bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Proverbs 2
Proverbs 2
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 3 →
1
हे मेरो छोरा, “यदि तिमीले मेरो वचन मान्यौ र मेरा आज्ञाहरू आफूभित्र सावधानीसाथ राख्यौ भने,
2
आफ्नो कान बुद्धिका कुरामा फर्कायौ र तिम्रो हृदयलाई समझशक्तितिर लगायौ भने,
3
साँच्चै, तिमीले अन्तर्दृष्टिको निम्ति आह्वान गर्यौ भने, र समझशक्तिको निम्ति जोडसित पुकार्यौ भने,
4
र तिमीले त्यसलाई चाँदीझैँ चाहना गर्यौ भने, अनि लुकाइएको गाडधनजस्तै त्यसलाई खोज्यौ भने,
5
तब तिमीले याहवेहप्रति भय मान्नुको अर्थ बुझ्नेछौ, र परमेश्वरको ज्ञान प्राप्त गर्नेछौ।”
6
किनकि याहवेहले बुद्धि दिनुहुन्छ, अनि उहाँकै मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्।
7
उहाँले धर्मीहरूका निम्ति सफलता साँचेर राख्नुहुन्छ; निर्दोष जीवन जिउनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ,
8
किनकि उहाँले न्यायका मार्गको रक्षा गर्नुहुन्छ, र उहाँले आफ्ना विश्वासयोग्य जनहरूका मार्ग सुरक्षित राख्नुहुन्छ।
9
तब तिमीले धार्मिकता, न्याय र निष्पक्षता के हो, हो, असल मार्ग के हो, त्यो बुझ्नेछौ।
10
किनकि बुद्धि तिम्रो हृदयमा पस्नेछ, र ज्ञानचाहिँ तिम्रो प्राणको निम्ति आनन्ददायक हुनेछ।
11
विवेकले तिमीलाई हेरचाह गर्नेछ, र समझशक्तिले तिम्रो रक्षा गर्नेछ।
12
बुद्धिले तिमीलाई दुष्ट मानिसको मार्ग, र भ्रष्ट कुरा गर्ने मानिसबाट जोगाउनेछ,
13
जसले अन्धकारका मार्गहरूमा हिँड्नका लागि सीधा मार्गहरू त्यागेका छन्,
14
जो खराबी गर्नमा रमाउँछन्, र दुष्टहरूका भ्रष्टतामा आनन्दित हुन्छन्,
15
जसका चालहरू टेढा, र आफ्ना मार्गहरूमा कुटिल छन्।
16
बुद्धिले तिमीलाई व्यभिचारिणी स्त्रीबाट र स्वेच्छाचारी स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ,
17
जुन स्त्रीले आफ्नो युवा अवस्थाको जीवन साथीलाई त्यागेकी छे, र त्यसले परमेश्वरसित बाँधेको करारलाई इन्कार गरेकी छे।
18
निश्चय नै त्यसको घरले मृत्युतिर र त्यसका मार्गहरूले मृतकहरूका आत्मातिर पुर्याउँछन्।
19
त्यससित जाने पुरुष फर्किआउँदैन, न त जीवनको मार्ग नै प्राप्त गर्छ।
20
यसरी तिमी असल मानिसहरूका कदम अनुसरण गर्नेछौ, र धर्मी मानिसको बाटोमा लागिरहनेछौ।
21
किनकि धर्मीहरू देशमा बास गर्नेछन्, र निर्दोष मानिसहरू त्यहाँ रहिरहनेछन्,
22
तर दुष्टहरूचाहिँ देशबाट हटाइनेछन्, र विश्वासघातीहरू त्यहाँबाट जरैसमेत उखालिनेछन्।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31