bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Numbers 1
Numbers 1
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 2 →
1
14 इस्राएलीहरू इजिप्टबाट निस्किएर आएको दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा, सीनैको उजाडस्थानमा भेट हुने पालमा याहवेह मोशासँग बोल्नुभयो र उहाँले भन्नुभयो,
2
“सारा इस्राएलीहरूको समुदायलाई तिनीहरूका वंश र परिवारअनुसार हरेकको नामअनुसार एक-एक गरी सूची बनाएर जनगणना गर्।
3
तैँले र हारूनले तिनीहरूका दलअनुसार बीस वर्ष अथवा त्यसभन्दा माथिका लडाइँमा जान सक्ने सबै पुरुषहरूलाई गन्ती गर्नुपर्नेछ।
4
हरेक कुलबाट एक-एक जना, प्रत्येक परिवारको एक-एक जना मुखियाले तिमीहरूलाई सहयोग गरून्।”
5
तिमीहरूलाई सहयोग गर्ने पुरुषहरूका नाम यिनै हुन्: “रूबेनको कुलबाट शदेऊरको छोरा एलिसूर;
6
शिमियोनको कुलबाट सूरीशद्दैको छोरा शलूमीएल;
7
यहूदाको कुलबाट अम्मीनादाबको छोरा नहशोन;
8
इस्साखारको कुलबाट सूआरको छोरा नथनिएल;
9
जबूलूनको कुलबाट हेलोनको छोरा एलिआब;
10
योसेफका छोराहरूबाट: अर्थात् एफ्राइमको कुलबाट अम्मीहूदको छोरा एलिशामा; मनश्शेको कुलबाट पदासूरको छोरा गमलिएल;
11
बेन्यामीनको कुलबाट गिदोनीको छोरा अबीदान;
12
दानको कुलबाट अम्मीशद्दैको छोरा अहीएजेर;
13
आशेरको कुलबाट ओक्रानको छोरा पगीएल;
14
गादको कुलबाट देउएलको छोरो एल्यासाप;
15
नप्तालीको कुलबाट एनानको छोरा अहीरा।”
16
यी पुरुषहरू समुदायबाट नियुक्त भएका थिए; तिनीहरू कुलका पुर्ख्यौली अगुवाहरू थिए। तिनीहरू इस्राएली वंशहरूका मुखियाहरू थिए।
17
माथि नाम उल्लेख गरिएका यी पुरुषहरूलाई मोशा र हारूनले लिए;
18
र तिनीहरूले दोस्रो महिनाको पहिलो दिनमा सारा समुदायलाई एकसाथ भेला गराए। ती मानिसहरूले आफ्ना वंश र परिवारअनुसार आफ्ना पुर्ख्यौली सूची दर्ता गराए। बीस वर्ष अर्थात् त्यसभन्दा धेरै उमेर भएका मानिसहरू एक-एक गरी तिनीहरूका नामअनुसार दर्ता गराए।
19
याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशाले सीनैको उजाडस्थानमा तिनीहरूको जनगणना गरे:
20
इस्राएलको जेठा छोरा रूबेनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूको नाम एक-एक गरी दर्ता गरियो।
21
रूबेनको कुलको संख्या 46,500 थियो।
22
शिमियोनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
23
शिमियोन कुलको संख्या 59,300 थियो।
24
गादको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
25
गाद कुलको संख्या 45,650 थियो।
26
यहूदाको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
27
यहूदा कुलको संख्या 74,600 थियो।
28
इस्साखारको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
29
इस्साखारको कुलको संख्या 74,600 थियो।
30
जबूलूनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
31
जबूलून कुलको संख्या 57,400 थियो।
32
योसेफका छोराहरूबाट: एफ्राइमका कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
33
एफ्राइम कुलको 40,500 थियो।
34
मनश्शेको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
35
मनश्शे कुलको संख्या 32,200 थियो।
36
बेन्यामीनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
37
बेन्यामीन कुलको संख्या 35,400 थियो।
38
दानको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
39
दान कुलको संख्या 62,700 थियो।
40
आशेरको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
41
आशेर कुलको संख्या 41,500 थियो।
42
नप्तालीको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
43
नप्ताली कुलको संख्या 53,400 थियो।
44
मोशा, हारून र इस्राएलका बाह्र जना अगुवाहरू हरेकले आफ्ना परिवारको प्रतिनिधित्व गरी गन्ती गरेका पुरुषहरू यिनै थिए।
45
बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती भई सेवा गर्न सक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार इस्राएलीहरूको गणना गरियो।
46
तिनीहरूका जम्मा संख्या 6,03,550 थियो।
47
लेवीहरूको पुर्ख्यौली कुललाई चाहिँ अरू कुलहरूसँग गनिएन।
48
याहवेहले मोशालाई भन्नुभएको थियो:
49
“तैँले लेवीहरूको कुललाई गन्ती नगर्नू अर्थात् गणनामा अरू इस्राएलीहरूसँग सामेल नगर्नू।
50
त्यसको सट्टामा लेवीहरूको कुललाई साक्षी पाटीको समागम पालको जिम्मेवारी दिनू; अर्थात् त्यसमा भएका सबै सरसामानहरू र हरेक कुराहरूमाथि जिम्मावाल नियुक्त गर्नू। तिनीहरूले समागम पाल र त्यसका सबै सरसामानहरू बोकून्; तिनीहरूले त्यसको रेखदेख गरून्, र त्यसको चारैतिर छाउनी हालेर बसून्।
51
जब समागम पाललाई सार्नुपर्ने हुन्छ, तब लेवीहरूले त्यसलाई तल झारून्, र त्यो समागम पाल नयाँ ठाउँमा खडा गर्दा लेवीहरूले नै खडा गरून्। यदि कुनै व्यक्ति त्यसको नजिक गयो भने त्यो मारिनेछ।
52
इस्राएलीहरूले आफ्नो दलअनुसार पाल टाँगून्। हरेकले आ-आफ्ना झण्डामुनि छाउनीहरू खडा गरून्।
53
तर लेवीहरूले चाहिँ इस्राएली समुदायमाथि मेरो क्रोध नपरोस् भनेर समागम पालको साक्षी पाटीको वरिपरि आफ्ना पालहरू खडा गरून्। लेवीहरूचाहिँ समागम पालको साक्षी पाटीको हेरचाहका लागि जिम्मेवार रहनेछन्।”
54
इस्राएलीहरूले यी सबै कुराहरू याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार सबै गरे।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36