bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Proverbs 29
Proverbs 29
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 28
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 30 →
1
बारम्बार हप्की पाएर पनि अटेरी भई बस्ने मानिस, अचानक नाश हुनेछ—उपाय नै नरहने गरी।
2
धर्मीको फलिफाप हुँदा मानिसहरू रमाउँछन्; दुष्टले शासन गर्दा मानिसहरू सुस्केरा हाल्छन्।
3
बुद्धि मन पराउने मानिसले आफ्ना बुबालाई आनन्दित तुल्याउँछ; तर वेश्याहरूसँग सङ्गत गर्नेले आफ्नो धनसम्पत्ति बेकाममा उडाउँछ।
4
राजाले न्यायद्वारा देशलाई स्थिर राख्छन्; तर घूसको लोभ गर्नेले देशलाई सर्वनाश पार्छ।
5
जसले आफ्नो छिमेकीलाई फुर्काउँछ, त्यसले त्यसका खुट्टामुनि जाल बिछ्याउँछ।
6
दुष्ट मानिस त्यसका आफ्नै पापको कारण पासोमा पर्छ; तर धर्मी आनन्दले चिच्याउँछ र खुशी हुन्छ।
7
धर्मीले गरिबको न्यायको वास्ता गर्छ; तर दुष्टलाई चाहिँ त्यसबारे वास्तै हुँदैन।
8
गिल्ला गर्नेले सहरभरि हल्ला मच्चाउँछ; तर बुद्धिमान् मानिसले रिस शान्त गराउँछ।
9
यदि बुद्धिमान् मानिस मूर्खसित अदालतमा गयो भने, मूर्खको रिस र उपहासले त्यहाँ शान्ति हुँदैन।
10
रक्तपात गर्ने मानिसहरूले इमानदार मानिसलाई घृणा गर्छन्; र धर्मीलाई मार्न खोज्छन्।
11
मूर्खले आफ्नो क्रोध पूर्ण रूपमा पोखाउँछ, तर बुद्धिमान्ले यसलाई नियन्त्रणमा राख्छ।
12
यदि कुनै शासकले झूटो कुरा सुन्यो भने, त्यसका सबै अधिकारीहरू दुष्ट हुनेछन्।
13
गरिब र अत्याचारीमा यो कुरा समान हुन्छ: याहवेहले तिनीहरू दुवैका आँखालाई उज्यालो पार्नुहुन्छ।
14
यदि राजाले गरिबहरूको ठिक न्याय गर्छन् भने, तिनको सिंहासन सदाको निम्ति स्थापित रहनेछ।
15
सुधारको छडी र हप्कीले बुद्धि प्रदान गर्छ, तर अनुशासनहीन छोराछोरीले आफ्नी आमाको बेइज्जत गर्छन्।
16
जब दुष्टको फलिफाप हुन्छ, तब पापको पनि फलिफाप हुन्छ; तर धर्मीले तिनीहरूको पतन देख्नेछ।
17
आफ्ना छोराछोरीलाई अनुशासनमा राख, तिनीहरूले तिमीलाई शान्ति दिनेछन्; तिमीले चाहेको खुशी तिनीहरूले ल्याउनेछन्।
18
जहाँ दर्शन छैन, त्यहाँ मानिसहरू आफूखुशी गर्छन्; तर त्यो मानिस धन्यको हो, जसले व्यवस्थालाई पालन गर्दछ।
19
दासहरूलाई वचनले मात्र सुधार्न सकिँदैन; तिनीहरूले बुझे तापनि प्रतिउत्तर दिँदैनन्।
20
के हतारसित बोल्ने मानिसलाई देखेका छौ? त्यसका निम्ति भन्दा त बरु एउटा मूर्खका निम्ति धेरै आशा हुन्छ।
21
मानिसले आफ्नो दासलाई बाल्यकालदेखि नै पुलपुलायो भने, अन्त्यमा त्यो समस्या बन्नेछ।
22
क्रोधी मानिसले झगडा मच्चाउँछ, अनि गरम मिजास भएका मानिसले धेरै पाप गर्छ।
23
मानिसको अहङ्कारले त्यसलाई पतन गराउँछ; तर कोमल आत्मा भएको मानिसले सम्मान पाउँछ।
24
चोरको साझेदार हुने त्यसको आफैँ शत्रु हुन्छ; त्यसले शपथ खाएर पनि साक्षी दिन आँटै गर्दैन।
25
मानिसको डर पासोमा प्रमाणित हुन्छ; तर जसले याहवेहमाथि भरोसा राख्छ, ऊ सुरक्षित रहन्छ।
26
धेरैले शासकको निगाह प्राप्त गर्न चाहन्छन्; तर मानिसले याहवेहबाट मात्र न्याय पाउँछ।
27
भ्रष्ट मानिसले धर्मीलाई घृणा गर्छ; र दुष्टले धर्मी जीवन जिउनेलाई घृणा गर्छ।
← Chapter 28
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 30 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31