bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Corinthians 1
2 Corinthians 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 2 →
1
परमेश्वरकै इच्छाले ख्रीष्ट येशूको खबर ल्याउने प्रेरित म पावल र तिमोथी भाइ मिलेर कोरिन्थमा भएका परमेश्वरका मण्डली र अखैयामा चारैतिर बस्ने सबै ख्रीष्टका पवित्र जनहरूलाई यो लेख्दै छौं।
2
हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति देऊन्।
3
हाम्रा प्रभु येशू ख्रीष्टका पिता र परमेश्वरको जय-जयकार होस्। उहाँ दयालु पिता र पूरा सान्त्वना दिनुहुने परमेश्वर हुनुहुन्छ।
4
उहाँले नै हामीलाई सबै प्रकारका दु:खमा सान्त्वना दिनुहुन्छ। अरू दु:खमा पर्नेहरूलाई त्यसरी नै सान्त्वना दिन सकौं भनेर उहाँले हामीलाई हाम्रा दु:खमा सान्त्वना दिनुभएको छ।
5
ख्रीष्टको कष्टमा हाम्रो भाग छ। यसैकारणले नै ख्रीष्टको नाउँमा परमेश्वरले हामीलाई सान्त्वना दिनुहुन्छ।
6
हामीले दु:ख भोग्यौं भने त्यो तिमीहरूकै सान्त्वना र मुक्तिको निम्ति हो। हामीले सान्त्वना पायौं भने तिमीहरूले पनि सान्त्वना पाउनेछौ। तब धैर्यसाथ हामीले नै भोगेजस्तो दु:ख भोग्न र सहने शक्ति पनि तिमीहरूलाई मिल्नेछ।
7
यसकारण तिमीहरूमा भएको हाम्रो आशा कहिले पनि डग्मगिंदैन। हामीलाई थाहा छ, हामीले भोगेजस्तो दु:ख तिमीहरूले पनि भोग्छौ अनि हामीले नै पाएको जस्तो सान्त्वना तिमीहरूले पनि पाउँछौ।
8
भाइ हो, एशियामा हामीले भोगेको दु:खको बारेमा म तिमीहरूलाई सम्झना गराउन चाहन्छु। त्यहाँ हामीले यति साह्रो दु:ख पायौं, हामी बाँचौंला भन्ने आशै थिएन।
9
हामीलाई त अब ‘लौ, मर्ने बेला नै आइसकेछ’ भन्नेजस्तो लागेको थियो। आफैंमा भर पर्न होइन तर मरेकाहरूलाई नै बिउँताउनुहुने परमेश्वरमा मात्रै भर पर्न सकौं भनेर यस्तो भएको रहेछ।
10
उहाँले हामीलाई मृत्युको मुखबाट बचाउनुभयो र बचाउनुहुन्छ पनि। हामीले उहाँमा पूरा आशा राखेका छौं कि उहाँले हामीलाई फेरि पनि बचाउनुहुनेछ।
11
यसको लागि तिमीहरूको प्रार्थनाको सहायता हामीलाई चाहिन्छ। यसरी प्रार्थना गर्दा हाम्रा निम्ति चढाएका धेरै प्रार्थनाहरूको उत्तरमा परमेश्वरले हामीलाई आशीर्वाद दिनुहुनेछ र धेरैले हाम्रो लागि धन्यवाद दिनेछन्।
12
हामी नहिच्किचाई भन्न सक्दछौं कि यस संसारमा मात्र होइन तर तिमीहरूको अगि पनि हाम्रा चालचलन चोखो राख्यौं। यो साँचो मन हामीले परमेश्वरबाट पाएका हौं। यो परमेश्वरको अनुग्रहले मिलेको हो, मान्छेको ज्ञानले होइन।
13
[13-14] हामी तिमीहरूले सोझै पढेर बुझ्ने कुराहरू मात्र लेख्छौं। अहिलेसम्म तिमीहरूले थोरै मात्र बुझेका छौ, तर अब हामीलाई राम्ररी बुझ्नेछौ भन्ने आशा लागेको छ। प्रभु येशू आउनुहुँदा हामीले तिमीहरूका बारेमा घमण्ड गरेझैँ तिमीहरूले पनि हाम्रो बारेमा घमण्ड गर्न सक्छौ।
15
हामीले एक-अर्कालाई बुझ्छौं भन्ने कुरामा मलाई पक्का भरोसा थियो र नै मैले तिमीहरूलाई भेट्न आउने इच्छा गरेको थिएँ। यसरी तिमीहरूलाई दोबर फाइदा हुनेथियो।
16
माकेडोनिया जाँदा पनि तिमीहरूलाई भेटेर जाने र फर्कंदा पनि भेट्नेछु र तिमीहरूबाट यहूदिया जानलाई सहायता पाउनेछु भनी विचार गरें।
17
के मैले सोचविचार नगरी आउने बन्दोबस्त गरेको थिएँजस्तो तिमीहरूलाई लाग्छ? घरी हुन्छ, घरी हुँदैन भनेर के म आफ्नै स्वार्थलाई हेर्छु र?
18
परमेश्वर विश्वासयोग्य हुनुहुन्छ र म पनि घरी हुन्छ, घरी हुँदैन भनेर प्रतिज्ञा गर्दिनँ
19
किनकि सिलास, तिमोथी र मैले प्रचार गरेका परमेश्वरका पुत्र येशू ख्रीष्टमा ‘हो’ र ‘होइन’ ले बास गर्दैन। तर परमेश्वरको ‘हो’ ले उहाँमा बास गर्छ।
20
परमेश्वरका सबै प्रतिज्ञाहरू येशू ख्रीष्टमा पूरा हुन्छन्, यसैकारणले उहाँकै नाउँमा र परमेश्वरको आदरको निम्ति हामी ‘आमेन’ भन्दछौं।
21
परमेश्वरले नै हामी र तिमीहरूलाई ख्रीष्टमा दरिलो बनाउनुभएको छ। उही परमेश्वरले हामीलाई अलग गर्नुभएको छ
22
र मेरै हो भन्ने छाप लगाउनुभएको छ अनि उहाँले दिनुहुने सबै थोकको बैना हाम्रो हृदयमा पवित्र आत्मा दिनुभएको छ।
23
मेरो हृदय जान्नुहुने परमेश्वरलाई साक्षी राखेर म भन्दछु, तिमीहरूलाई अप्ठ्यारो नहोस् भनेर नै म कोरिन्थमा नआएको हुँ।
24
हामीहरूले तिमीहरूका जीवन र विश्वासलाई हाम्रो करमा पार्न खोजेका होइनौं किनभने विश्वासमा त तिमीहरू दरिलो छौ। तिमीहरूकै खुसीको लागि हामीहरू तिमीहरूसँग काम गर्दछौं।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13