bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Numbers 16
Numbers 16
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 17 →
1
एक दिन लेवीको छोरा कहात, कहातको छोरा यिसहार, यिसहारको छोरा कोरहले, रूबेनी कुलका एलिआबका छोराहरू दातान र अबीराम अनि पेलेतको छोरा ओनलाई आफ्नो पक्षमा लिए।
2
अनि मोशाको विरुद्धमा तिनीहरू उठे। तिनीहरूसँग इस्राएली मानिसहरूका समुदायको सभामा नियुक्त गरिएका मान्य 250 जना अगुवाहरू पनि सामेल थिए।
3
तिनीहरू मोशा र हारूनको विरोध गर्नलाई एक दल भएर आए, र तिनीहरूलाई भने, “तपाईंहरूले अति नै गर्नुभएको छ! सारा समुदाय र यहाँका हरेक व्यक्ति पवित्र छन्। अनि याहवेह तिनीहरूसँग हुनुहुन्छ। त्यसो भए तपाईंहरूले आफूलाई याहवेहको समुदायभन्दा किन उच्च तुल्याउनुहुन्छ?”
4
जब मोशाले यो कुरा सुने, तब तिनी भुइँमा घोप्टो परे।
5
त्यसपछि मोशाले कोरह र उसका सबै दललाई यसो भने: “भोलि बिहान याहवेहले, जो उहाँको हो, र जो पवित्र छ, उहाँले त्यसलाई आफ्नो नजिक आउन दिनुहुन्छ। उहाँले छान्नुभएको मानिसलाई उहाँले आफ्नो नजिक आउन दिनुहुन्छ।
6
हे कोरह, तिमी र तिम्रा समर्थकहरू सबैले यसो गर्नु: धुपौराहरू लिनू,
7
अनि भोलि याहवेहको सामु बलेको कोइला लिनू र त्यसमा धूप हाल्नू। याहवेहले छान्नुहुने मानिसचाहिँ पवित्र व्यक्ति हुनेछ। तिमी लेवीहरूले अति नै गरेका छौ!”
8
मोशाले कोरहलाई यो पनि भने, “हे लेवीहरू हो, अब सुन!
9
इस्राएलका परमेश्वरले तिमीहरूलाई समागम पालमा याहवेहको काम गर्न र समुदायको सेवा गर्न सारा समुदायहरूको सामु खडा हुनको लागि इस्राएलका अरू समुदायबाट तिमीहरूलाई अलग गरी उहाँकै नजिक ल्याउनुभएको छ। के यो कुरा तिमीहरूलाई पर्याप्त भएन र?
10
उहाँले तिमीहरू र तिमीहरूका सङ्गी लेवीहरूलाई आफ्नै नजिक ल्याउनुभएको छ। तर अहिले तिमीहरू पुजारी पद पनि पाउने कोसिस गर्दैछौ।
11
तिमी र तिम्रा समर्थकहरू एकमत भएर याहवेहको विरोधी भएका छौ। हारून को हुन्, र तिमीहरू तिनको विरुद्धमा गनगन गर्दछौ?”
12
त्यसपछि मोशाले एलिआबका छोराहरू दातान र अबीरामलाई बोलाउन पठाए। तर तिनीहरूले भने, “अहँ, हामी आउनेछैनौँ!
13
के तपाईंले हामीलाई दूध र मह बग्ने देशबाट उजाडस्थानमा मार्नलाई ल्याउनुभएको छ; यत्तिले पनि तपाईंलाई पुगेन? अनि अहिले तपाईं हाम्रा मालिक पनि बन्न चाहनुहुन्छ?
14
अनि अझ तपाईंले हामीलाई दूध र मह बग्ने देशमा ल्याउनुभएको छैन, न त हामीलाई पैतृक सम्पत्तिको रूपमा खेतबारीहरू र दाखबारीहरू नै दिनुभएको छ। के तपाईंले यी मानिसहरूलाई दास बनाउन चाहनुहुन्छ? अहँ, हामी आउनेछैनौँ!”
15
तब मोशा अत्यन्तै रिसाए, र तिनले याहवेहलाई भने, “तिनीहरूको भेटी ग्रहण नगर्नुहोस्। मैले तिनीहरूबाट एउटा गधासम्म पनि लिएको छैन, न त मैले तिनीहरूलाई कुनै हानि गरेको छु।”
16
मोशाले कोरहलाई भने, “तिमी र तिम्रा पछि लाग्ने सबै जना भोलि याहवेहको सामु हाजिर हुनू। तिमी, तिम्रा मानिसहरू र हारून पनि आउनेछन्।
17
हरेक मानिसले अर्थात् 250 जना सबैले आ-आफ्नो धुपौरो लिनू र त्यसमा धूप बालेर याहवेहको सामु ल्याउनू। तिमीले र हारूनले पनि आफ्ना धुपौराहरू ल्याउनू।”
18
यसकारण उनीहरू हरेकले आ-आफ्नो धुपौरो लिएर त्यसमा बलिरहेको कोइला लिए, र त्यसमा धूप बाले। अनि मोशा र हारूनसँग भेट हुने पालको प्रवेशद्वारमा खडा भए।
19
जब कोरहले तिनीहरूको विरुद्धमा आफ्नो पछि लाग्नेहरूलाई भेट हुने पालको प्रवेशद्वारमा भेला गराए, तब याहवेहको महिमा सारा समुदायको सामु देखा पर्यो।
20
याहवेहले मोशा र हारूनलाई भन्नुभयो,
21
“यस समुदायबाट आ-आफूलाई अलग गर, ताकि म तिनीहरूलाई एकैचोटिमा समाप्त पार्न सकूँ।”
22
तर मोशा र हारून भुइँमा घोप्टो परेर पुकार गरे, “हे परमेश्वर, सारा जीवित प्राणीहरूलाई प्राण दिनुहुने परमेश्वर, के एउटा मानिसको पापले गर्दा तपाईं सारा समुदायमसँग रिसाउनुहुन्छ?”
23
त्यसपछि याहवेहले मोशालाई भन्नुभयो,
24
“सारा समुदायलाई भन्, ‘कोरह, दातान र अबीरामका पालहरूदेखि टाढा हटिजाऊन्।’ ”
25
मोशा उठेर दातान र अबीराम कहाँ गए। अनि इस्राएलका प्रधानहरू पनि तिनको पछि लागे।
26
तिनले समुदायलाई चेतावनी दिए, “यी दुष्ट मानिसहरूका पालहरूबाट टाढा गइहाल! तिनीहरूका कुनै पनि कुरा नछुनू; नत्रता तिनीहरूका पापको कारण तिमीहरू पनि सखाप पारिनेछौ।”
27
यसकारण तिनीहरू कोरह, दातान र अबीरामका पालहरूबाट टाढा हटिगए। कोरह, दातान र अबीरामचाहिँ बाहिर आएर आफ्ना पालका प्रवेशद्वारमा आफ्ना पत्नीहरू र छोराछोरीहरू र नातिनातिनाहरूसँग उभिरहेका थिए।
28
तब मोशाले भने, “याहवेहले यी सबै कुराहरू गर्नु भनी पठाउनुभएको हो; र यो मेरो आफ्नै इच्छाअनुसार गरेको होइन भनी तिमीहरूले यसरी जान्नेछौ:
29
यदि यी मानिसहरूको मृत्यु स्वभाविक तरिकाले भयो, र अरू मानिसहरूले भोगेजस्तै सामान्य अनुभव गरे भने मलाई याहवेहले पठाउनुभएको होइन।
30
तर यदि याहवेहले पूर्णतया अनौठो कुरा ल्याउनुभयो, र धर्ती फाटेर त्यसले तिनीहरूलाई र तिनीहरूसँग भएका सबैलाई निलिहाल्यो भने, र तिनीहरू जिउँदै पातालभित्रै गए भने यी मानिसहरूले याहवेहलाई तिरस्कार गरेका रहेछन् भनी तिमीहरूले जान्नेछौ।”
31
मोशाले यी कुराहरू भनिसक्नसाथ तिनीहरू उभिएको जमिन फाट्यो।
32
अनि धर्तीले आफ्नो मुख खोल्यो, र तिनीहरूलाई, तिनीहरूका घरानाहरू र कोरहलाई साथ दिने सबैलाई अनि तिनीहरूका सबै धनसम्पत्ति समेत निलिहाल्यो।
33
तिनीहरू आफूले हासिल गरेका सबै थोकसँगै जीवितै पातालभित्र खसे। तिनीहरूमाथि पृथ्वी बन्द भइहाल्यो। तिनीहरू नष्ट भए; अनि आफ्ना समुदायबाट लोप भए।
34
तिनीहरूको चीत्कार सुनेर त्यहाँ तिनीहरूका वरिपरि भएका सबै इस्राएलीहरू “हामीलाई पनि पृथ्वीले निलिहाल्ला कि!” भन्दै बेस्सरी चिच्याउँदै भागे।
35
अनि याहवेहबाट आगो निस्केर आयो र धूपभेटी चढाइरहेका ती 250 जना मानिसहरूलाई पनि भस्म पार्यो।
36
याहवेहले मोशालाई भन्नुभयो,
37
“पुजारी हारूनको छोरो एलाजारलाई जलिरहेको अवशेषबाट धुपौराहरूलाई निकालेर त्यसमा भएको खरानीलाई केही पर लगेर छर्कनू भन्। किनकि ती धुपौराहरू पवित्र छन्।
38
आफ्ना प्राणको साटोमा पाप गर्ने ती मानिसहरूका धुपौराहरू हुन्। ती धुपौराहरूलाई घनले पिटेर वेदीलाई मोहोर्ने पाताहरू बनाउनू। किनकि तिनीहरू याहवेहको सामु ल्याइएका हुनाले ती पवित्र भएका छन्। ती इस्राएलीहरूका निम्ति एउटा चिन्ह होऊन्।”
39
यसकारण पुजारी एलाजारले ती आगोले भस्म हुनेहरूले ल्याएका काँसोका धुपौराहरू बटुले। अनि वेदीलाई मोहोर्नलाई पिटेर पातलो पाताहरू बनाए।
40
याहवेहले मोशाद्वारा एलाजारलाई आज्ञा गर्नुभएअनुसार गरे। योचाहिँ इस्राएलीहरूलाई याद गराउनका निम्ति थियो। हारूनका सन्तानहरूबाहेक अरू कोही पनि याहवेहको सामु धूप बाल्न नआओस्; नत्रता त्यो कोरह र त्यसलाई पछ्याउनेहरूजस्तै हुनेछ।
41
भोलिपल्ट इस्राएलका सारा समुदाय मोशा र हारूनको विरुद्धमा गनगन गर्दै तिनीहरूले भने, “तिमीहरूले याहवेहका मानिसहरूलाई मार्यौ।”
42
तर जब समुदाय मोशा र हारूनको विरुद्धमा भेला भए; अनि भेट हुने पालतिर फर्के, तब अचानक त्यसलाई बादलले ढाक्यो। अनि याहवेहको महिमा देखा पर्यो।
43
तब मोशा र हारून भेट हुने पालको सामु गए।
44
अनि याहवेहले मोशालाई भन्नुभयो,
45
“तिमीहरू यस समुदायबाट अलग भइहाल, ताकि म एकैचोटिमा यिनीहरूको अन्त्य गर्न सकूँ।” अनि तिनीहरू भुइँमा घोप्टो परे।
46
त्यसपछि मोशाले हारूनलाई भने, “आफ्नो धुपौरो लिएर त्यसमा धूप बाल्नुहोस्। साथै वेदीबाट बलिरहेको कोइला लिएर समुदायका निम्ति प्रायश्चित गर्नलाई झट्टै तिनीहरूकहाँ जानुहोस्। याहवेहको क्रोध खनिएको छ; विपत्ति सुरु भइसकेको छ।”
47
यसकारण मोशाले भनेअनुसार हारूनले गरे। अनि दगुरेर समुदायको बीचमा गए। मानिसहरूका बीचमा अगि नै विपत्ति सुरु भइसकेको थियो। तर हारूनले धूप चढाएर तिनीहरूका निम्ति प्रायश्चित गरे।
48
हारून जीवित र मरिसकेकाहरूका बीचमा खडा भए; तब विपत्ति थामियो।
49
तर त्यहाँ कोरहको कारण मारिएकाहरूबाहेक 14,700 व्यक्तिहरू पनि यस विपत्तिमा मरेका थिए।
50
त्यसपछि हारून भेट हुने पालको प्रवेशद्वारमा मोशाकहाँ फर्केर गए; किनकि विपत्ति थामिसकेको थियो।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36