bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Proverbs 30
Proverbs 30
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 31 →
1
याकेका छोरा आगूरका वचन—एक ईश्वरवाणी: यस मानिसले इतीएल र युकाललाई घोषणा गरेका हुन्:
2
निःसंदेह म एक जनावर हुँ, मानिस होइनँ; मसँग मानवीय समझशक्ति छैन।
3
मैले बुद्धि सिकिनँ, न त मसित पवित्र परमेश्वरको ज्ञान नै छ।
4
स्वर्गसम्म को उक्लेको छ, र तल ओर्लेर को आएको छ? कसका हातले बतासलाई समातेको छ? कसले पानीलाई वस्त्रमा बाँधेको छ? कसले पृथ्वीका सबै छेउलाई स्थापित गरेको छ? उहाँको नाम के हो, र उहाँको पुत्रको नाम के हो? यदि तिमीलाई थाहा छ भने मलाई भन!
5
“परमेश्वरका प्रत्येक वचन खोटरहित छ; उहाँमा शरण लिनेहरू सबैका निम्ति उहाँ ढाल हुनुहुन्छ।
6
उहाँका वचनहरूमा केही नथप; नत्रता उहाँले तिमीलाई हप्काउनुहुनेछ, र झूटो प्रमाणित गर्नुहुनेछ।
7
“हे याहवेह, तपाईंबाट म दुई कुराहरू माग्दछु; म मर्नुभन्दा अगि ती मबाट इन्कार नगर्नुहोस्:
8
असत्य र झूटो कुरा मबाट टाढा राखिदिनुहोस्; न मलाई गरिबी, न त धनसम्पत्ति नै दिनुहोस्; तर मलाई केवल दैनिक भोजन दिनुहोस्।
9
नत्रता मसित प्रशस्त भएर मैले तपाईंलाई इन्कार गरुँला, र भनुँला ‘याहवेह को हुनुहुन्छ र?’ अथवा म गरिब भएर चोरी गरुँला, र मेरा परमेश्वरको नामको अनादर गरुँला।
10
“कर्मचारीलाई त्यसको मालिकको सामु अपमान नगर्नू; नत्रता त्यसले तिमीलाई सराप्ला र तिमीले नोक्सानी उठाउनुपर्नेछ।
11
“यस्ताहरू पनि हुन्छन्, जसले आफ्ना बुबाहरूलाई सराप्छन्; र आफ्ना आमाहरूलाई धन्यका ठान्दैनन्।
12
तिनीहरू, जो आफ्नै दृष्टिमा शुद्ध छन्, र पनि आफ्ना अपवित्रताबाट चोख्याइएका छैनन्।
13
तिनीहरू, जसका आँखाहरू अति अहङ्कारी छन्! जसका आँखीभौँ घमण्डले उठेका छन्,
14
तिनीहरू, जसका दाँतहरू तरवारहरू हुन्, र जसका बङ्गाराहरू छुरीजस्तै छन्, जसले गरिबलाई पृथ्वीबाट र खाँचोमा परेकाहरूलाई मानव-जातिका माझमा निल्छन्।
15
“जुकाका दुई छोरीहरू छन्। तिनीहरू ‘देऊ! देऊ!’ भनी कराउँछन्। “तीन वटा कुराहरू छन्, जो कहिल्यै तृप्त हुँदैनन्; चार वटा कुराहरू छन्, जो कहिल्यै पुग्यो भन्दैनन्!
16
चिहान, बाँझो गर्भ; जमिन, जो कहिल्यै पानीदेखि तृप्त हुँदैन, र आगो, जसले कहिल्यै ‘पुग्यो!’ भनी भन्दैन।
17
“त्यो आँखा, जसले बुबालाई खिसी गर्छ, र आमाको आज्ञालाई तुच्छ ठान्छ, त्यसलाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्नेछन्, र गिद्धहरूले खानेछन्।
18
“तीन वटा कुराहरू छन्, जो मेरा निम्ति धेरै अचम्मका छन्; चार वटा, जो म बुझ्दिनँ:
19
आकाशमा गरुडको चाल; चट्टानमाथि सर्पको चाल, महासमुद्रमा जहाजको चाल; र स्त्रीसँग पुरुषको चाल।
20
“व्यभिचारिणी स्त्रीको चाल यस्तो हुन्छ: त्यसले खान्छे र आफ्नो मुख पुछ्छे, अनि त्यसपछि भन्छे, ‘मैले केही कुकर्म गरेकी छैनँ।’
21
“तीन वटा कुराहरूमा पृथ्वी काम्छ; चार वटा कुराहरू, जो त्यसले सहन सक्दैन:
22
नोकर, जब राजा बन्छ, मूर्खले पेटभरि भोजन खाएको,
23
माया नपाएकी स्त्रीले विवाह गरेकी, र नोकर्नी, जो आफ्नी मालिक्नीलाई पन्छाएर तिनको स्थानमा बस्छे।
24
“पृथ्वीमा चार वटा कुराहरू साना छन्, तापनि तिनीहरू अति बुद्धिमान् छन्:
25
कमिलाहरू, जो थोरै बल भएका प्राणी हुन्, तापनि तिनीहरूले ग्रीष्म ऋतुमा नै आफ्नो भोजनको सञ्चय गर्छन्,
26
भिर खरायोहरू थोरै बल भएका प्राणी हुन्, तापनि तिनीहरूले आफ्ना घर पहराहरूमा नै बनाउँछन्,
27
सलहहरूका राजा हुँदैनन्, तापनि तिनीहरू लहरै हुल बाँधेर अगि बढ्छन्।
28
माउसुली, जसलाई हातले समात्न सक्छौँ, तापनि त्यो राजाको महलहरूमा पाइन्छ।
29
“तीन वटा कुरा छन्, जसका हिँडाइ रवाफिला छन्; चार वटा कुरा छन्, जो शानसँग यताउता हिँड्छन्:
30
सिंह, जो पशुहरूमध्ये बलवान् हुन्छ, जो कसैदेखि पछि हट्दैन,
31
रवाफसित हिँड्ने भाले, बोको; अनि आफ्नो वरिपरि सेना राखेर हिँड्ने राजा।
32
“तिमी मूर्ख भएर आफूलाई उच्च पार्यौ भने, अथवा तिमीले दुष्ट युक्ति रच्यौ भने, तिम्रो मुखमाथि हात राख!
33
किनकि दूध मन्थन गरेर घिउ निस्केजस्तै, र नाक बटार्दा रगत निस्केजस्तै, रिसलाई चलाउँदा झगडा उत्पन्न हुन्छ।”
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 31 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31