bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Corinthians 9
2 Corinthians 9
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 10 →
1
यहूदियामा हुने ख्रीष्टका पवित्र जनहरूलाई पठाएको सहायताको बारेमा मैले यहाँ बताइरहनुपर्दैनँ।
2
तिमीहरूमा सेवा गर्ने कत्रो इच्छा छ, मलाई थाहा छ। तिमीहरूका बारेमा मैले माकेडोनियाका मानिसहरूलाई पनि घमण्ड गरेर भनें। पोहोरदेखि नै अखैयामा हुने तिमीहरू दिनलाई तयार थियौ भनेर उनीहरूलाई सुनाए। तिमीहरूकै जोशले गर्दा तिनीहरूमा धेरैजसो अब जोशिलो भएका छन्।
3
अहिले यी भाइहरूलाई मैले पठाएको छु, तिमीहरूका बारेमा हामीले गरेको घमण्ड मैले भनेजस्तै होस् र खोक्रो नहोस्।
4
हामीले यति ठूलो भरोसा तिमीहरूमा राखेका छौं, तर माकेडोनियाका मानिसहरू मसँगै आए भने र तिमीहरूले दिन सकेनौ भने हामीलाई कत्रो लाज हुनेछ। तिमीहरू पनि लाजमा पर्नेछौ।
5
यसैकारण म आउनुअघि नै यी भाइहरूलाई तिमीहरूकहाँ पठाउन राम्रो सम्झें। त्यसो हुँदा तिमीहरूले दिन्छु भनेको दान उठाएर ठीक पारिराख्नेछौ अनि यो करको दान नभई खुसीको दान हुनेछ।
6
तर यो कुरा नबिर्स, “थोरै छर्नेले थोरै र धेरै छर्नेले धेरै उब्जाउँछ।”
7
जसलाई जति दिन मन लाग्छ, त्यति नै देओ। चित्त दुखाउँदै कसैको करमा परेर नदेओ किनभने परमेश्वरले त खुसीले दिनेलाई नै मन पराउनुहुन्छ।
8
परमेश्वरले तिमीहरूलाई प्रशस्त हुने गरी पूरै दिन सक्नुहुन्छ र चाहिएको भन्दा पनि बढी नै दिनुहुनेछ। तिमीहरूलाई कुनै कुराको पनि कहिले खाँचो पर्नेछैन र प्रशस्त भलाइकै काम गर्न सक्नेछौ।
9
धर्मशास्त्रमा पनि त्यस्तै लेखिएको छ, “उसले छर्छ र मन खोलेर गरीबलाई दिएको छ, उसले गरेको भलाइ युगयुगसम्म रहनेछ।”
10
छर्नेलाई बीउ र खानेलाई रोटी परमेश्वरले दिनुहुन्छ। उहाँले तिमीहरूलाई चाहिने सबै बीउ दिनुहुनेछ र उमार्नुहुनेछ र खुल्ला मनले दिनुभएको कारणले खुब राम्रो फसल दिनुहुनेछ।
11
तिमीहरूले सधैँ खुल्ला मुट्ठीले दिन सक्ने गरी परमेश्वरले तिमीहरूलाई धनी बनाउनुहुनेछ। तिमीहरूको दान हामीले अरू मण्डलीहरूमा बाँड्दा तिनीहरूले परमेश्वरलाई धन्यवाद चढाउनेछन्।
12
तिमीहरूको दानले ख्रीष्टका पवित्र जनहरूको खाँचो टर्ने मात्र होइन, तर यसबाट परमेश्वरलाई लगातार धन्यवाद चढाइनेछ।
13
मानिसहरूले ख्रीष्टको सुसमाचारप्रति तिमीहरूको भक्ति र खुल्ला मनले दिने तिमीहरूको सेवा देखेर परमेश्वरलाई आदर दिनेछन्।
14
परमेश्वरले यति ठूलो अनुग्रह तिमीहरूलाई देखाउनुभएको हुनाले तिनीहरूले गहिरो माया गरेर तिमीहरूका लागि प्रार्थना गर्नेछन्।
15
यो मोल तोक्न नसक्ने परमेश्वरको वरदानको लागि उहाँलाई धन्यवाद होस्।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13