bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Proverbs 3
Proverbs 3
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 4 →
1
हे मेरो छोराछोरी, मेरो शिक्षालाई नबिर्स; तर मेरा आज्ञाहरूलाई आफ्नो हृदयमा लुकाइराख;
2
किनकि यसले तिमीलाई दीर्घायु बनाउनेछ, र तिम्रा लागि शान्ति र उन्नति ल्याउनेछ।
3
प्रेम र विश्वासयोग्यताले तिमीलाई कहिल्यै नछोडून्, ती तिमीले आफ्नो गलामा बाँधिराख, ती तिमीले आफ्नो हृदयको पाटीमा लेखिराख।
4
तब तिमीले परमेश्वर र मानिसहरूको दृष्टिमा निगाह र असल नाम कमाउनेछौ।
5
तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर!
6
आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प, र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ।
7
आफ्नै दृष्टिमा बुद्धिमान् नबन; याहवेहको डर मान, र दुष्कर्मलाई त्याग!
8
यसले तिम्रो शरीरलाई स्वस्थ तुल्याउनेछ र तिम्रा हड्डीहरूलाई पोषण दिनेछ।
9
आफ्ना धनसम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले याहवेहलाई आदर गर।
10
तब तिम्रा ढुकुटीहरू भरिएर पोखिनेछन्, र तिम्रा घ्याम्पाहरू नयाँ दाखमद्यले भरिपूर्ण हुनेछन्।
11
हे मेरा छोराछोरी, याहवेहको अनुशासनलाई तुच्छ नठान, र उहाँको हप्कीप्रति चित्त नदुःखाऊ;
12
किनकि जसलाई याहवेहले प्रेम गर्नुहुन्छ, उसलाई नै उहाँले अनुशासन गर्नुहुन्छ, जसरी बुबाले आफ्नो प्यारो छोरालाई ताडना दिन्छन्।
13
त्यो मानिस धन्यको हो, जसले बुद्धि प्राप्त गर्छ, र जसले समझशक्ति प्राप्त गर्छ,
14
किनकि यो चाँदीभन्दा लाभदायक हुन्छ, र यसले सुनभन्दा उत्तम प्रतिफल दिन्छ।
15
बुद्धि माणिकहरूभन्दा पनि मूल्यवान् हुन्छ, तिमीले इच्छा गरेका कुनै पनि थोक यससँग तुलना गर्न सकिँदैन।
16
यसको दाहिने हातमा दीर्घायु छ, र यसको देब्रे हातमा धनसम्पत्ति र सम्मान छन्।
17
यसका मार्गहरू आनन्ददायक हुन्छन्, र यसका सबै बाटाहरू शान्तिका हुन्छन्।
18
यसलाई पक्रिरहनेहरूका निम्ति यो जीवनको रूख हो, यसलाई अपनाउनेहरूका लागि आशिष् हो।
19
बुद्धिद्वारा नै याहवेहले पृथ्वीको जग बसाल्नुभयो, समझशक्तिद्वारा उहाँले स्वर्गहरूलाई ठिक ठाउँमा राख्नुभयो,
20
उहाँको ज्ञानद्वारा सागरका गहिराइहरू भाग-भाग भए, र बादलहरूले शीत वृष्टि गरे।
21
हे मेरो छोरोछोरी, बुद्धि र समझशक्तिलाई तिम्रो दृष्टिबाट जान नदेऊ, उचित न्याय र विवेकलाई जोगाइराख,
22
ती तिम्रा निम्ति जीवन, र तिम्रा गलामा शोभायमान गहनाजस्तै हुनेछन्।
23
तब तिमी आफ्नो मार्गमा सुरक्षित भई हिँड्नेछौँ, तब तिम्रा खुट्टाले ठेस खानेछैन।
24
जब तिमी ढल्किनेछौ, तब तिमीलाई डर लाग्नेछैन, जब तिमी ढल्किनेछौ, तिमीलाई मिठो निद्रा लाग्नेछ।
25
तिमीलाई अचानक आउने विपत्तिको अथवा दुष्टमाथि आइपर्ने विनाशको डर हुनेछैन।
26
किनकि याहवेह तिम्रो भरोसा हुनुहुनेछ, र उहाँले तिम्रो खुट्टाहरूलाई पासोमा फस्नदेखि बचाउनुहुनेछ।
27
जसलाई भलाइ गर्नुपर्ने हो, तिम्रो बल होउन्जेल त्यसलाई नरोक।
28
तिमीसित दिनलाई केही कुरा छ भने, आफ्नो छिमेकीलाई “पछि आऊ, म तिमीलाई भोलि दिनेछु” भनी नभन!
29
आफ्नो नजिकमा भरपर्दो गरी बस्ने छिमेकीको विरुद्धमा षड्यन्त्र नरच।
30
कारणविना कुनै मानिसलाई दोष नलगाऊ, जसले तिम्रो कुनै हानि गरेको छैन।
31
हिंसात्मक मानिसप्रति डाही नबन, अथवा त्यसको कुनै पनि बाटो नरोज।
32
किनकि याहवेहले दुष्ट मानिसलाई घृणा गर्नुहुन्छ, तर धर्मीहरूलाई आफ्नो विश्वासपात्र बनाउनुहुन्छ।
33
दुष्टको घरमा याहवेहको श्राप रहन्छ; तर धर्मीको घरलाई उहाँले आशिष् दिनुहुन्छ।
34
गिल्ला गर्ने घमण्डीहरूलाई उहाँले गिल्ला गर्नुहुन्छ, तर नम्र र पीडितहरूलाई उहाँले अनुग्रह दिनुहुन्छ।
35
बुद्धिमान्हरूले सम्मान प्राप्त गर्दछन्; तर मूर्खहरूलाई उहाँले लाजमा पार्नुहुनेछ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31