bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Corinthians 7
2 Corinthians 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 8 →
1
यसकारण प्यारा साथी हो, हामीले यी प्रतिज्ञा पाएकोले शरीर र आत्मालाई बिटुल्याउने सबै किसिमका कुराहरूबाट हामीहरू टाढै बसौं अनि परमेश्वरको डर मानेर पूरासँग पवित्र हुँदै जाऔं।
2
हामीसँग तिमीहरूको मन खोल। हामीले कसैलाई अन्याय गरेका छैनौं, कसैलाई बिगारेनौं। हामीले कसैबाट फाइदा उठाएनौं।
3
तिमीहरूलाई दोष्याउन यसो भनेको होइन। हाम्रो हृदयमा तिमीहरू प्यारा छौ। हामी मरे पनि, बाँचे पनि सँगै रहनेछौं भनी मैले पहिले नै भनेको हुँ।
4
तिमीहरूमा मेरो ठूलो भरोसा छ र तिमीहरूमै मलाई ठूलो घमण्ड पनि लाग्छ। तिमीहरूबाट मैले पूरा सान्त्वना पाएको छु र हाम्रा सबै दु:खमा म आनन्दै-आनन्द पाउँछु।
5
साँच्चै हामी माकेडोनियामा आउँदा हामीले सुख पाएनौं। त्यहाँ जताततै आपत् थियो। बाहिरचाहिँ झैझगडा, मनभित्रचाहिँ डरै डर थियो।
6
तर मनमा दु:ख हुनेहरूलाई परमेश्वरले नै सान्त्वना दिनुहुन्छ र परमेश्वरले तीतस आउँदा हामीलाई शान्ति दिनुभयो।
7
उनी आएकोले मात्र होइन तर उनले तिमीहरूबाट पाएको सान्त्वनाद्वारा मैले सान्त्वना पाएँ। मलाई फेरि भेट्ने तिमीहरूको ठूलो चाहना छ रे भनी उनले हामीलाई बताए। अब तिमीहरू दु:खित पनि भयौ र मेरो पक्षमा लागेका छौ भनी मैले सुनें, यी सब सुनेर म साह्रै रमाएको छु।
8
मेरो पत्रले तिमीहरूलाई कष्ट भयो नै होला, भए पनि मेरो मनमा पश्चात्ताप छैन। म जान्दछु, त्यो पत्रले केही बेरलाई भए पनि तिमीहरूको मनमा पीर पर्यो। यो जानेर मलाई पश्चात्ताप भए तापनि अब म खुसी छु।
9
तिमीहरूलाई कष्ट पर्यो भनेर होइन तर यसले तिमीहरूलाई सुधार्यो भनेर खुसी लागेको हो। परमेश्वरलाई सम्झेर शोक गर्यौ। त्यसो हुँदा हामीबाट तिमीहरूलाई कुनै हानि भएन।
10
परमेश्वरलाई सम्झेर शोक गर्यौं भने यसले हामीमा पश्चात्ताप ल्याउँछ र हामीलाई मुक्तितिर लैजान्छ। तर सांसारिक रूपले मात्र हाम्रो मन दुख्छ भने यसले हामीलाई मृत्युतिर लैजान्छ।
11
तिमीहरूलाई परेको दु:खबाट परमेश्वरले के गर्नुभयो, याद गर, यो दु:खले तिमीहरूलाई साँचो बनायो, कसुर छैन भनी देखाउन हतार गरायो, तिमीहरूलाई कस्तो झोक चलायो, कत्रो चिन्ता, कस्तो विचार, कस्तो भक्ति पैदा गर्यो। तिमीहरूमा पाप गर्नेलाई दण्ड दिने मन पनि भयो। यी सबैबाट तिमीहरूमा दोष छैन भन्ने कुरा थाहा हुन्छ।
12
यसकारण मैले त्यो पत्र अन्याय गर्नको लागि लेखेको होइन, नता अन्याय सहन नै लेखेको हो। तर तिमीहरूले परमेश्वरका अघि हामीलाई कति माया गर्यौ, त्यही देखाउन मैले लेखेको हुँ।
13
त्यसैकारण हामीलाई हौसला मिलेको छ। हामीलाई हौसला मात्र होइन, तिमीहरू सबैबाट तीतसले आनन्द पाएको हुनाले हामीले पनि धेरै आनन्द पाएका छौं।
14
मैले तीतससँग तिमीहरूको बारेमा घमण्ड गरें र तिमीहरूले मलाई निराश गराएनौ। हामीले तिमीहरूसँग सधैँ साँचो बोल्यौं। त्यसै गरी हामीले तीतससँग गरेको घमण्ड पनि सत्य नै ठहरियो।
15
तिमीहरूले तीतसलाई डर मानेर स्वागत गर्यौ, उनको कुरा मान्न तिमीहरू सबै जना तयार भयौ। यी सबै कुरा याद गरेर तीतसले तिमीहरूलाई झन् साह्रो माया गर्छन्।
16
मलाई कति खुसी लागेको छ र मैले तिमीहरूमा पूरा भरोसा राख्न सकेको छु।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13