bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Proverbs 7
Proverbs 7
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 8 →
1
हे मेरो छोरा, मेरा वचनहरू पालन गर, र मेरा आज्ञाहरूलाई आफूभित्र साँचिराख।
2
मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ, मेरा अर्तीहरूलाई आफ्नो आँखाको नानीजस्तै जोगाइराख।
3
तिनलाई तिम्रा औँलाहरूमा बाँधिराख, तिनलाई आफ्नो हृदयको पाटीमा लेखिराख।
4
बुद्धिलाई भन, “तिमी मेरी बहिनी हौ,” र समझशक्तिलाई चाहिँ “तिमी मेरो आफन्त हौ।”
5
तिनले तिमीलाई व्यभिचारिणी स्त्रीबाट र स्वेच्छाचारी स्त्रीको चिप्ले कुराबाट बचाउनेछन्।
6
आफ्नो घरको झ्यालमा त्यसको आँखीझ्यालबाट मैले बाहिर हेरेँ।
7
मैले सोझाहरूको बीचमा, मैले जवान मानिसहरूमध्ये विवेक नभएको एउटा जवानलाई देखेँ।
8
त्यो तल सडक छेउको त्यस स्त्रीको घरको कुनामा जाँदैथियो; त्यो त्यसकै घरको कुनातिर हिँड्दैथियो।
9
दिन ढल्दै गरेको साँझको समय थियो, रातको अन्धकार बढ्दै थियो।
10
तब एउटी स्त्री त्यसलाई भेट्न आई, चरित्रहीन स्त्रीको जस्तै वस्त्र पहिरेकी र धूर्त नियत भएकी,
11
(त्यो चञ्चल र अभिमानी छे; त्यसका पाउहरू कहिल्यै घरमा बास बस्दैनन्,
12
त्यो कहिले सडकमा त कहिले चोकहरूमा हुन्छे; त्यो प्रत्येक कुनाकाप्चामा ढुकिबस्छे।)
13
तब त्यसले त्यसलाई समाती र चुम्बन गरी, अनि लाजै नमानी त्यसले भनी:
14
“मैले घरमा मेलबलि चढाउनु परेको छ; आज मैले आफ्नो भाकल पूरा गरेकी छु।
15
त्यसैले म तपाईंलाई भेट्न बाहिर आएकी हुँ, मैले तपाईंलाई खोजेँ, र अहिले भेट्टाएकी छु!
16
मैले मेरो ओछ्यानमा इजिप्टबाट ल्याएको मलमलको रङ्गीन तन्ना बिछ्याएकी छु।
17
मैले मेरो ओछ्यानमा मूर्र, एलवा र दालचिनीको सुघन्धित अत्तर छर्केकी छु।
18
आउनुहोस्, हामी बिहानसम्मै प्रेमले तृप्त बनौँ, हामी प्रेममा मस्त होऔँ!
19
मेरा पति घरमा हुनुहुन्न, उहाँ लामो यात्रामा जानुभएको छ।
20
उहाँले आफ्नो थैलीभरि रकम लानुभएको छ, र उहाँ पूर्णिमाको अगि घर फर्कनुहुन्न।”
21
लोभ्याउने वचनहरूले उसले त्यसलाई बहकाई; उसले त्यसलाई मोहित कुराले फसाई।
22
मारिनका निम्ति लगिएको गोरुझैँ, पासोमा फस्न लागेको मृगझैँ, त्यो तुरुन्तै त्यस स्त्रीको पछि लाग्यो,
23
काँडले त्यसको कलेजो नरोपिएसम्म, एउटा चरा पासोमा पर्नलाई वेगसित उडिआए जस्तै, त्यसलाई आफ्नो प्राण गुमाउनुपर्छ भन्ने थाहा हुँदैन।
24
अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, म जे भन्छु, त्यसमा ध्यान देओ।
25
त्यस्ता स्त्रीतर्फ आफ्ना हृदय नफर्काओ, न त त्यसका मार्गहरूतिर हिँड।
26
त्यसले धेरैलाई शिकार बनाएकी छे; त्यसद्वारा नष्ट पारिएकाहरू असंख्य छन्।
27
त्यसको घर चिहानको राजमार्ग हो, जसले मृत्युका कोठाहरूतिर पुर्याउँछ।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31