bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Numbers 8
Numbers 8
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 9 →
1
याहवेहले मोशालाई भन्नुभयो,
2
“हारूनलाई भन्, ‘जब तैँले सात वटा बत्तीहरू बाल्नलाई तयार गर्छस्, ती सातै वटा बत्तीहरूले सामदानको अगिल्तिरको ठाउँमा प्रकाश देऊन्।’ ”
3
अनि हारूनले त्यसै गरे। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार सामदानको अगिल्तिर प्रकाश दिने गरी तिनले बत्तीहरू तयार गरे।
4
सामदान यसरी बनिएको थियो: त्यसको फेददेखि फूलहरूसम्म पिटिएको सुनले बनिएको थियो। त्यो सामदान याहवेहले मोशालाई देखाउनुभएको नमुनाजस्तै बनाइएको थियो।
5
याहवेहले मोशालाई भन्नुभयो:
6
“लेवीहरूलाई अरू सबै इस्राएलीहरूबाट अलग गर्, र तिनीहरूलाई विधिपूर्वक शुद्ध पार्।
7
तिनीहरूलाई शुद्ध पार्नका निम्ति तैँले यसो गर्नू: तिनीहरूमाथि शुद्धीकरणको पानी छर्कनू। त्यसपछि तिनीहरूले शरीरका रौँहरू पूरा खौरिऊन्। अनि तिनीहरूका कपडाहरू धोऊन्। यसरी तिनीहरूले आफूलाई शुद्ध पार्नेछन्।
8
तिनीहरूलाई जैतुनको तेल मिसाएको मसिनो पिठोको अन्नबलिसँग एउटा बहर ल्याउन लगाउनू। अनि तैँले पाप शुद्धीकरण बलिका निम्ति अर्को दोस्रो बहर लिनू।
9
लेवीहरूलाई भेट हुने पालको अगाडि ल्याउनू, र सारा इस्राएली समुदायलाई भेला पार्नू।
10
तैँले लेवीहरूलाई याहवेहको सामु ल्याउनू। अनि इस्राएलीहरूले लेवीहरूमाथि आफ्ना हात राखून्।
11
हारूनले लेवीहरूलाई इस्राएलीहरूको तर्फबाट विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहको सामु प्रस्तुत गरोस्; ताकि तिनीहरू याहवेहको काम गर्नका लागि तयार होऊन्।
12
“लेवीहरूले बहरहरूमाथि आफ्ना हात राखून्। अनि तिनीहरूको पापको प्रायश्चितका निम्ति एउटालाई याहवेहका निम्ति पाप शुद्धीकरण बलिको रूपमा र अर्कोलाई चाहिँ होमबलिको रूपमा प्रयोग गर्नू।
13
लेवीहरूलाई हारून र त्यसका छोराहरूका अगाडि उभिन लगा। अनि तिनीहरूलाई विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहकहाँ प्रस्तुत गर्।
14
यसरी तैँले लेवीहरूलाई अरू इस्राएलीहरूबाट अलग पार्नू। यसरी लेवीहरू मेरा हुनेछन्।
15
“तैँले लेवीहरूलाई शुद्ध गरेर तिनीहरूलाई विशेष भेटीको रूपमा उचालिनका लागि प्रस्तुत गरून्। अनि भेट हुने पालमा तिनीहरू सेवाको काम गर्न आऊन्।
16
इस्राएलीहरूको तर्फबाट ती लेवीहरूलाई सम्पूर्ण रूपले मलाई दिइनुपर्छ। तिनीहरूलाई जेठाहरूका सट्टामा, अर्थात् प्रत्येक इस्राएली स्त्रीहरूको पहिलो छोराहरूका सट्टामा मैले तिनीहरूलाई लिएको छु।
17
इस्राएलमा जन्मेको हरेक जेठो, चाहे त्यो मानिस होस् अथवा पशु, सबै मेरै हुन्। जब मैले इजिप्टमा सबै जेठाहरूमाथि प्रहार गरेँ, तब मैले तिनीहरूलाई मेरा निम्ति अलग गरेँ।
18
अनि मैले इस्राएलका सबै जेठा छोराहरूका सट्टामा लेवीहरूलाई लिएको छु।”
19
इस्राएलीहरू पवित्रस्थानको नजिक जाँदा तिनीहरूमाथि कुनै विपत्ति नआओस्। त्यसैले सारा इस्राएलीहरूबाट मैले लेवीहरूलाई सबै इस्राएलीहरूको तर्फबाट भेट हुने पालमा काम गर्न र तिनीहरूका निम्ति पापको प्रायश्चित गर्नलाई हारून र त्यसका छोराहरूलाई उपहारको रूपमा दिएको छु।
20
यसकारण मोशा, हारून र सारा इस्राएली समुदायले लेवीहरूलाई त्यही नै गरे, जो याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो।
21
लेवीहरूले आफूलाई शुद्ध पारे, र आफ्ना लुगाहरू धोए। त्यसपछि हारूनले तिनीहरूलाई याहवेहको सामु विशेष भेटीको रूपमा उचालिनका लागि प्रस्तुत गरे। अनि तिनीहरूलाई शुद्ध पार्नलाई तिनीहरूका निम्ति प्रायश्चित गरे।
22
त्यसपछि हारून र तिनका छोराहरूको निर्देशनमा भेट हुने पालमा काम गर्नलाई लेवीहरू आए। इस्राएलीहरूले लेवीहरूसँग याहवेहले मोशालाई आज्ञा दिनुभएअनुसार गरे।
23
याहवेहले मोशालाई भन्नुभयो,
24
“लेवीहरूका लागि यो नियम लागू हुन्छ: पच्चीस वर्ष अर्थात् त्योभन्दा बढी उमेरका पुरुषहरूले भेट हुने पालको काममा भाग लिऊन्।
25
तर पचास वर्ष पुगेपछि चाहिँ तिनीहरूले आफ्ना नियमित सेवाबाट अवकाश प्राप्त गरून्; र बाँकी समय काम नगरून्।
26
तिनीहरूले आफ्ना दाजुभाइहरूलाई भेट हुने पालमा तिनीहरूका काममा सहायता दिन सक्छन्। तर तिनीहरू आफैँले चाहिँ काम गर्नुहुँदैन। यसकारण तैँले लेवीहरूको उत्तरदायित्व यसरी नै जिम्मा दिनू।”
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36