bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Numbers 2
Numbers 2
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 3 →
1
याहवेहले मोशा र हारूनलाई भन्नुभयो:
2
“इस्राएलीहरू प्रत्येकले भेट हुने पालको वरिपरि, त्यसदेखि केही दूरी राखेर तिनीहरूका पारिवारिक निसानाको झण्डामुनि आ-आफ्ना छाउनी बनाऊन्।”
3
पूर्व दिशापट्टि, सूर्योदय हुने दिशातिर: यहूदाका कुलहरूले तिनीहरूका झण्डामुनि छाउनी बनाऊन्। अम्मीनादाबको छोरा नहशोन, यहूदा कुलका मानिसहरूका अगुवा होस्।
4
उसको दलको संख्या 74,600 हुन्छ।
5
इस्साखारको कुलले यहूदाको छेउमा छाउनी बनाऊन्। सूआरको छोरा नथनिएल, इस्साखार कुलका मानिसहरूका अगुवा होस्।
6
उसको दलको संख्या 54,400 हुन्छ।
7
जबूलूनका कुल इस्साखारको छेउमा बस्नेछ। हेलोनको छोरा एलिआब, जबूलून कुलका मानिसहरूका अगुवा होस्।
8
उसको दलको संख्या 57,400 हुन्छ।
9
यहूदाको छाउनीमा तिनीहरूका दलअनुसार राखिएका पुरुषहरूको संख्या 1,86,400 हो। तिनीहरू अरू कुलहरूभन्दा पहिला जानेछन्।
10
दक्षिण दिशामा: रूबेनका दलहरू आफ्ना कुलका झण्डामुनि छाउनीमा रहनेछन्। शदेऊरको छोरा एलिसूर, रूबेनका कुलका मानिसहरूका अगुवा होस्।
11
उसको दलको संख्या 46,500 हुन्छ।
12
तिनीहरूपछि शिमियोनको कुलले छाउनी लगाउनेछ। सूरीशद्दैको छोरो शलूमीएल, शिमियोन कुलका मानिसहरूका अगुवा होस्।
13
उसको दलको संख्या 59,300 हुन्छ।
14
त्यसपछि गादको कुल हुनेछ। देउएलका छोरा एल्यासाप, गाद कुलका मानिसहरूका अगुवा होस्।
15
तिनको दलको संख्या 45,650 हुन्छ।
16
रूबेनको छाउनीमा राखिएका सबै मानिसहरूका संख्या तिनीहरूका दलअनुसार 1,51,450 हो। यिनीहरू दोस्रो लहरमा हिँड्नेछन्।
17
त्यसपछि भेट हुने पाल र लेवीहरूका छाउनी, छाउनीहरूका बीचबाट भएर जानेछन्। तिनीहरू आ-आफ्ना छाउनीमा जसरी बस्छन्, त्यही प्रकारले तिनीहरू हरेक आ-आफ्नै पङ्क्तिमा आ-आफ्नै झण्डामुनि हिँड्नेछन्।
18
पश्चिम दिशातिर: एफ्राइमको छाउनीका दलहरू आफ्ना झण्डामुनि हुनेछन्। अम्मीहूदका छोरा एलिशामा, एफ्राइम कुलका मानिसहरूका अगुवा होस्।
19
उसको दलको संख्या 40,500 हुन्छ।
20
त्यसपछि मनश्शेको कुल रहनेछ। पदासूरको छोरो गमलिएल, मनश्शे कुलका मानिसहरूका अगुवा होस्।
21
उसको दलको संख्या 32,200 हुन्छ।
22
त्यसपछि बेन्यामीनको कुल रहनेछ। गिदोनीका छोरा अबीदान बेन्यामीन कुलका मानिसहरूको अगुवा होस्।
23
उसको दलको संख्या 35,400 हुन्छ।
24
एफ्राइमको छाउनीमा राखिएका सबै मानिसहरूको संख्या तिनीहरूका दलअनुसार 1,08,100 हो। तिनीहरूको दल तेस्रो लहरमा हिँड्नेछन्।
25
उत्तर दिशातिर: दानको छाउनीका दलहरू आफ्ना झण्डामुनि हुनेछन्। अम्मीशद्दैका छोरा अहीएजेर, दान कुलका मानिसहरूका अगुवा होस्।
26
उसको दलको संख्या 62,700 हुन्छ।
27
त्यस पछिको छाउनी आशेरको कुलको हुनेछ। ओक्रानकोका छोरा पगीएल, आशेर कुलका मानिसहरूका अगुवा होस्।
28
उसको दलको संख्या 41,500 हुन्छ।
29
त्यसपछि नाप्ताली कुलको दल हुनेछ। एनानको छोरो अहीरा, नप्तालीका मानिसहरूका अगुवा होस्।
30
उसको दलको संख्या 53,400 हुन्छ।
31
दानको छाउनीमा राखिएका सबै मानिसहरूका संख्या 1,57,600 हो। तिनीहरू आफ्ना झण्डामुनि सबैभन्दा पछि हिँड्नेछन्।
32
यिनै इस्राएलीहरू तिनीहरूका परिवारअनुसार गनिएका हुन्। छाउनीहरूमा भएका सबै मानिसहरू तिनीहरूका दलअनुसार सबैको संख्या 6,03,550 थियो।
33
याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ, लेवीहरूलाई अरू इस्राएलीहरूसँग गन्ती गरिएका थिएनन्।
34
यसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले गरे; यसरी तिनीहरूले तिनीहरूका झण्डामुनि छाउनी हाले। अनि त्यसरी नै तिनीहरू हरेक आ-आफ्नै वंश र परिवारसँग हिँडे।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36