bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Proverbs 25
Proverbs 25
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 26 →
1
सोलोमनका यी हितोपदेशहरू यहूदाका राजा हिजकियाका मानिसहरूले नक्कल गरे:
2
कुनै कुरा गोप्य राख्दा परमेश्वरको महिमा हुन्छ; कुनै कुरा खोजी निकाल्दा राजाहरूको महिमा हुन्छ,
3
जसरी आकाशहरू उच्च छन् र पृथ्वी गहिरो, त्यसरी नै राजाहरूका हृदय बुझ्न सकिँदैन।
4
चाँदीबाट अशुद्धता निकालिदेऊ, ताकि त्यसबाट शिल्पकारले कुनै सामान बनाओस्।
5
राजाको उपस्थितिबाट दुष्ट अधिकारीहरूलाई निकालिदेऊ, र तिनको सिंहासन धार्मिकतामाथि स्थापित हुनेछ।
6
राजाको उपस्थितिमा तिमीले आफूलाई उच्च नपार, र महान् व्यक्तिहरूको बीचमा आफ्नो स्थानको दाबी नगर।
7
तिनले तिमीलाई भारदारहरूका सामु अनादर गर्नुभन्दा, तिमीलाई “यहाँ माथितिर आऊ” भनिनुचाहिँ असल हुन्छ। तिमीले आफ्नो आँखाले देखेका कुरा
8
झट्टै अदालतमा नलैजाऊ; किनकि अन्त्यमा तिम्रो छिमेकीले तिमीलाई शर्ममा पार्यो भने तिमी के गर्छौ?
9
आफ्नो छिमेकीसित बहस गर्दा, अर्को मानिसको गोपनीयतामा विश्वासघात नगर,
10
नत्रता त्यो सुन्नेले तिमीलाई शर्ममा पार्नेछ, र तिम्रो बदनाम कहिल्यै मेटिनेछैन।
11
ठिकसित बोलिएको वचन चाँदीको डालोमा सुनका स्याउहरूजस्तै हुन्छन्।
12
सुन्ने कानलाई बुद्धिमान् मानिसको हप्की सुनका लुर्का अथवा निखुर सुनका गहनाजस्तै हो।
13
कटनीको समयमा हिउँको चिसोजस्तै, विश्वासयोग्य दूत उसलाई पठाउनेको निम्ति हुन्छ; उसले आफ्ना मालिकको आत्मालाई उत्साहित तुल्याउँछ।
14
झरीविनाका बादल र बतासजस्तै, आफूले नदिएको दानमा धाक लगाउने मानिस हुन्छ।
15
धैर्य गर्नाले शासकलाई मनाउन सकिन्छ; र मिठो वचनले हड्डी तोडिदिन सक्छ।
16
मह भेट्टायो भने चाहिने जति मात्र खाऊ; धेरै खायौ भने तिमीले बान्ता गर्नेछौ।
17
तिम्रो छिमेकीको घरमा कहिलेकाहीँ मात्र जाने गर; घरी-घरी देख्दा त्यसले तिमीलाई घृणा गर्नेछ।
18
आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी दिने मानिस मुङ्ग्रो र तरवार वा तीखो काँडजस्तै हो।
19
विपत्तिको समयमा विश्वासघाती मानिसमाथि भरोसा गर्नु, भाँचिएको दाँत अथवा भाँचिएको खुट्टाजस्तै हो।
20
दुःखी हृदय भएकालाई गीत सुनाइदिने मानिस, जाडोको दिनमा लुगा खोस्ने मानिसजस्तै अथवा घाउमा चूक हालेजस्तै हो।
21
यदि तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई भोजन खान देऊ; यदि त्यो तिर्खाएको छ भने त्यसलाई पानी पिउन देऊ।
22
यसो गर्नाले तिमीले त्यसको टाउकोमाथि बलिरहेका कोइलाहरू खन्याउनेछौ; र याहवेहले तिमीलाई पुरस्कार दिनुहुनेछ।
23
उत्तरी बतासले अचानक पानी ल्याएजस्तै धूर्त जिब्रोले रिसाएको अनुहारलाई ल्याउँछ।
24
कचकचे पत्नीसित एउटै घरमा बस्नुभन्दा घरको कौसीको एउटा कुनामा बस्नु असल हो।
25
टाढा देशबाट आएको शुभ समाचार, थाकेको प्राणको लागि चिसो पानीजस्तै हो।
26
दुष्ट मानिसको अगि झुक्ने धर्मी मानिस, हिलो पानीको मूल अथवा दूषित कुवाजस्तै हो।
27
धेरै मह खानु असल होइन, न त आफ्नै मान खोज्नु सम्मानजनक हो।
28
आत्मसंयम नभएका मानिस, पर्खाल भत्काइएको सहरजस्तै हो।
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 26 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31