bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Corinthians 6
2 Corinthians 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 7 →
1
हामी परमेश्वरसँगै काम गर्दछौं र यसै हैसियतले तिमीहरूलाई बिन्ती गर्छौं, तिमीहरूले परमेश्वरको अनुग्रह पाएर अब त्यो खेर जान नदेओ।
2
परमेश्वर भन्नुहुन्छ, “तिम्रो पक्ष लिनुपर्ने बेलामा तिम्रो कुरा सुनेर बचाइने दिनमा तिमीलाई मद्दत गरें।” हेर! परमेश्वरको अनुग्रह पाउने बेला अहिले हो र बचाइने दिन त आज नै हो!
3
हामीले गरेको कामको निन्दा नहोस् भनेर हामी कसैलाई बाधा दिने काम गर्दैनौं।
4
तर हामी सबै कुरामा परमेश्वरको सेवा गर्ने जस्तो हुनुपर्ने हो, त्यस्तै छौं। हामीले सबै कुरा सहेर, दु:ख पाउँदा, अप्ठ्यारो पर्दा, निराश हुँदा, सबै धैर्यसाथ सहन गर्दछौं।
5
हामीले कुटाइ खाएका छौं, थुनामा परेका छौं, हाम्रो विरोधमा धुइरो उठेको छ। ज्यादै काममा खट्नुपरेको छ। खान र सुत्न पनि नपाई बसेका छौं।
6
हामीले आफ्नो पवित्रताले, ज्ञानले, सहने शक्तिले र दयाले, पवित्र आत्माले, साँचो प्रेमले,
7
सत्य सन्देशले र परमेश्वरकै शक्तिले नै उहाँको काम गर्ने हौं भनेर देखायौं। कसैसँग लड्नुपरे पनि, आफ्नो रक्षा गर्नुपरे पनि हामीसँग त एउटै मात्र हतियार छ। यो हतियारचाहिँ परमेश्वरको अघि ठीक काम गर्नु हो।
8
हाम्रो इज्जत पनि भयो, बेइज्जत पनि भयो। कुनाम पनि चल्यो, सुनाम पनि। हामीले झूटो मानिसको जस्तो व्यवहार पायौं, तर पनि हामी सत्य बोल्छौं।
9
हामी नचिन्नेजस्ता भए पनि हामीलाई सबैले चिन्छन्। मरेजस्तै भए पनि बाँचेका छौं, सजाय पाइरहे पनि मारिएका छैनौं।
10
दिक्दारी, सुर्तामा परिरहेजस्तो भए पनि सधैँ खुसी छौं। हामी गरीबजस्ता भए पनि धेरैलाई धनी बनाउँछौं। केही नभएका कङ्गालजस्ता देखिए पनि हामीसँग सबै कुरा छन्।
11
हे कोरिन्थमा हुने साथीहरू, हामीले तिमीहरूलाई ठूलो चित्तले मन खोलेर सबै भनिदिएका छौं।
12
तिमीहरूबाट हामीले कुनै कुरा पनि लुकाएर राखेका छैनौं। बरु तिमीहरूले पो हामीलाई आफ्नो मन खोलेका छैनौ।
13
अब म तिमीहरूलाई आफ्नै बालकहरू सम्झेर भन्दछु, तिमीहरू हामीजस्तै होओ। सानो होइन, ठूलो मनका होओ।
14
ख्रीष्टमा विश्वास नगर्नेहरूसँग काँधमा काँध लाएर काम नगर। ठीक र बेठीक कसरी मिल्न सक्छ? अध्याँरो र उज्यालो एकै ठाउँमा रहनैसक्दैन।
15
ख्रीष्ट र शैतानका कुरा कसरी मिल्छ र? विश्वास गर्ने र विश्वास नगर्नेहरूका पनि कुरै मिल्दैन।
16
परमेश्वरको मन्दिरसँग मूर्तिको के सम्बन्ध छ? हामीहरू त जिउँदा परमेश्वरकै मन्दिर हौं। परमेश्वर आफैंले पनि भन्नुभएको छ, “म आफ्ना भक्तहरूसँग बास गर्नेछु र तिनीहरूसँगै हिंड्डुल गर्नेछु। म तिनीहरूकै परमेश्वर हुनेछु र तिनीहरूचाहिँ मेरा प्रजा हुनेछन्।”
17
यसकारण परमप्रभु आफैं भन्नुहुन्छ, “तिमीहरूले तिनीहरूलाई छोडिदेओ र तिनीहरूबाट छुट्टिएर बस। सबै अशुद्ध थोक नछोओ। त्यसो भए तिमीहरूलाई म आफ्नो बनाउनेछु,”
18
“र म तिमीहरूका पिता हुनेछु, तिमीहरू मेरा छोरा-छोरी हुनेछौ। यही नै सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13