bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Numbers 29
Numbers 29
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 28
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 30 →
1
“ ‘सातौँ महिनाको पहिलो दिनमा पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। त्यो दिनचाहिँ तिमीहरूका लागि तुरही फुक्ने दिन हो।
2
याहवेहलाई मनपर्दो बास्नादार होमबलिको रूपमा एउटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट हुनुपर्छ।
3
साँढेसँग एपाको दश भागको तीन भाग मसिनो पिठोमा जैतुनको तेल मिसाएको अन्नबलि चढाउनू; भेडासँग साँढे एपाको दश भागको दुई भाग मसिनो पिठो चढाउनू;
4
र सात वटा थुमाहरूमा प्रत्येकसँग दश भागको दुई भाग मसिनो पिठो मिसाउनू।
5
तिमीहरूका पापबलि शुद्धीकरणको निम्ति एउटा बोका सामेल गराएर प्रायश्चित गर्नू।
6
यी बलिहरूचाहिँ तोकिएको मासिक र दैनिक होमबलिहरूका साथमा तिनीहरूका अन्नबलि र अर्घबलिबाहेक चढाउनू। यिनीहरू याहवेहलाई मनपर्दो बास्नादार अग्निबलिहरू हुन्।
7
“ ‘सातौँ महिनाको दशौँ दिनमा पवित्र सभा राख्नू। तिमीहरूले आफूलाई विनम्र तुल्याउनू र कुनै पनि काम नगर्नू।
8
याहवेहलाई मनपर्दो बास्नादार होमबलिको रूपमा एउटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्।
9
अन्नबलिका निम्ति साँढेसँग एपाको दश भागको तीन भाग मसिनो पिठोमा जैतुनको तेल मिसाएर चढाउनू; भेडासँग दश भागको दुई भाग मसिनो पिठो चढाउनू;
10
र हरेक सात वटा थुमाहरूसँग दश भागको एक भागको हिसाबले अन्नबलि चढाउनू।
11
त्यसमा प्रायश्चितका निम्ति पाप शुद्धीकरण बलि र नियमित होमबलिसँगै अन्नबलि र अर्घबलिबाहेक पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाउनू।
12
“ ‘सातौँ महिनाको पन्ध्रौँ दिन पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। याहवेहका निम्ति सात दिनसम्म चाड मनाउनू।
13
याहवेहलाई मनपर्दो बास्नादार भोजनको रूपमा अग्निबलिको साथमा तेह्र वटा बाछाहरू, दुई वटा भेडाहरू र चौध वटा एकवर्षे थुमाहरूको होमबलि चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्।
14
तेह्र वटा बाछाहरू प्रत्येकसँग एपाको दश भागको तीन भाग मसिनो पिठो जैतुनको तेल मिसाएको अन्नबलि चढाउनू; प्रत्येक दुई भेडासँग दश भागको दुई भाग मसिनो पिठो,
15
र चौध वटा थुमाहरू प्रत्येकसँग दश भागको एक भाग मसिनो पिठो चढाउनू।
16
त्यससँग पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
17
“ ‘उत्सवको दोस्रो दिनमा तिमीहरूले बाह्र वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू, सबै पशुहरू निष्खोट होऊन्।
18
तिनीहरूका अन्नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरूसँग चढाउनू।
19
त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
20
“ ‘तेस्रो दिनमा तिमीहरूले एघार वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै निष्खोट होऊन्।
21
तिनीहरूका अन्नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू।
22
त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
23
“ ‘चौथो दिनमा दश वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै निष्खोट होऊन्।
24
तिनीहरूका अन्नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू।
25
त्यससँग पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
26
“ ‘पाँचौँ दिनमा नौ वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्।
27
तिनीहरूका अन्नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू।
28
त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
29
“ ‘छैटौँ दिनमा आठ वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्।
30
तिनीहरूका अन्नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरूसँग चढाउनू।
31
त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
32
“ ‘सातौँ दिनमा सात वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्।
33
तिनीहरूका अन्नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू।
34
त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
35
“ ‘आठौँ दिन पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू।
36
याहवेहलाई मनमर्दो बास्नादार अग्निबलिको साथमा एउटा बाछा, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरूको होमबलि चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्।
37
तिनीहरूका अन्नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछा, भेडा र थुमाहरू चढाउनू।
38
त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
39
“ ‘तिमीहरूले गरेका भाकल र स्वेच्छा भेटीहरूबाहेक, तिमीहरूका तोकिएका चाडहरूमा याहवेहका निम्ति यी बलिहरू चढाउनू; तिमीहरूका होमबलिहरू, अन्नबलिहरू, अर्घबलिहरू र मेलबलिहरू चढाउनू।’ ”
40
याहवेहले मोशालाई आज्ञा दिनुभएजस्तै, तिनले सबै कुरा इस्राएलीहरूलाई भनिदिए।
← Chapter 28
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 30 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36