bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Corinthians 8
2 Corinthians 8
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 9 →
1
दाजुभाइ हो, परमेश्वरले माकेडोनियाको मण्डलीलाई गर्नुभएको अनुग्रहको बारे तिमीहरूलाई हामी भन्न चाहन्छौं।
2
तिनीहरूले असाध्यै दु:खमा पनि आफ्नो ठूलो आनन्द प्रमाण गरी देखाए। तिनीहरू गरीब भएर पनि मन खोलेर दान दिए।
3
उनीहरूले आफ्नो औकातदेखि पनि धेरै दिए, त्यही पनि आफ्नो खुसीले दिए।
4
यसरी दान दिएर उनीहरूले हामी यहूदियामा हुने ख्रीष्टका पवित्र जनहरूको सहायतामा भाग लिने मौका पाऔं भनी साह्रै बिन्ती गरे।
5
हामीले सोच्दै नसोचेको कुरो तिनीहरूले गरे। पहिले उनीहरूले आफैंलाई प्रभुकहाँ चढाए अनि परमेश्वरको इच्छामा काम गर्न आफैंलाई हाम्रा हातमा सुम्पिदिए।
6
तीतसले तिमीहरूका बीचमा यो दान उठाउने काम सुरु गरेकाले त्यो पूरा गरून् भनी हामीले उनलाई पठायौं।
7
तिमीहरू विश्वासमा, शिक्षामा, ज्ञानमा, अरूको ख्याल गर्नमा र हाम्रो माया गर्न सबै कुरामा धनी छौ। यसै गरी यो प्रेमले दिने सेवा पनि पूरा गर्ने गर भनी हामी इच्छा गर्छौं।
8
यो मैले तिमीहरूलाई नियम बनाइदिएको होइनँ, तर अरूहरूले मद्दत गर्न कति इच्छुक छन्, यहाँ बताएर तिमीहरूको प्रेम साँचो हो कि होइन, म पत्ता लाउन चाहन्छु।
9
हाम्रा प्रभु येशू ख्रीष्टले गर्नुभएको अनुग्रह तिमीहरूलाई थाहै छ। उहाँ धनीभन्दा धनी भएर पनि तिमीहरूका लागि गरीब हुनुभयो। आफ्नै गरीबीले तिमीहरूलाई धनी बनाउन उहाँले यसो गर्नुभयो।
10
पोहोर थालेको काम पूरा गर भनी म तिमीहरूलाई सल्लाह दिन्छु। तिमीहरू काम गर्न मात्र होइन तर काम गर्ने इच्छामा पनि सबैभन्दा अघि भयौ।
11
अब तिमीहरूले सुरु गरेको काम पूरा पनि गर। त्यस बेला तिमीहरूको दिने ठूलो इच्छा थियो र सकेसम्म दिएर अब आफ्नो इच्छा पूरा गर।
12
तिमीहरूमा दिने ठूलो इच्छा छ भने तिमीहरूमा जे छ, त्यसैबाट दिएको परमेश्वर लिनुहुन्छ, तर तिमीहरूसँग नभएको कुरा खोज्नुहुन्न।
13
तिमीहरूलाई भारी लदाएर अरूहरूलाई चाहिँ हलुङ्गो बनाउने मेरो इच्छा होइन तर सबैलाई समान भार होस्।
14
यस बेला तिमीहरूसँग मनग्गे छ र नहुनेहरूलाई तिमीहरूले दिनु राम्रै हो। पछि तिमीहरूलाई नपुग्दो हुँदा पनि उनीहरूले मद्दत गर्नेछन्। यसो हुँदा दुवैले आपसमा मद्दत गर्न सक्नेछन् र सबै बराबर हुन्छन्।
15
“धेरै बटुल्नेलाई पनि धेरै भएन अनि थोरै बटुल्नेलाई पनि थोरै भएन” भनेर त धर्मशास्त्रमा नै लेखिएको छ।
16
तिमीहरूका बारेमा परमेश्वरले तीतसको हृदयमा मेरो जस्तै इच्छा दिनुभयो। यसका लागि परमेश्वरलाई धन्यवाद चढाउँछौं।
17
हामीले भनेकाले होइन तर उनको आफ्नै इच्छा पनि यति ठूलो थियो उनी आफ्नै राजी-खुसीले तिमीहरूकहाँ आएका हुन्।
18
सुसमाचार सुनाउन नाउँ चलेका, सबै मण्डलीले पनि प्रशंसा गरेका एक जना भाइलाई पनि हामी उनीसँगै पठाउँदै छौं।
19
प्रेमसित दिइने दान उठाउने काममा हामीसँगै हिंड्डुल गर्न यस भाइलाई मण्डलीहरूले छानेका हुन्। यो काम हामीले प्रभुको आदरको लागि अरूहरूलाई मद्दत गर्ने फिक्री हामीमा छ भनी देखाउन गरेका हौं।
20
यस दानमा कसैले दोष लाउन नपाओस् भनेर यी सबै दान हामी ठीकसँग चलाउँछौं।
21
परमेश्वरको अघि मात्र होइन तर मानिसको अघि पनि असल काम गर्न हामी ध्यान दिन्छौं।
22
त्यसकारण अर्को भाइलाई पनि पहिले भनेको भाइ र तीतससँग पठाउँदै छौं। हामीले यस भाइलाई धेरै पटक जाँच्यौं र जहिले पनि हामीहरूले उनलाई काम गर्नमा जोशिलो पायौं, त्यसमाथि पनि अहिले उनको तिमीहरूमाथि ठूलो भरोसा रहेछ र झन् सघाउन उत्सुक छन्।
23
तीतसचाहिँ मेरा साथी हुन् र मसँगै तिमीहरूलाई सघाउने काम गर्छन्। उनीसँग आउने अरू भाइहरूलाई ख्रीष्टको सम्मान्को लागि मण्डलीहरूले पठाएका हुन्।
24
तिमीहरूले उनीहरूलाई आफ्नो प्रेमको प्रमाण देओ अनि हामीले किन तिमीहरूका बारेमा घमण्ड गरेका रहेछौं भनी मण्डलीले देख्न सकोस्।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13