bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Numbers 24
Numbers 24
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 25 →
1
जब बालामले इस्राएललाई आशिष् दिँदा याहवेह प्रसन्न हुनुहुन्छ भन्ने कुरा थाहा पाए, तब तिनले अरू बेलाजस्तै टुनामुना गरेनन्। तर तिनले आफ्नो अनुहार उजाडस्थानतिर फर्काएर हेरे।
2
जब तिनले इस्राएलीहरूलाई कुल-कुलअनुसार पाल टाँगेर बसेको देखे; तब परमेश्वरका आत्मा बालाममाथि आउनुभयो।
3
अनि तिनले आफ्नो सन्देश भन्न थाले: “बओरका छोरा बालामको अगमवाणी, उसको अगमवाणी जसको आँखाले स्पष्ट गरी देख्छ;
4
उसको अगमवाणी, जसले परमेश्वरको वचन सुन्छ, जसले सर्वशक्तिमान्बाट दर्शन देख्छ, जसले झुकेर दण्डवत् गर्दछ, र जसका आँखा खुल्ला रहन्छन्:
5
“हे याकोब, तेरा पालहरू, हे इस्राएल, तेरा पवित्र वासस्थानहरू कति सुन्दर छन्!
6
“टाढासम्म फैलिएका बेँसीहरूझैँ, नदीको छेउमा भएका बगैँचाहरूझैँ, याहवेहद्वारा रोपिएका एलवाहरूझैँ, पानीको छेउमा भएका देवदारुहरूझैँ।
7
तिनीहरूका भाँडाहरूबाट पानी बगेर निस्कनेछ; तिनीहरूका बिउले प्रशस्त पानी पाउनेछन्। “तिनीहरूका राजा अगागभन्दा महान् हुनेछन्; तिनीहरूको राज्य उच्च पारिनेछ।
8
“परमेश्वरले तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभयो; तिनीहरूसँग जङ्गली साँढेको शक्ति छ। तिनीहरूले विरोधी राष्ट्रहरूलाई निल्छन्, र तिनीहरूका हड्डीहरू टुक्रा-टुक्रा पार्छन्; तिनीहरूका काँडले तिनीहरूलाई छेड्नेछन्।
9
तिनीहरू सिंहजस्तै पल्टिरहेका छन्, र विश्राम गर्दछन्, एउटी सिंहनीजस्तै—कसले तिनीहरूलाई उठाउने आँट गर्ला र? “तिमीहरूलाई आशिष् दिनेहरू आशिषित होस्, र तिमीहरूलाई सराप्नेहरू श्रापित होस्!”
10
त्यसपछि बालाक राजाको क्रोध बालामप्रति दन्क्यो। तिनले आफ्ना हातहरू एकसाथ ठटाएर बालामलाई भने, “मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्न बोलाएँ, तर तपाईंले तिनीहरूलाई यसरी तीन पल्ट आशिष् दिनुभयो।
11
अब झट्टै यस ठाउँलाई छोडेर घर गइहाल्नुहोस्! तपाईंलाई ठूलो रकम दिन्छु भनी मैले सोचेको थिएँ। तर याहवेहले तपाईंलाई रकम पाउनबाट रोक्नुभएको छ।”
12
बालामले बालाक राजालाई जवाफ दिए, “के तपाईंले पठाउनुभएका सन्देश वाहकहरूलाई मैले भनेको थिइनँ,
13
‘यदि बालाकले मलाई सुन र चाँदीले भरिएको आफ्नो महल नै दिनुभए तापनि याहवेहको आज्ञादेखि बाहिर असल वा खराब म आफ्नो तर्फबाट केही गर्न सक्दिनँ। अनि मैले याहवेहले भन्नुभएको कुरा मात्र भन्नुपर्छ भनेर भनेको थिइनँ र?’
14
अब म आफ्नै मानिसहरूकहाँ फर्किजाँदैछु। तर सुन्नुहोस्, यी इस्राएली जातिले आउने दिनहरूमा तपाईंका जातिलाई के गर्नेछन्, सो चेतावनी दिन्छु।”
15
तब बालामले आफ्नो सन्देश भने: “बओरका छोरा बालामको अगमवाणी, उसको अगमवाणी, जसको आँखाले स्पष्ट गरी देख्छ;
16
उसको अगमवाणी, जसले परमेश्वरले भन्नुभएको वचन सुन्छ, जससँग सर्वशक्तिमान् परमेश्वरको ज्ञान छ; जसले सर्वोच्चबाट दर्शन देख्छ: जसले झुकेर दण्डवत् गर्छ, र जसका आँखा खुल्ला रहन्छन्:
17
“म उहाँलाई देख्छु, तर अहिले होइन; म उहाँलाई हेर्छु, तर नजिकै त होइन। याकोबबाट एउटा तारा निस्कनेछ; इस्राएलबाट एउटा राजदण्ड उठ्नेछ। अनि त्यसले मोआबका निधारहरू र शेतका सबै मानिसहरूका टाउको कुच्याउनेछ।
18
एदोम पराजित हुनेछ; त्यसको शत्रु सेइर पराजित हुनेछ। तर इस्राएलचाहिँ बलियो हुँदै जानेछ।
19
याकोबबाट एउटा शासक निस्कनेछ। अनि त्यसले सहरका बाँचेकाहरूलाई नाश गर्नेछ।”
20
तब बालामले अमालेकलाई देखेर आफ्नो सन्देश भने: “अमालेक राष्ट्रहरूमा पहिलो थियो, तर तिनीहरूको अन्त्य पूर्ण रूपमा विनाश हुनेछ।”
21
तब तिनले केनीहरूलाई देखेर आफ्नो सन्देश भने: “तेरो बस्ने स्थान सुरक्षित छ; तेरो गुँड चट्टानमा बसालिएको छ;
22
तरै पनि जब अश्शूरले तिमीहरूलाई कैद गरेर लैजान्छन् तिमी केनीहरू नष्ट हुनेछौ।”
23
तब बालामले सन्देश गरे: “हाय! परमेश्वरले यसो गर्नुहुँदा को जीवित रहन सक्छ?
24
जहाजहरू कित्तीम किनारबाट आउनेछन्; तिनीहरूले अश्शूर र एबेरलाई दमन गर्नेछन्। तर तिनीहरू पनि नष्ट हुनेछन्।”
25
त्यसपछि बालाम उठे, र आफ्नो घरतिर फर्के। अनि बालाक पनि आफ्नो बाटो लागे।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 25 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36