bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Corinthians 12
2 Corinthians 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 13 →
1
फाइदा नभए पनि मलाई घमण्ड गर्नुपरेको छ। प्रभुले मलाई देखाउनुभएका र मैले देखेका दर्शन र प्रकाशको बारेमा अब म भन्छु।
2
चौध वर्षअघिको कुरो हो, एक जना ख्रीष्टमा विश्वास गर्ने मानिस तेस्रो स्वर्गसम्मै समातेर लगियो। उनलाई म चिन्दछु। यो पक्कै भएको हो वा दर्शन देखेको हो, म जान्दिनँ, परमेश्वर नै जान्नुहुन्छ।
3
म फेरि भन्छु, समातेर स्वर्गसम्मै लगिएका ती मानिसलाई म चिन्दछु। तर यो साँच्चै भएको हो वा दर्शनमा भएको हो म जान्दिनँ, परमेश्वर नै जान्नुहुन्छ।
4
उनले बयान गर्न नसकिने कुराहरू सुने। मान्छेको मुखले बताउनै नसक्ने कुराहरू त्यहाँ सुनियो।
5
म ती मानिसको बारेमा घमण्ड गर्छु। तर मेरो आफ्नै बारेमा चाहिँ आफ्नो कमजोरीमा बाहेक अरू कुरामा घमण्ड नै गर्नेछैनँ।
6
मैले घमण्डै गर्न रुचाउँदा पनि म मूर्खचाहिँ छैन किनभने म त सत्य कुरा बोल्दछु। मलाई कसैले गरेको वा भनेको भन्दा ठूलो सम्झिदेओस् भन्ने म चाहन्नँ।
7
मैले धेरै अचम्मका थोकहरू देखें भनी घमण्डले फुलिनबाट रोक्न मलाई शरीरमा काँडाले घोच्ने एउटा पीडा दिइयो। यसले शैतानको दूतझैँ भएर चस-चस बिझाई मलाई घमण्ड गर्नबाट रोक्छ।
8
मैले प्रभुसँग तीन पटकसम्म यसलाई निको पारिदिनुहोस् भनेर बिन्ती चढाएँ।
9
तर उहाँले भन्नुभयो, “तिमीलाई मेरो अनुग्रह भए पुग्छ। मेरो शक्ति कमजोरीमा पूरा हुन्छ।” त्यसो हुँदा ख्रीष्टको शक्ति ममा रहोस् भनेर कमजोर भएकोमा झन् धेरै खुसीले म घमण्ड गर्दछु।
10
त्यसैले ख्रीष्टको लागि म कमजोरी हुँदा, हेला गरिंदा, अप्ठ्यारोमा पर्दा, सताइँदा, दु:ख पाउँदा खुसी हुन्छु किनभने जब म कमजोर छु, तब म शक्तिशाली हुन्छु।
11
तिमीहरूले नै मलाई मपाईं हुन कर लायौ। खासमा त तिमीहरूबाट नै मैले सम्मान पाउनुपर्थ्यो। म केही नभए पनि तिमीहरूले नै मेरो बारेमा केही भनिदिनुपर्नेथियो। ती ठूलाठूला प्रेरितभन्दा त म कम छैनँ।
12
पूरा धैर्यसाथ शक्तिशाली र अचम्मका कामहरू गरेर मैले तिमीहरूका माझमा प्रेरित भएको प्रमाण दिएको हुँ।
13
के मैले अरू मण्डलीभन्दा तिमीहरूलाई मेरो खर्च ब्यहोर्नुबाहेक कुनै कुरामा अरू मण्डलीभन्दा नराम्रो व्यवहार गरें? हो, मैले खर्च ब्यहोर्न लगाइनँ। यो मेरो गल्ती हो, यसमा माफ गर।
14
म फेरि पनि तिमीहरूकहाँ आउन लागेको छु। यो तेस्रो पटक हुनेछ। तर तिमीहरूलाई कुनै खर्चको लागि दु:ख दिन्नँ। तिमीहरूसँग भएको चीज होइन, म तिमीहरूलाई नै चाहन्छु किनभने छोरा-छोरीबाट आमा-बुबाले होइन, आमा-बुबाबाट पो छोरा-छोरीले साँचेर राखेको अंश पाउँछन्।
15
तिमीहरूको जीवनको लागि म सब कुरा खुसीले दिनेछु र आफ्नो जीवनसमेत दिनेछु। मैले तिमीहरूलाई धेरै माया गरें भने के तिमीहरू मलाई थोरै माया गर्छौ र?
16
हाम्रो खर्च तिमीहरूले ब्यहोर्नुपरेन, यो तिमीहरूलाई नै थाहा छ। हुन त कसैकसैले मलाई चलाकी गर्यौ भन्लान्।
17
के मैले पठाएका मानिसहरूद्वारा तिमीहरूबाट कुनै कुरो लिएँ?
18
मैले तीतसलाई तिमीहरूकहाँ जानू भनें। उनको साथमा अरू भाइहरूलाई पनि पठाएको थिएँ। तीतसले तिमीहरूबाट कुनै कुरो लिए र? उनले र मैले एउटै ध्येयले एकै चालमा काम गरेनौं र?
19
यतिका कुरा हामीले आफ्नो बचाउमा भनेका छौं भन्ने सम्झ्यौ होला। परमेश्वरकै सामुन्ने ख्रीष्टमा भएर हामी भन्छौं। हामीले गरेका सबै कुराहरू तिमीहरूकै फाइदाका लागि हुन्।
20
म त्यहाँ आउँदा मैले सोचेको भन्दा तिमीहरू बेग्लै भएका अनि तिमीहरूले सोचेका भन्दा म बेग्लै भएको हुन्छु कि भन्ने डर लागेको छ। तिमीहरूका बीचमा झगडा, डाहा र रिस गर्ने, आफ्नै भलो खोज्ने, गाली गर्ने, अर्काको कुरा गर्ने, अहङ्कार गर्ने, लडाइँ गर्नेहरू छन् भनी मलाई लागेको छ।
21
अर्को पटक आउँदा मैले ती अघि नै पाप गर्ने र ती अशुद्ध काम, व्यभिचार गरेर पनि पछितो नगर्ने र पाप गर्नेका लागि शोक गर्नुपर्ला। यसरी परमेश्वरले मलाई तिमीहरूका सामुन्ने होच्याउनुहुन्छ कि भन्ने डर लागेको छ।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13