bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Numbers 10
Numbers 10
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 11 →
1
याहवेहले मोशालाई भन्नुभयो:
2
“पिटिएको चाँदीका दुई वटा तुरही बना। अनि समुदायलाई एकसाथ भेला गराउन र पालबाट प्रस्थान गराउनका लागि तिनलाई प्रयोग गर्।
3
जब दुवै तुरही फुकिन्छन्, तब सारा इस्राएली समुदाय भेट हुने पालको प्रवेशद्वारमा तँकहाँ भेला होऊन्।
4
यदि एउटै मात्र तुरही फुकियो भने अगुवाहरू, अर्थात् इस्राएली कुलका अगुवाहरू तँकहाँ भेला होऊन्।
5
जब तुरहीको पहिलो आवाज फुकिन्छ, तब पूर्वपट्टिका छाउनीका कुलहरू प्रस्थान गरून्।
6
जब तुरही दोस्रो पल्ट फुकिन्छ, दक्षिणपट्टिका छाउनीहरूमा भएकाहरू प्रस्थान गरून्। त्यो आवाजचाहिँ प्रस्थान गर्ने सङ्केत हुनेछ।
7
समुदायलाई भेला गराउँदा फुक्ने तुरहीको आवाज, पालबाट प्रस्थान हुँदा फुक्ने तुरहीको साङ्केतिक आवाजझैँ नहोस्।
8
“पुजारी हारूनका छोराहरूले तुरहीहरू फुकून्। यो तिमीहरू र तिमीहरूका भावी पुस्ताहरूका निम्ति अनन्तको विधि हुनेछ।
9
जब तिमीहरू आफ्नै देशमा तिमीहरूमाथि अत्याचार गर्ने शत्रुसँग लडाइँ गर्न जान्छौ, तब तुरहीहरू फुक्नू। तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई सम्झनुहुनेछ, र शत्रुहरूबाट छुटाउनुहुनेछ।
10
त्यसरी नै तिमीहरूले आनन्द मनाउने समयहरूमा अर्थात् तिमीहरूका तोकिएका चाडहरूमा र औँसीका चाडहरूमा तिमीहरूका होमबलिहरू र मेलबलिहरूको समयमा पनि तिमीहरूले तुरहीहरू फुक्नू। अनि ती याहवेहको सामु तिमीहरूका सम्झनाको निम्ति हुनेछ। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।”
11
इजिप्टबाट प्रस्थान गरेको दोस्रो वर्षको दोस्रो महिनाको बीसौँ दिनमा, जब साक्षी पाटीको समागम पालबाट बादल हट्यो,
12
तब इस्राएलीहरू सीनैको मरुभूमिबाट प्रस्थान गरे। अनि पारानको मरुभूमिमा बादल नअडिएसम्म एक ठाउँदेखि अर्को ठाउँमा यात्रा गरिरहे।
13
याहवेहले मोशाद्वारा दिनुभएको आज्ञाअनुसार तिनीहरूले यो पहिलो पल्ट यात्रा सुरु गरे।
14
यहूदाको दल आफ्नो छाउनीबाट आफ्नो झण्डा लिएर पहिले हिँडे। तिनीहरूका अगुवा अम्मीनादाबका छोरा नहशोन थिए।
15
इस्साखारको कुलको दल सूआरका छोरा नथनिएलको जिम्मामा थियो।
16
अनि जबूलूनको कुलको दल हेलोनका छोरा एलिआबको जिम्मामा थियो।
17
त्यसपछि समागम पाल उठाइयो; अनि गेर्शोनी र मरारीहरूले त्यसलाई बोकेर अगि हिँडे।
18
त्यसपछि रूबेनको छाउनीको दल आफ्नो झण्डामुनि हिँडे। शदेऊरका छोरा एलिसूरचाहिँ यस दलका अगुवा थिए।
19
शिमियोन कुलको दलको अगुवा सूरीशद्दैका छोरा शलूमीएल थिए।
20
अनि गाद कुलको दलको अगुवा, देउएलका छोरा एल्यासाप थिए।
21
त्यसपछि कहातीहरूले पवित्र चीजहरू बोकेर हिँडे। तिनीहरू आइपुग्नुभन्दा अगि समागम पाल खडा गरिसक्नुपर्ने थियो।
22
त्यसपछि एफ्राइमको छाउनीको दल आफ्नो झण्डा लिएर अगि बढे। अम्मीहूदका छोरा एलिशामा दलका अगुवा थिए।
23
मनश्शे कुलको दलको अगुवा, पदासूरका छोरा गमलिएल थिए।
24
अनि बेन्यामीन कुलको दलमाथिको अगुवा गिदोनीका छोरा अबीदान थिए।
25
अन्त्यमा सबै दलहरूका पछाडि दानको कुलको दल रक्षादलको रूपमा आफ्नो झण्डा लिएर अगाडि बढे। अम्मीशद्दैका छोरा अहीएजेर यसका अगुवा थिए।
26
आशेरको कुलको दलका अगुवा ओक्रानका छोरा पगीएल थिए।
27
अनि नप्ताली कुलको दलको अगुवा एनानका छोरा अहीएर थिए।
28
इस्राएलीहरू प्रस्थान गर्दा हिँड्नुपर्ने पङ्क्ति यही थियो।
29
मोशाले आफ्ना मिद्यानी ससुरा रूएलका छोरा होबाबलाई भने, “हामी त्यस ठाउँमा जाँदैछौँ, जुन ‘म तिमीहरूलाई दिनेछु’ भनी याहवेहले हामीलाई भन्नुभएको थियो। तपाईं पनि हामीसँगै आउनुहोस्। हामी तपाईंसँग राम्रो व्यवहार गर्नेछौँ। किनकि याहवेहले इस्राएललाई असल कुराहरूका निम्ति प्रतिज्ञा गर्नुभएको छ।”
30
तब होबाबले तिनलाई भने, “होइन, म जानेछैनँ। म आफ्नै देश र आफ्नै कुटुम्बकहाँ फर्कनेछु।”
31
तर मोशाले होबाबलाई भने, “बिन्ती छ, दया गरी हामीलाई नछोड्नुहोस्। हामीले उजाडस्थानमा कहाँ पाल टाग्नुपर्छ भनी तपाईं जान्नुहुन्छ। अनि तपाईं हाम्रा निम्ति बाटो देखाउने आँखा बन्न सक्नुहुन्छ।
32
यदि तपाईं हामीसँग आउनुभयो भने याहवेहले हामीलाई दिनुहुने सबै असल कुराहरू तपाईंसँग बाँड्नेछौँ।”
33
यसरी तिनीहरू याहवेहको पर्वतबाट हिँडे। अनि तीन दिनसम्म यात्रा गरे। तिनीहरूले कहाँ रोकिनुपर्ने हो, र आराम गर्ने ठाउँ कहाँ हो, सो भेट्टाउनका निम्ति त्यस तीन दिनसम्म याहवेहको करारको सन्दुक बोक्नेहरू तिनीहरूका अगि-अगि गए।
34
जब तिनीहरू पालबाट दिउँसो अगि बढ्थे, तब याहवेहको बादल तिनीहरूमाथि रहन्थ्यो।
35
जब करारको सन्दुक बोक्नेहरू अगि बढ्थे, तब मोशाले यसो भन्थे, “हे याहवेह, उठ्नुहोस्! तपाईंका शत्रुहरू छरपस्ट होऊन्; तपाईंका विरोधीहरू तपाईंका सामुबाट भागून्!”
36
जब करारको सन्दुक बिसाइन्थ्यो, तब मोशाले यसो भन्थे, “हे याहवेह, इस्राएलका गन्ती गर्न नसकिने हजारौँ-हजारकहाँ फर्केर आउनुहोस्!”
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36