bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Proverbs 19
Proverbs 19
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 20 →
1
भ्रष्ट ओठ भएको मानिसभन्दा त निर्दोष जीवन भएको गरिब असल हो।
2
ज्ञानविनाको उत्साह असल हुँदैन; हतार गर्नेले बाटो बिराउँछ।
3
मानिसको आफ्नै मूर्खताले त्यसको जीवन बरबादीमा पुर्याउँछ; तरै पनि त्यसको हृदयले याहवेहको विरुद्धमा रिस प्रकट गर्छ।
4
धनले धेरै मित्रहरू बनाउँछ; तर गरिबको सबैभन्दा नजिकको साथीले पनि तिनीहरूलाई त्यागिदिन्छ।
5
झूटो गवाही दिने दण्ड नपाई उम्कनेछैन, र झूटो कुरा गर्ने मानिस स्वतन्त्र हुँदैन।
6
धेरैले शासकदेखि निगाह प्राप्त गर्न चाहन्छन्; र सबै मानिसहरू उपहार दिनेको मित्र हुन्छन्।
7
गरिब मानिस आफ्नै नातेदारहरूद्वारा घृणा गरिन्छ, त्यसका मित्रहरू झन् त्यसबाट कति टाढा रहलान्! त्यसले बिन्तीभाउ गरी तिनीहरूका पछि लागे तापनि तिनीहरू केही प्रतिक्रिया दिँदैनन् ।
8
बुद्धि पाउनेले आफ्नै जीवनलाई प्रेम गर्छ; समझशक्तिको कदर गर्ने व्यक्तिको फलिफाप हुन्छ।
9
झूटो गवाही दिने दण्ड नपाई उम्कनेछैन; र झूटो कुरा गर्ने नष्ट हुनेछ।
10
मूर्खलाई विलासी भएर बस्न सुहाउँदैन; दासलाई राजकुमारहरूमाथि शासन गर्न झन् पटक्कै सुहाउँदैन!
11
बुद्धिले मानिसलाई धैर्यता दिन्छ; अपराध बेवास्ता गर्नुचाहिँ उसको लागि महिमा हुन्छ।
12
राजाको क्रोध सिंहको गर्जनजस्तै हुन्छ; तर तिनको निगाहचाहिँ घाँसमाथि परेको शीतजस्तै हुन्छ।
13
मूर्ख छोराछोरी आफ्ना बुबाको लागि पतन हो; र कचकचे पत्नीचाहिँ तपतप चुहिरहने छानाजस्तै हो।
14
घर र सम्पत्ति आमाबुबाबाट आएका हुन्छन्, तर विवेकी पत्नीचाहिँ याहवेहले मात्र दिन सक्नुहुन्छ।
15
अल्छेपनले घोर निद्रा ल्याउँछ, र काम नगर्ने मानिस भोकै रहन्छ।
16
आज्ञापालन गर्नेले आफ्नो जीवनको रक्षा गर्छ, तर तिनलाई तिरस्कार गर्नेहरू मर्नेछन्।
17
गरिबहरूप्रति दयालु हुनेले याहवेहलाई सापट दिन्छ, र उहाँले तिनीहरूको कामको प्रतिफल फिर्ता दिनुहुनेछ।
18
आफ्नो छोराछोरीलाई अनुशासनमा राख; किनकि त्यसमा आशा हुन्छ, तिनीहरूको मृत्युमा सहभागी नहोऊ।
19
रिसाहा मानिसले परिणाम भोग्नैपर्छ; त्यसलाई उम्कन दियौ भने फेरि पनि तिमीले त्यसै गर्नुपर्नेछ।
20
सल्लाह सुन, र अनुशासनलाई ग्रहण गर, र तिम्रो जीवनभरि तिमी बुद्धिमान् हुनेछौ।
21
मानिसका हृदयमा धेरै योजनाहरू हुन्छन्, तर अन्ततः याहवेहकै उद्देश्य पूरा हुन्छ।
22
मानिसले अचुक प्रेमको इच्छा राख्छ; झूटो बोल्ने हुनुभन्दा बरु गरिब हुनु नै बेस हो।
23
याहवेहप्रतिको श्रद्धाले जीवनमा पुर्याउँछ, तब मानिस ढुक्कसँग रहन्छ; दुःखले त्यसलाई छुँदैन।
24
अल्छेले आफ्नो हात थालमा हाल्छ, र त्यसले आफ्नो हात उठाएर मुखसम्म पनि ल्याउन चाहँदैन!
25
गिल्ला गर्नेलाई कोर्रा लगाऊ, यो देखेर सोझो मानिस चनाखो बन्नेछ; विवेकशील मानिसहरूलाई हप्काऊ, र तिनीहरूले ज्ञान बढाउनेछन्।
26
आफ्ना बुबालाई लुट्ने र आफ्नी आमालाई बाहिर निकाल्ने छोराछोरीले शर्म र कलङ्क ल्याउँदछन्।
27
हे मेरा छोराछोरी, अर्तीलाई सुन्न छोड्यौ भने, तिमीहरू ज्ञानका वचनहरूदेखि बहकिनेछौ।
28
भ्रष्ट गवाहीले न्यायलाई खिसी गर्छ, र दुष्टको मुखले दुष्टतालाई निल्छ।
29
खिसी गर्नेहरूका निम्ति दण्डहरू, र मूर्खहरूका पिठिउँका निम्ति पिटाइहरू तयार पारिएका हुन्छन्।
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31