bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Corinthians 4
2 Corinthians 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 5 →
1
परमेश्वरले आफ्नै दयामा हामीलाई यो काम दिनुभएको छ। यसकारण हामी हरेस खाँदैनौं।
2
हामी सबै किसिमका लुकी-चोरी गरिने कुरा र नराम्रा कामहरू त्याग्छौं। हामी छल-कपटको काम गर्दैनौं। परमेश्वरको वचनलाई झूटो तुल्याउँदैनौं। हामी सत्यको पूर्ण उज्यालोमा परमेश्वरको अघि जिउँछौं अनि सबैले देख्ने गरी मान्छेको आँखा अगि हामीले आफैंलाई सुम्पेका छौं।
3
हामीले सुनाएको सुसमाचार कसैबाट पनि लुकेको भए नाश हुनेहरूबाट मात्र लुकेको छ।
4
यस युगको देवताले येशूमा विश्वास नगर्नेहरूको बुझ्ने शक्तिलाई नै अन्धो बनाइदिएको छ। ख्रीष्ट परमेश्वरकै स्वरूप हुनुहुन्छ, उहाँकै बारेमा भएको सुसमाचारबाट आउने चहकिलो प्रकाश अविश्वासीहरूले नदेखून् भनी शैतानले तिनीहरूलाई अन्धो बनाइदिएको छ।
5
हामी आफ्नै प्रचार गर्दैनौं, तर येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भन्ने कुरा प्रचार गर्छौं र हामीचाहिँ येशूको खातिर तिमीहरूकै कमारा हौं।
6
“अन्धकारको बीचमा उज्यालो चम्कनेछ भन्नुहुने परमेश्वरले नै हाम्रो हृदयमा उहाँको उज्यालो चम्काउनुभएको छ। यो उज्यालोबाट परमेश्वरको कत्रो सम्मान् छ, त्यो हामी बुझ्छौं। साँच्चै यो उज्यालो ख्रीष्टको मुहारमै छ।
7
यस्तो बहुमूल्य धन हामीजस्तो माटाको भाँडामा राखिएको कारणचाहिँ सबै शक्ति सर्वोच्च परमेश्वरकै हातमा छ भनी देखाउन हो, हामीसँग कुनै शक्ति छैन।
8
हामी घरीघरी चारैतिरबाट थिचो-मिचोमा पर्छौं, तर पनि धुलो-पिठो त भएका छैनौं। अन्योलमा परे पनि निराशचाहिँ भएका छैनौं।
9
हामीलाई धेरै सताएको भए पनि हामी त्यागिएका छैनौं। हामीले बेसरी चुटाइ खाएर ढले पनि मरेका त छैनौं।
10
येशूको जीवन हाम्रा शरीरमा चम्काउन येशूको मृत्यु सधैँ हाम्रै शरीरमा बोक्छौं।
11
हाम्रो यो मर्ने शरीरमा येशूको जीवन देखा परोस् भनेर नै हामी सधैँ उहाँकै निम्ति मृत्युको मुखमा परिरहन्छौं।
12
यसरी हामीहरूमा मृत्युले काम गरेको छ, त्यसरी नै तिमीहरूमा चाहिँ जीवनले काम गरिरहेको छ।
13
“विश्वास गरेको छु, त्यसैकारण म बोल्छु,” भनी धर्मशास्त्रमा लेख्ने मानिसमा विश्वास गर्ने आत्मा भएझैँ हामीमा पनि विश्वास गर्ने आत्मा छ। त्यसकारण हामी विश्वास गर्छौं र नै बोल्छौं।
14
हामीलाई थाहा छ, परमेश्वरले नै येशूलाई मरेकोबाट बिउँताउनुभयो। उही परमेश्वरले हामीलाई पनि येशूसँगै बिउँताएर तिमी र हामी सबैलाई आफूकहाँ लैजानुहुनेछ।
15
यी सबै कुरा तिमीहरूकै लागि भएका हुन् किनभने जति धेरै मानिसहरूले परमेश्वरको अनुग्रह पाउँछन्, उति धेरै तिनीहरूले परमेश्वरको सम्मान्का लागि परमेश्वरलाई धन्यवाद दिनेछन्।
16
यसैकारण हामी कहिले पनि हरेस खाँदैनौं। हामी शरीरमा खिइँदैगए पनि हाम्रो भित्री आत्माचाहिँ दिनदिनै नयाँ हुँदैगइरहेको छ।
17
हामीले अहिले भोगेको दु:ख पछि पाउने अति ठूलो अनन्तको सुख सम्झेर त साँच्चै केही पनि होइन।
18
देखिएका चीजहरूका लागि होइन तर नदेखिएका चीजहरूका लागि हामी ध्यान दिन्छौं। जे देखिन्छ, त्यो केही समयको लागि हुन्छ तर जे देखिंदैन, त्यो सदाको लागि हुन्छ।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13