको निम्ति कुनै पशुकहाँ जान्छे भने त्यो स्त्री र पशु दुवै मारिनैपर्छ। निश्चय नै तिनीहरू मारिनैपर्छ। तिनीहरूका रगत तिनीहरूकै शिरमाथि परोस्।
17
“ ‘यदि कुनै मानिसले आफ्नी बहिनी अर्थात् आफ्नो बुबा वा आमाकी छोरीलाई विवाह गर्छ र त्यससित सहवास गर्छ भने त्यो अपराध हो। त्यो आफ्ना मानिसहरूका दृष्टिमा बहिष्कृत हुनैपर्छ। त्यसले आफ्नी बहिनीको अपमान गरेको छ, र त्यो जिम्मेवार ठहराइनेछ।
18
“ ‘यदि कुनै मानिसले स्त्रीसित त्यसको रजस्वलाको समयमा सहवास गर्यो भने त्यसले उसको रक्तस्रावको मूललाई उदाङ्गो बनाएको छ। अनि त्यसले पनि त्यो खोलिदिएकी छे। ती दुवै आफ्ना मानिसहरूबाट बहिष्कृत हुनुपर्छ।
19
“ ‘आफ्नी आमाकी अथवा बुबाकी दिदीबहिनीसित सहवास नगर्नू। किनकि त्यसद्वारा आफ्नो नजिकको नातेदारको अपमान हुनेछ। तिमीहरू दुवै त्यसको जिम्मेवार हुनेछौ।
20
“ ‘यदि कुनै मानिसले आफ्नी काकी अथवा ठूली आमासित सहवास गर्यो भने त्यसले काका अथवा ठूलो बुबाको अपमान गर्छ। तिनीहरू त्यस पापको जिम्मेवार हुनेछन्; र तिनीहरू निःसन्तान भई मर्नेछन्।
21
“ ‘यदि कुनै मानिसले आफ्नो दाजु वा भाइकी पत्नीलाई विवाह गर्यो भने त्यो अशुद्ध काम हो। त्यसले आफ्ना दाजुभाइको अपमान गरेको छ। तिनीहरू निःसन्तान हुनेछन्।
22
“ ‘मेरा सबै उर्दीहरू र नियमहरू पालन गरेर त्यसको अनुसरण गर्नू, ताकि मैले तिमीहरूलाई बसोबास गर्न जुन ठाउँमा लैजाँदैछु, त्यसले तिमीहरूलाई नत्यागोस् ।
23
मैले तिमीहरूको सामुबाट धपाइदिन लागेको जातिहरूका रीतिअनुसार नचल्नू। यसैकारण मैले तिनीहरूलाई घृणा गरेँ।
24
तर मैले तिमीहरूलाई भनेको छु, “तिमीहरूले तिनीहरूको देश अधिकार गर्न पाउनेछौ। म त्यसलाई अर्थात् दूध र मह बग्ने देशलाई अधिकारस्वरूप तिमीहरूलाई दिनेछु।” म याहवेह नै तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेको छु।
25
“ ‘यसकारण तिमीहरूले शुद्ध र अशुद्ध पशुहरूको बीचमा अनि शुद्ध र अशुद्ध पक्षीहरूको बीचमा भिन्नता राख्नुपर्छ। जमिनमा हिँड्ने र मैले तिमीहरूका निम्ति अशुद्ध भनी अलग गरेको जुनसुकै पशु अथवा पक्षी—केही कुराद्वारा तिमीहरूले आफूलाई अशुद्ध नतुल्याउनू।
26
तिमीहरू पवित्र हुनैपर्छ। किनकि म याहवेह पवित्र छु। मैले तिमीहरूलाई मेरा आफ्नै बनाउनलाई अरू जातिहरूबाट अलग पारेको छु।
27
“ ‘तिमीहरूका बीचमा भएको कुनै पुरुष अथवा स्त्रीले तन्त्रमन्त्र गर्नेझैँ मध्यस्थको अथवा तन्त्रमन्त्रको काम गर्यो भने त्यो मारिनैपर्छ। तिमीहरूले तिनीहरूलाई ढुङ्गाले हिर्काएर मार्नू। तिनीहरूको रगत तिनीहरूका आफ्नै शिरमाथि परोस्।’ ”
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27