bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Corinthians 2
2 Corinthians 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 3 →
1
यसकारण तिमीहरूलाई अप्ठ्यारो नहोस् भनेर नै मैले नआउने निधो गरें
2
किनभने मैले तिमीहरूको चित्त दुखाएँ भने मलाई कसले आनन्द दिने? केवल ती व्यक्तिहरू, जसलाई मैले चित्त दुखाएको छु,
3
त्यसकारणले म आउँदा मलाई आनन्द दिने मानिसहरूबाटै दु:खित हुनुनपरोस् भनी मैले त्यो पत्र लेखें। किनभने, मलाई आनन्द हुँदा तिमीहरूलाई पनि आनन्द हुन्छ भन्ने मेरो पक्का विश्वास छ।
4
मैले ठूलो दु:खसाथ मनमा वेदना लिएर आँसु बगाउँदै तिमीहरूलाई त्यो पत्र लेखेको थिएँ। तिमीहरूको चित्त दुखाउन त होइन तर मैले कति माया गरेको छु, थाहा होस् भनेर त्यो लेखें।
5
कसैले कसैको चित्त दुखायो भने त्यस कामबाट उसले मेरो होइन तर तिमीहरू सबैको चित्त दुखाएको हो, थोरै मात्रामा भए पनि यो कुरो मैले तिमीहरूमाथि कठोर नबन्नलाई नै भनेको हुँ।
6
तिमीहरूमध्ये धेरैजसोबाट जुन किसिमको सजाय यस मानिसले पाएको छ, सो प्रसस्तै छ।
7
अब उसलाई तिमीहरूले माफ दिएर सान्त्वना दिनुपर्छ।
8
उसलाई तिमीहरूले प्रेम गरेको साँच्चै देखाओ भन्ने म बिन्ती गर्दछु।
9
मैले भनेको मान्छौ कि मान्दैनौ भनेर जाँच गर्न नै मैले त्यो पत्र लेखेको थिएँ।
10
तिमीहरूले माफ दिएकाहरूलाई म पनि माफ दिन्छु। मैले माफ गर्नुपर्ने हो भने मैले माफ गर्दा म ख्रीष्ट येशूको सामुन्ने तिमीहरूकै लागि माफ गर्दछु।
11
यसरी शैतानले हामीमाथि मौका छोप्न नपाओस् किनभने हामीलाई त्यसका सबै युक्तिहरू थाहा छ।
12
त्रोआसमा म ख्रीष्टको बारेमा सुसमाचार सुनाउन आउँदा प्रभुले नै मलाई उहाँको काम गर्ने मौका दिनुभयो।
13
तर त्यहाँ मेरो भाइ तीतसलाई नभेट्दा मलाई ठूलो पीर पर्यो र तिनीहरूबाट बिदा भएर म माकेडोनियातिर गएँ।
14
परमेश्वरलाई धन्यवाद होस् किनभने उहाँले सधैँ हामीलाई ख्रीष्टसँगै जितको यात्रामा डोर्याउनुहुन्छ। मीठो बास्नाझैँ चारैतिर ख्रीष्टको ज्ञान फैलाउन उहाँले हामीलाई काममा लाउनुहुन्छ
15
किनभने हामी त परमेश्वरमा चढाएका ख्रीष्टको मीठो बास्ना हौं। बाँच्नेहरू र नाश हुनेहरू सबैकहाँ चल्ने बास्ना यही हो।
16
बाँच्नेहरूका लागि जीवन हो र नाश हुनेहरूका लागि चाहिँ मृत्यु हो। यति ठूलो जिम्मावारी लिन सक्ने को छ?
17
परमेश्वरको सुसमाचारलाई सस्ता मालहरूको धन्धा गरेजस्तै चलाउने हामी होइनौं किनभने हामीलाई त परमेश्वरले नै पठाउनुभएको हो र उहाँकै अगि हामी ख्रीष्टका कमारा भई छल नगरी बोल्दछौं।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13