bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Corinthians 11
2 Corinthians 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 12 →
1
म अलिकता मूर्खै भए पनि तिमीहरूले सहिदेओ।
2
म तिमीहरूप्रति परमेश्वरको जोशले भरिएको छु। एउटै दुलहा ख्रीष्टसँग तिमीहरूको मगनी गरिदिएँ र तिमीहरूलाई चोखो कन्यादान गर्न चाहन्छु।
3
तर सर्पको रूप लिएर शैतानले चलाकी गरेर हव्वालाई ठगेजस्तै तिमीहरूको ख्रीष्टमा रहेको सोझो र चोखो मन नै बिगार्ने हो कि भन्ने मलाई डर लागेको छ।
4
हामीले प्रचार गरेको येशूभन्दा अर्कै येशूको बारेमा कसैले प्रचार गर्यो भने तिमीहरू त खुसीसँग सुन्नेरहेछौ। तिमीहरूले पहिले पाएको आत्मा र सुसमाचारभन्दा अर्कै आत्मा र अर्कै सुसमाचार पनि तिमीहरू लिनेरहेछौ।
5
ती आफै उचालिएर प्रेरित बन्ने मानिसहरूभन्दा म कुनै किसिमले पनि कम छैनँ।
6
सायद बोल्नमा म बाठो नहुँला तर अवश्य ज्ञानमा त होइन। मैले सबै अवस्थामा सधैँ सबै किसिमले तिमीहरूलाई बुझाएको छु।
7
तिमीहरूलाई परमेश्वरले दिनुभएको सुसमाचार मैले केही नलिई सित्तैमा सुनाएँ अनि तिमीहरू ठूला होओ भनेर म सानो बनिदिएँ। के मैले यसो गर्नु भुल थियो?
8
मैले तिमीहरूको सेवा गर्दा अरू मण्डलीबाट सहायता पाएँ। यसो गर्नाले तिमीहरूलाई सघाउन मैले अरू मण्डलीहरू लुटेको जस्तै भयो।
9
तिमीहरूसँग बस्ता खाँचो पर्दा मैले पैसाको लागि तिमीहरूलाई दु:ख दिइनँ। मलाई खाँचो पर्दा सबै कुराहरू माकेडोनियाबाटै भाइहरूले ल्याइदिन्थे। म अझै पनि तिमीहरूलाई दु:ख दिन चाहन्नँ। यस कुरामा पहिले पनि दु:ख दिइनँ, अहिले पनि दु:ख दिनेछैनँ।
10
ख्रीष्टको सत्यता मभित्र रहुन्जेल अखैयाभरि कसैले पनि यो मेरो घमण्डलाई तोड्न सक्नेछैन।
11
मैले किन यसो गरेको? के मैले तिमीहरूलाई माया नगरेर हो? म माया गर्छु कि गर्दिनँ, परमेश्वरलाई नै थाहा छ।
12
मैले गरेको काम म गरि नै रहन्छु। ती आफैं उचालिएर प्रेरित बन्ने मानिसहरूले हामीले जस्तै काम गर्यो भनेर घमण्ड गर्न पाउनेछैनन्।
13
प्रेरितझैँ देखा परेका तिनीहरू झूटा दूत र ठगहरू हुन्।
14
यो कुनै अनौठो कुरा होइन। शैतान पनि उज्यालो स्वर्गदूतजस्तै देखा पर्न सक्छ।
15
त्यसो हुँदा शैतानका सेवकहरू पनि परमेश्वरका अघि धर्मी सेवकजस्तै देखा पर्नु अचम्मको कुरो होइन। आखिरमा तिनीहरूले आफ्नै कामको फल भोग्नैपर्नेछ।
16
म फेरि पनि भन्छु, मलाई कसैले पनि मूर्ख नसम्झोस्। मूर्ख नै सम्झन्छौ भने पनि मूर्ख सम्झेर ग्रहण गर। त्यसो भए मैले केही घमण्ड गर्न पाउनेछु।
17
साँच्चै घमण्ड गर्ने कुरा गरेर म मूर्ख कुरा नै बोलिरहेको छु। यो त प्रभुले बोल्न लाउनुभएको कुरो होइन।
18
मान्छेको विचारले नै धेरै जनाले घमण्ड गर्दछन्। त्यसरी नै म पनि घमण्ड गर्दछु
19
किनभने मूर्खहरूलाई खुसीसँग सहिदिने तिमीहरू ज्ञानी हौ।
20
कसैले तिमीहरूलाई कमारै बनाए पनि, चुसे पनि, लुटे पनि, तिमीहरूको अघि धाक लाए पनि र मुखैमा हिर्काए पनि तिमीहरू सहन्छौ।
21
हामीलाई त्यसो गर्न आएन भनेर म मानिलिन्छु, म लाज मान्छु। तर कसैले केही कुरामा घमण्ड गर्ने आँट गर्छ भने मलाई पनि आँट आउँछ। हुन त मूर्खले जस्तै नै कुरा म गर्दै छु।
22
के तिनीहरू हिब्रू हुन्? म पनि हुँ। तिनीहरू इस्राएली हुन्? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन्? म पनि हुँ।
23
के तिनीहरू ख्रीष्टका सेवकहरू हुन्? म बौलाएको जस्तो बोल्दछु, तर तिनीहरूभन्दा म अझ असल सेवक हुँ। तिनीहरूले भन्दा मैले झन् धेरै मेहनत गरेको छु। कैयौं पटक म कैदमा परें, कोर्रा खाएँ अनि धेरै पटक कालको मुखमा पनि परें।
24
कोर्राको कुरा गर्दा पनि इस्राएलीको हातबाट पाँच पल्ट उनान्चालीस खेप मैले कोर्रा खाएर इस्राएलीहरूबाट ठूलो सजाय पाएँ।
25
तीन पल्ट मैले रोमीहरूको हातबाट कोर्रा खाएँ। एक पल्ट त मानिसहरूले ममाथि ढुङ्गा वर्षाए। तीन पल्टसम्म म चढेको जहाज नै भत्केर आपत्मा परें अनि एक दिन र एक रात त मैले पूरै पानीमा बिताउनुपर्यो।
26
मेरा धेरै यात्राहरूमा म झ्यालखानमा परें, डाकुहरूका हातमा परें, इस्राएली र अरू जातिका मानिसहरूबाट खतरामा परें। सहरमा, जङ्गलमा, समुद्रमा, नक्कली साथीहरूका बीचमा जताततै डरै-डर थियो।
27
मैले नसुती-नसुती दिलोज्यानले काम गरें र धेरै पसिना बगाएँ। कैयौं पटक भोक-भोकै बसें, तिर्खा सहनुपर्यो। खानु र पिउनु त्यसै रह्यो। लुगाफाटा नभई जाडामा कक्रिएँ पनि।
28
यति मात्रै दु:ख होइन तर परमेश्वरका मण्डलीहरूका चिन्ता-फिक्रीले पनि मलाई सधैँ सताइरहन्थ्यो।
29
कोही निर्धो छ भने म पनि निर्धो हुन्थें। कोही पापमा फस्यो भने मेरो मन पोल्थ्यो।
30
मैले घमण्ड गर्दा मेरो कमजोरी देखाउने कुराहरूमा नै म घमण्ड गर्दछु।
31
म ढाँट्दिनँ भनेर त प्रभु येशूकै पिता सधैँभरिका पूज्य परमेश्वरलाई नै थाहा छ।
32
म दमस्कसमा हुँदा मलाई पक्रनलाई अरितस राजाका बडा-हाकिमले घेर्न लगाए।
33
तर एउटा पर्खालको झ्यालबाट मलाई डोकोमा राखेर भगाइदिए र म तिनको हातबाट उम्कें।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13