bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Numbers 31
Numbers 31
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 32 →
1
याहवेहले मोशालाई भन्नुभयो,
2
“इस्राएलीहरूका खातिर मिद्यानीहरूसँग बदला लिनू। त्यसपछि तँ आफ्ना मानिसहरूसँग मिल्न जानेछस्।”
3
यसकारण मोशाले मानिसहरूलाई भने, “मिद्यानीहरूका विरुद्ध याहवेहको बदलाको लडाइँ लड्नका निम्ति तिमीहरूका केही मानिसहरूलाई हातहतियारले सुसज्जित गराओ।
4
इस्राएलीहरूका प्रत्येक कुलबाट एक-एक हजार मानिसहरूलाई लडाइँ गर्न पठाओ।”
5
यसकारण इस्राएली वंशबाट प्रत्येक बाह्र कुलबाट एक हजारको हिसाबले लडाइँका निम्ति सुसज्जित पारिएका बाह्र हजार मानिसहरू खटाइए।
6
मोशाले तिनीहरूलाई प्रत्येक कुलबाट एक-एक हजारलाई लडाइँमा पठाए। तिनीहरूसँग पुजारी एलाजारका छोरा पीनहास पनि थिए। पीनहासले आफूसँग पवित्रस्थानका सामग्रीहरू र सङ्केत दिनका लागि तुरहीहरू लगे।
7
याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले मिद्यानीहरूका विरुद्धमा लडाइँ गरे, र सबै पुरुषहरूलाई मारे।
8
तिनीहरूका हातबाट मर्नेहरूमध्ये मिद्यानका पाँच राजाहरू अर्थात् एवी, रेकेम, सूर, हूर र रेवा थिए। तिनीहरूले बओरका छोरा बालामलाई पनि तरवारले मारे।
9
इस्राएलीहरूले मिद्यानी स्त्रीहरू र तिनीहरूका छोराछोरीहरूलाई बन्दी बनाए र मिद्यानीहरूका बथान, बगाल र सरसामानहरू लुटको मालझैँ लिएर गए।
10
तिनीहरूले मिद्यानीहरू बसोबास गरेका सबै सहरहरू र छाउनीहरूलाई जलाइदिए।
11
तिनीहरूले लुटेका र कब्जा गरेका सबै मालसामानहरू, मानिसहरू र पशुहरू सबै लगे।
12
अनि कैदीहरू, कब्जा गरेका र लुटेका मालसामानहरूलाई मोशा, पुजारी एलाजार र इस्राएली समुदायकहाँ ल्याए। त्यस बेला तिनीहरूको छाउनी यरीहोदेखि पारि यर्दन नदीको किनार मोआबको मैदानमा थियो।
13
मोशा, पुजारी एलाजार र समुदायका सबै अगुवाहरू तिनीहरूलाई भेट गर्न छाउनीबाहिर आए।
14
लडाइँबाट फर्केर आएका सेनाका अधिकृतहरू अर्थात् हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूसँग मोशा रिसाए।
15
मोशाले तिनीहरूलाई सोधे, “के तिमीहरूले सबै स्त्रीहरूलाई जीवितै रहन दियौ?”
16
यी तिनीहरू नै थिए, जसले पोर पर्वतको घटनामा बालामको सल्लाह सुनेर इस्राएलीहरूलाई याहवेहको विरुद्धमा तर्केर जान उक्साएका थिए। यसैकारण याहवेहका मानिसहरूलाई विपत्तिले प्रहार गरेको थियो।
17
अब सबै केटाहरूलाई र पुरुषहरूसँग सहवास गरेका हरेक स्त्रीहरूलाई पनि मार।
18
तर कुनै मानिससँग सहवास नभएका हरेक कन्याहरूलाई चाहिँ तिमीहरूले आफ्ना निम्ति जीवित राख।
19
यदि जजसले मानिसलाई मारेको छ, अर्थात् मारिएको कसैलाई छोएको छ भने तिमीहरू छाउनीबाहिर सात दिनसम्म बस्नुपर्छ। तेस्रो र सातौँ दिनमा तिमीहरूले आफैँलाई र तिमीहरूका कैदीहरूलाई शुद्ध पार्नुपर्छ।
20
तिमीहरूले लगाएका हरेक वस्त्र र छालाले अथवा बाख्राको रौँले अथवा काठले बनिएका हरेक कुरालाई शुद्ध पार।
21
त्यसपछि पुजारी एलाजारले लडाइँमा जाने सेनाहरूलाई भने, “याहवेहले मोशालाई दिनुभएको नियमअनुसार यो आवश्यक छ:
22
सुन, चाँदी, काँसो, फलाम, टिन, सिसा,
23
र आगोले नष्ट नहुने सबै कुरालाई आगोभित्र हालेर निकाल्नू र त्यो शुद्ध हुनेछ। तर त्यसलाई शुद्ध पार्ने पानीले पनि शुद्ध पारिनुपर्छ। अनि आगोले नष्ट हुने जुनसुकै थोकलाई चाहिँ पानीद्वारा शुद्ध पार्नू।
24
सातौँ दिनमा आफ्ना लुगाहरू धुनू, र तिमीहरू शुद्ध हुनेछौ। त्यसपछि तिमीहरू छाउनीभित्र आउन सक्नेछौ।”
25
याहवेहले मोशालाई भन्नुभयो,
26
“तैँले, पुजारी एलाजार र समुदायका मुखियाहरूले कैद गरेर ल्याइएका सबै मानिसहरू र पशुहरू गन्ती गर्नू।
27
लुटिएका मालहरू लडाइँमा जाने सेनाहरू र बाँकी रहेका समुदायको बीचमा बराबरी बाँड्नू।
28
लडाइँमा युद्ध गर्ने सेनाहरूबाट याहवेहका सलामीको निम्ति चाहे मानिस होस्, अथवा गाईबस्तु, गधा, भेडा र बाख्राहरू होस्; हरेक कुराको पाँच सयबाट एउटा अलग गर्नू।
29
तिनीहरूबाट उठेको सलामीको आधा भागबाट याहवेहको भेटीको रूपमा पुजारी एलाजारलाई दिनू।
30
इस्राएलीहरूको आधा भागबाट मानिसहरू, गाईबस्तु, गधा, भेडा, बाख्रा अथवा अरू सबै पशुहरू, त्यसको प्रत्येक पचासबाट एउटा गरेर अलग गर्नू। ती अलग गरिएका कुराहरू याहवेहको समागम पालको रेख-देखको जिम्मामा रहेका लेवीहरूलाई दिनू।”
31
यसकारण याहवेहले मोशालाई आज्ञा गर्नुभएजस्तै मोशा र पुजारी एलाजारले गरे।
32
सेनाहरूले लुटेका सामानहरूमा बाँकी रहेका कुराहरू यही थियो: 6,75,000 भेडाहरू,
33
72,000 गाईबस्तु,
34
61,000 गधाहरू,
35
र कुनै मानिससँग सहवास नगरेका 32,000 स्त्रीहरू।
36
लडाइँमा युद्ध गर्ने सेनाहरूको आधा भाग यस्तो थियो: 3,37,500 भेडाहरू,
37
जसमा याहवेहका निम्ति सलामीचाहिँ 675 भेडाहरू थिए;
38
36,000 गाईबस्तुहरू, जसमा याहवेहका निम्ति सलामीचाहिँ 72 वटा थिए;
39
30,500 गधाहरू थिए, जसमा याहवेहका निम्ति सलामीचाहिँ 61 वटा थिए;
40
16,000 मानिसहरू, जसमा याहवेहका निम्ति सलामीचाहिँ 32 वटा थिए।
41
मोशालाई याहवेहले आज्ञा गर्नुभएझैँ याहवेहको भागको सलामी पुजारी एलाजारलाई दिए।
42
मोशाले सेनाहरूको भागबाट छुट्याएका इस्राएलीहरूको भागको आधा,
43
अर्थात् समुदायको आधा भागचाहिँ 3,37,500 भेडा थिए;
44
36,000 गाईबस्तु,
45
30,500 गधा,
46
र 16,000 मानिस थिए।
47
इस्राएलीहरूको आधा भागबाट याहवेहले मोशालाई आज्ञा दिनुभएजस्तै तिनले मानिसहरू र पशुहरूबाट प्रत्येक पचासबाट एक-एक अलग गरे। अनि ती सबै लेवीहरूलाई दिए, जो याहवेहको समागम पालको रेख-देखको जिम्मावाल थिए।
48
त्यसपछि सेनाहरूका अधिकृतहरू अर्थात् हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू मोशाकहाँ गए।
49
अनि तिनीहरूले मोशालाई भने, “तपाईंका सेवकहरूले हाम्रो जिम्मामा रहेका सेनाहरूलाई गनेका छन्। अनि एक जना पनि हराएको छैन।
50
यसकारण हामी प्रत्येकले पाएका सुनका चीजहरू अर्थात् बाला, चुरा, छाप-औँठी, कुण्डल र सिक्रीमाला याहवेहको सामु हामीले आफ्ना प्रायश्चितको लागि याहवेहका निम्ति भेटीको रूपमा ल्याएका छौँ।”
51
मोशा र पुजारी एलाजारले तिनीहरूबाट सुन अर्थात् सबै गहनाहरू स्वीकार गरे।
52
मोशा र एलाजारले हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूबाट याहवेहका निम्ति उपहारको रूपमा चढाएका सबै सुनको तौल 16,750 शेकेल थियो।
53
हरेक सेनाले लुटको सर-सामान आफ्नै निम्ति लिएका थिए।
54
मोशा र पुजारी एलाजारले हजार-हजारका र सय-सयका सेनापतिहरूबाट सुन स्वीकार गरे। अनि त्यसलाई याहवेहको सामु इस्राएलीहरूका निम्ति एउटा सम्झनाको रूपमा भेट हुने पालभित्र ल्याए।
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 32 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36