bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Proverbs 10
Proverbs 10
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 11 →
1
सोलोमनका हितोपदेश: बुद्धिमान् छोराछोरीले आफ्ना बुबालाई खुशी तुल्याउँछन्, तर मूर्ख छोराछोरीले आफ्नी आमालाई पिरोल्छन्।
2
अन्यायसँग कमाएको धन केही मूल्यको हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ।
3
याहवेहले धर्मीहरूलाई भोकै राख्नुहुन्न; तर उहाँले दुष्टको लालसालाई विफल पार्नुहुन्छ।
4
अल्छी हातहरूले मानिसलाई गरिब बनाउँछन्, तर परिश्रमी हातहरूले सम्पत्ति आर्जन गर्छन्।
5
ग्रीष्म ऋतुमा अन्नको प्रबन्ध गर्ने छोराछोरी बुद्धिमान् हुन्; तर कटनीको समयमा सुत्ने छोराछोरी शर्म लाग्दा हुन्।
6
धर्मीको शिरमाथि आशिष्हरूका मुकुट रहन्छन्, तर दुष्ट मानिसको मुखमा हिंसा लुकेको हुन्छ।
7
धर्मीको नाम आशिष्मा प्रयोग गरिन्छ, तर दुष्टको नामचाहिँ कुहिएर जानेछ।
8
हृदयमा बुद्धिमान् हुनेहरूले आज्ञाहरू ग्रहण गर्छन्, तर बकबके मूर्खको विनाश हुन्छ।
9
इमानदार मानिस निर्धक्क भई जिउँछ; तर टेढो मार्गमा हिँड्ने पक्राउ पर्नेछ।
10
कपटपूर्ण आँखा झिम्काउनेले शोक ल्याउँछ; अनि बकबक गर्ने मूर्ख सर्वनाशमा पुग्छ।
11
धर्मीको मुख जीवनको फोहोरा हो, तर दुष्टको मुखमा हिंसा लुकेको हुन्छ।
12
घृणाले फाटो उब्जाउँछ; तर प्रेमले सबै अपराधहरू ढाक्दछ।
13
समझदार व्यक्तिका ओठमा बुद्धिका कुरा पाइन्छ; तर विवेकहीनहरूका पिठिउँमा त छडी पर्छ।
14
बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्; तर मूर्खको मुखले विनाश निम्त्याउँछ।
15
धनीको धन नै तिनीहरूका किल्ला भएको सहर हो, तर दरिद्रता गरिबहरूको विनाश हो।
16
धर्मीको ज्याला तिनीहरूको जीवन हो, तर दुष्टको कमाइ पाप र मृत्यु हो।
17
अनुशासन पालन गर्ने जीवनको बाटोमा जान्छ, तर जसले सुधारलाई बेवास्ता गर्छ, त्यसले अरूलाई पथभ्रष्ट पार्छ।
18
जसले आफूमा घृणा लुकाएर राख्छ, उसको जिब्रो छली हुन्छ र जसले निन्दा फैलाउँछ, त्यो मूर्ख हो।
19
जब बढ्ता बोलिन्छ, पापले बढी स्थान पाउँछ; तर बुद्धिमान्ले आफ्नो जिब्रोमा लगाम लगाउँछ।
20
धर्मीको जिब्रो निखुर चाँदी हो; तर दुष्टको हृदय भने केही मूल्यको हुँदैन।
21
धर्मीको ओठले धेरैलाई उत्साह दिन्छ, तर मूर्खहरू विवेकको अभावले मर्छन्।
22
याहवेहको आशिष्ले धनसम्पत्ति ल्याउँछ; अनि उहाँले यसमा दुःख थप्नुहुन्न।
23
मूर्खहरू दुष्ट चालमा आनन्दित हुन्छन्, तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्न हुन्छ।
24
तिनीहरूलाई त्रसित बनाउने कुरा नै दुष्टमाथि आइपर्नेछ; धर्मीले जे इच्छा गर्छ, त्यो पूरा गरिनेछ।
25
आँधीबेहरी आएपछि दुष्टहरू सोहोरिएर गइहाल्छन्; तर धर्मीचाहिँ अन्त्यसम्मै स्थिर रहन्छन्।
26
दाँतलाई सिर्का र आँखालाई धुवाँजस्तै, अल्छे पनि त्यसलाई पठाउनेको निम्ति त्यस्तै हुन्।
27
याहवेहप्रति गरिएको श्रद्धाले जीवनको आयु लामो पार्छ; तर दुष्टका आयुचाहिँ घटाइन्छ,
28
धर्मीका आशा आनन्दमय हुन्छ; तर दुष्टहरूको आशा पूरा हुनेछैन।
29
याहवेहको मार्ग धर्मीहरूको निम्ति शरणस्थान हो; तर दुष्ट काम गर्नेहरूको निम्ति त्यो विनाश हो।
30
धर्मी कहिल्यै उखेलिनेछैन; तर दुष्ट पृथ्वीमा स्थिर रहनेछैन।
31
धर्मीको मुखबाट बुद्धिका कुरा निस्किन्छ, तर भड्काउने जिब्रो काटिनेछ।
32
धर्मीका ओठले उचित कुरा जान्दछन्; तर दुष्टको मुखले टेढामेढा कुराहरू मात्र जान्दछ।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31