bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Numbers 7
Numbers 7
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 8 →
1
जब मोशाले समागम पाल खडा गरिसिद्ध्याए, तब तिनले त्यो स्थान र त्यसमा भएका सबै सरसामानहरूलाई अभिषेक गरेर पवित्र तुल्याए। तिनले वेदी र त्यसमा भएका सबै भाँडाहरूलाई पनि अभिषेक गरेर पवित्र तुल्याए।
2
त्यसपछि इस्राएलका अगुवाहरू, परिवारहरूका छानिएका कुल नायकहरूले भेटीहरू चढाए।
3
तिनीहरूले याहवेहको सामु आफ्ना उपहारस्वरूप छ वटा छोपिएका गाडाहरू र बाह्र वटा गोरुहरू; हरेक एक अगुवाबाट एउटा गोरु र दुई अगुवाहरूबाट एउटा गाडाको हिसाबमा ल्याए। तिनीहरूले ती सबै थोकहरू समागम पालको सामु प्रस्तुत गरे।
4
याहवेहले मोशालाई भन्नुभयो,
5
“ती उपहारहरूलाई भेट हुने पालको काममा प्रयोग गर्नका निम्ति तिनीहरूबाट ग्रहण गर्। ती हरेक मानिसको काममा चाहिएअनुसार लेवीहरूलाई दे।”
6
यसकारण मोशाले ती गाडाहरू र गोरुहरू लिएर लेवीहरूलाई दिए।
7
गेर्शोनीहरूलाई तिनीहरूको कामको खाँचोअनुसार पुजारीले दुई वटा गाडाहरू र चार वटा गोरुहरू दिए।
8
अनि मरारीहरूलाई तिनीहरूको कामको खाँचोअनुसार चार वटा गाडाहरू र आठ वटा गोरुहरू दिए। यी सबै कामहरू पुजारी हारूनको छोरा ईतामारको निर्देशनमा भए।
9
तर मोशाले कहातीहरूलाई केही पनि दिएनन्। किनकि तिनीहरूको जिम्मामा पवित्र कुराहरू आफ्ना काँधमा बोक्नुपर्ने थियो।
10
जब वेदीको अभिषेक गरियो, तब अगुवाहरूले तिनीहरूका भेटीहरू समर्पणताका लागि ल्याए। अनि ती भेटीहरूलाई वेदीको सामु प्रस्तुत गरे।
11
किनकि याहवेहले मोशालाई भन्नुभएको थियो, “वेदीको समर्पणताको निम्ति हरेक दिन एक-एक जना अगुवाले आ-आफ्नो भेटी ल्याऊन्।”
12
पहिलो दिन आफ्नो भेटी लिएर आउनेचाहिँ यहूदाको कुलको अम्मीनादाबको छोरा नहशोन थिए।
13
नहशोनको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा जैतुनको तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
14
धूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा;
15
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एक वर्षको थुमा ल्याए;
16
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
17
र मेलबलिको रूपमा बलिदान चढाउनलाई दुई वटा गोरु र पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। योचाहिँ अम्मीनादाबका छोरा नहशोनको भेटी थियो।
18
दोस्रो दिन इस्साखारका अगुवा सूआरका छोरा नथनिएलले आफ्ना भेटीहरू ल्याए।
19
नथनिएलको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको छर्कने बाटा र थाल; त्यस बाटा र थाल दुवैमा अन्नबलिको रूपमा जैतुनको तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
20
धूपले भरिएको दश शेकेल तौलको एउटा सुनको कचौरा;
21
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा ल्याए;
22
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका ल्याए;
23
र मेलबलिको रूपमा चढाउनलाई दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए। सूआरको छोरा नथनिएलका भेटीहरू यिनै हुन्।
24
तेस्रो दिन जबूलूनका मानिसहरूका अगुवा हेलोनका छोरा एलिआबले आफ्नो भेटी ल्याए।
25
एलिआबको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
26
धूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा;
27
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
28
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
29
र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू, पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए। हेलोनका छोरा एलिआबको भेटी यही थियो।
30
चौथो दिन रूबेनका मानिसहरूका अगुवा, शदेऊरका छोरा एलिसूरले आफ्नो भेटी ल्याए।
31
एलिसूरको भेटी यही थियो: अर्थात् पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
32
धूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा;
33
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा थिए;
34
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
35
र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए। शदेऊरका छोरा एलिसूरको भेटी यही थियो।
36
पाँचौँ दिन शिमियोनका मानिसहरूका अगुवा सूरीशद्दैका छोरो शलूमीएलले आफ्नो भेटी ल्याए।
37
शलूमीएलको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
38
धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
39
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
40
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
41
र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। सूरीशद्दैका छोरा शलूमीएलले चढाएको भेटी यही थियो।
42
छैटौँ दिन गादका मानिसहरूका अगुवा देउएलका छोरा एल्यासापले आफ्नो भेटी ल्याए।
43
एल्यासापको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
44
धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
45
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
46
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
47
र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। देउएलका छोरा एल्यासापले ल्याएको भेटी यही थियो।
48
सातौँ दिन एफ्राइमका मानिसहरूका अगुवा अम्मीहूदका छोरा एलिशामाले आफ्नो भेटी ल्याए।
49
एलिशामाको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
50
धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
51
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा थिए;
52
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
53
र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। अम्मीहूदका छोरा एलिशामाको भेटी यही थियो।
54
आठौँ दिन मनश्शेका मानिसहरूका अगुवा पदासूरका छोरा गमलिएलले आफ्नो भेटी ल्याए।
55
तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा जैतुनको तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
56
धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
57
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
58
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
59
र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। पदासूरका छोरा गमलिएलको भेटी यही थियो।
60
नवौँ दिन बेन्यामीनका मानिसहरूका अगुवा गिदोनीका छोरा अबीदानले आफ्नो भेटी ल्याए।
61
अबीदानको भेटी यही थियो: अर्थात् पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
62
धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
63
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
64
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
65
र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। गिदोनीको छोरा अबीदानको भेटी यही थियो।
66
दशौँ दिन दानका मानिसहरूका अगुवा अम्मीशद्दैका छोरा अहीएजेरले आफ्नो भेटी लिएर आए।
67
अहीएजेरको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार, एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
68
धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
69
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
70
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
71
अनि मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। अम्मीशद्दैका छोरा अहीएजेरको भेटी यही थियो।
72
एघाह्रौ दिन आशेरका मानिसहरूका अगुवा ओक्रानका छोरा पगीएलले आफ्नो भेटी ल्याए।
73
पगीएलको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार, एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
74
धूपले भरिएको दश शेकेल तौलको सुनको एउटा कचौरा;
75
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
76
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
77
र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। ओक्रानका छोरा पगीएलको भेटी यही थियो।
78
बाह्रौँ दिनमा नप्तालीका मानिसहरूका अगुवा एनानका छोरा अहीराले आफ्नो भेटी ल्याए।
79
अहीराको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार, एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएकाको थिए;
80
धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
81
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
82
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
83
र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। एनानका छोरा अहीराको भेटी यही थियो।
84
वेदीको अभिषेक हुँदा इस्राएली अगुवाहरूको समर्पणको भेटी यही थियो: चाँदीका बाह्र वटा थालहरू, चाँदीका बाह्र वटा छर्कने बाटाहरू र सुनका बाह्र वटा कचौराहरू थिए।
85
पवित्रस्थानको तौलको शेकेलअनुसार, चाँदीको प्रत्येक थालको तौल एक सय तीस शेकेल र चाँदीका प्रत्येक छर्कने बाटाको तौल सत्तरी शेकेल थियो। चाँदीका थाल-बाटाहरूको जम्मा तौल पवित्रस्थानको शेकेलअनुसार, दुई हजार चार सय शेकेल थियो।
86
धूपले भरिएका सुनका बाह्र वटा कचौराहरूको तौल पवित्रस्थानको तौलको शेकेलअनुसार प्रत्येक दश शेकेल थियो। सुनका कचौराहरूको जम्मा तौल एक सय बीस शेकेल थियो।
87
होमबलिका निम्ति ल्याइएका पशुहरूको जम्मा संख्या, बाह्र वटा बहरहरू, बाह्र वटा भेडाहरू, बाह्र वटा एकवर्षे थुमाहरू थिए; जसको साथमा तिनीहरूको अन्नबलि पनि थियो। पाप शुद्धीकरण बलिका निम्ति बाह्र वटा बोकाहरू प्रयोग गरिए।
88
मेलबलिका निम्ति चढाइएका पशुहरूको जम्मा संख्या, चौबीस वटा गोरुहरू, साठी वटा भेडाहरू, साठी वटा बोकाहरू र साठी वटा एकवर्षे थुमाहरू थिए। वेदीको अभिषेक भएपछि त्यसको समर्पणताका निम्ति आएका भेटीहरू यिनै हुन्।
89
जब मोशा याहवेहसँग कुरा गर्न भेट हुने पालभित्र पसे, तब तिनले साक्षी पाटीको सन्दुकमा भएको पाप समाधान-स्थानमाथि भएका दुई करूबहरूका बीचबाट तिनीसँग बोलिरहेको आवाज सुने। यसरी याहवेह मोशासँग बोल्नुभयो।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36