bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Proverbs 16
Proverbs 16
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 17 →
1
हृदयका योजनाहरू मानिसका हुन्; तर जिब्रोको ठिक जवाफ भने याहवेहबाट नै आउँछ।
2
हरेक मानिसलाई आफ्ना मार्गहरू निर्दोष लाग्छ; तर अभिप्रायहरू याहवेहबाट नै जाँचिएका हुन्छन्।
3
तिमीले गर्ने जुनसुकै कुरा याहवेहलाई सुम्पिदेऊ, र उहाँले तिम्रा योजनाहरू सफल पार्नुहुनेछ।
4
याहवेहले हरेक कुरा आफ्नै उद्देश्यका निम्ति बनाउनुहुन्छ; उहाँले दुष्टलाई समेत विनाशको दिनको निम्ति राख्नुभएको छ।
5
हृदयमा अहङ्कार भएका सबैलाई याहवेहले घृणा गर्नुहुन्छ; यो निश्चित छ, तिनीहरू दण्ड नपाई छोडिनेछैनन्।
6
प्रेम र सत्यताद्वारा पापको प्रायश्चित हुन्छ; याहवेहप्रतिको श्रद्धाद्वारा मानिस खराबीदेखि अलग रहन्छ।
7
जब कुनै मानिसको जीवन याहवेहको दृष्टिमा मनपर्दो हुन्छ, उहाँले त्यसका शत्रुलाई पनि त्यससित मिलापमा ल्याउनुहुन्छ।
8
बेइमानी गरेर कमाएको प्रशस्त कमाइभन्दा, धार्मिकताको साथमा थोरै भएको असल हुन्छ।
9
मानिसले हृदयमा आफ्नो योजना बनाउँछ; तर त्यसका कदमहरू भने याहवेहले नै निर्धारण गर्नुहुन्छ।
10
राजाको ओठले ईश्वरवाणी बोल्दछ; र तिनको मुखले न्यायलाई चोट पुर्याउनुहुँदैन।
11
ठिक तराजु र तौल याहवेहकै हुन्, थैलोभित्रका सबै ढकहरू उहाँद्वारा नै बनिएका हुन्।
12
राजाहरूले कुकर्मलाई घृणा गर्दछन्, किनकि धार्मिकताद्वारा नै सिंहासन स्थापित हुन्छ।
13
राजाहरूले इमानदार ओठलाई मन पराउँछन्; सत्य बोल्ने मानिसलाई तिनीहरूले मन पराउँछन्।
14
राजाको क्रोध मृत्युको दूत हो, तर बुद्धिमान् मानिसले त्यसलाई शान्त गराउँछ।
15
जब राजाको अनुहार उज्यालो हुन्छ, तब त्यसको अर्थ जीवन हुन्छ; अनि तिनको निगाह बसन्त ऋतुका झरीको बादलजस्तै हो।
16
सुनभन्दा बुद्धि प्राप्त गर्नु, र चाँदीभन्दा समझदारी रोज्नु कत्ति असल हो!
17
धर्मीको राजमार्ग खराबीदेखि अलग रहन्छ; आफ्नो चालको रक्षा गर्नेहरूले आफ्नो जीवनको रक्षा गर्छन्।
18
विनाशको अगि अहङ्कार आउँछ, र पतनको अगि घमण्डी आत्मा आउँछ।
19
अहङ्कारीहरूसित लुटको मालमा सहभागी हुनुभन्दा आत्मामा नम्र भई थिचोमिचोमा परेकाहरूका बीचमा रहनु असल हो।
20
जसले निर्देशनलाई ध्यान दिन्छ, उसको उन्नति हुन्छ, धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ।
21
हृदयमा बुद्धिमान् हुनेहरूलाई विवेकशील भनिन्छन्, र मिठा वचनहरूले अर्तीलाई उत्साहित पार्छन्।
22
समझशक्ति भएकाहरूका निम्ति त्यो जीवनको मूल हो, तर मूर्खताले मूर्खहरूमाथि दण्ड ल्याउँछ।
23
बुद्धिमान् मानिसको हृदयले बुद्धि ल्याउँछ, र त्यसका ओठले अर्तीलाई बढाउँछ।
24
मिठा वचनहरू महको चाकाजस्तै हुन्छन्, जो प्राणको निम्ति मिठो र हड्डीलाई निको पार्ने हुन्छ।
25
कुनै बाटो मानिसलाई ठिक लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ।
26
परिश्रमीको पेटले त्यसलाई काम गर्न लगाउँछ; त्यसको भोकले त्यसलाई काम गर्न लगाउँछ।
27
बदमासले दुष्ट युक्ति रच्दछ; र त्यसका बोलीवचन भतभती पोल्ने आगोजस्तै हुन्छ।
28
भ्रष्ट मानिसले विवाद उत्पन्न गराउँछ, र कुराउटेले घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ।
29
उपद्रवी मानिसले आफ्नो छिमेकीलाई लोभ्याउँछ, र त्यसले उसलाई खराब मार्गतिर लैजान्छ।
30
आफ्नो आँखा झिम्काउनेले षड्यन्त्र रचेको हुन्छ; आफ्ना ओठ लेब्र्याउनेले षड्यन्त्र रचेको हुन्छ।
31
फूलेको केश शोभाको मुकुट हो, यो धर्मी जीवनबाट प्राप्त हुँदछ।
32
धैर्यवान् मानिस हुनु लडाइँका योद्धा हुनुभन्दा उत्तम हो, आफ्नो आत्मा नियन्त्रण राख्नु सहर कब्जा गर्नुभन्दा बेस हो।
33
चिट्ठा त हालिन्छ, तर त्यसको हरेक निर्णय याहवेहबाट नै हुन्छ।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31